Friday, April 19, 2019

अत्यधिक चिसो भएपछि १७ हजार विद्यार्थी पढ्ने १५१ विद्यालय फागुनसम्म बन्द

प्रकाशित मिति: 2019/01/02

हुम्ला । अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् ।
सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्षेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए ।
आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनि नयाँ शैक्षिक सत्रको शुरुवात गरिने छ’ मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भने । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् ।

तपाईंको बिचार