Wednesday, May 24, 2017  |    

एसएलसी पूरक परिक्षाको नतिजा सार्वजनिक

प्रकाशित मिति: 2015/09/17

एसएलसी पूरक परिक्षाको परिक्षाफल बिहीबार सावृजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकका छन् । 
कुल सहभागी १ लाख २४ हजार १ सय २८ परीक्षार्थी  मध्ये छात्रतर्फ ५५ हजार ३ सय ८२ र छात्रातर्फ ६८ हजार ७ सय ४६ जना सहभागी भएका थिए । 
यसमा छात्रतर्फ ३८ हजार ३ सय ९९ जना र छात्रातर्फ ४४ हजार ६ सय ७९ जना उत्तीर्ण भएका कार्यालयले जनाएको छ । कार्यालयले गत साउन २० गतेबाट एसएलसी पूरक परीक्षा सञ्चालन गरेको थियो ।
उत्तीर्ण परीक्षार्थीले यस वर्षदेखि नै कक्षा ११ अध्ययन गर्न पाउने छन् । 

 

तपाईंको बिचार