Tuesday, February 19, 2019

विराटनगरमा दुई दिने शैक्षिक मेला

प्रकाशित मिति: 2019/02/07

विराटनगर ।  विराटनगरस्थित होटल नमस्कारमा शुक्रबार र शनिबार शैक्षिक मेला आयोजना गर्न लागिएको छ। उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जादा स्वदेशमै उच्च हासिल गर्नका लागि उच्च गुणस्तरका शैक्षिक संस्था छन् भन्ने जानकारी विद्यार्थीमाझ पुर्याउन मेला आयोजना गर्न लागिएको आयोजक एजुकेशन डट कमले जानकारी दिए।

मेलामा नेपालमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्थामार्फत विद्यार्थीले आवश्यक परामर्श पाउन सक्नेछन् । नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् ।

मेलाको मुख्य प्रायोजक प्रसिडेन्सियल विजनेस स्कूल रहेको छ । काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्विविद्यालयसंग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् । त्रिभुवन विश्वविद्यालयको महेन्द्र मोरङ बहुमुखी क्याम्पस लगायतले पनि परामर्श दिनेछन् ।

बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिसीए, बिबिएस, बिएस्सी, सिएसआईटी, बिडेभ्स लगायत कोर्ष पढ्न चाहने बिद्यार्थीे यो मेलाबाट लाभान्वित हुने आशा आफूले राखेको लामाले बताए। । मेलामा २५ भन्दा बढी कलेजहरु सहभागि हुनेछन् ।

तपाईंको बिचार