Thursday, November 21, 2019

म्याग्दीबाट दुई हजार २४२ विद्यार्थीहरु एसईई परीक्षामा सामिल हुँदै, ३१ जना वञ्चित

प्रकाशित मिति: 2019/03/18

४ चैत्र, म्याग्दी । sम्याग्दीमा हाजिरी नपुगेका कारण ३१ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाउने भएका छन् । पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण आगामी हप्तादेखि शुरु हुने एसइईमा सहभागी हुन नपाउने भएका हुन् ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका अनुसार परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका हुन् । विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएको एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीले बताए । वञ्चित हुनेमध्ये पाँच धौलागिरि गाउँपालिका–२ को लमसुङ माविका छन् भने प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइईका लागि आवेदन फारम भरेका ३० मध्ये पाँच जनाको पनि हाजिरि नपुगेकाले अयोग्य भएका छन् ।

एसइईमा म्याग्दीबाट एक हजार १११ छात्रा र एक हजार १३१ छात्र गरी कूल दुई हजार २४२ परीक्षार्थी सहभागी हुने उक्त एकाइ प्रमुख बुढाथोकीले बताउनुभयो । तीमध्ये दुई दृष्टिविहीन विद्यार्थी पनि छन् ।

 

 

 

 

तपाईंको बिचार