Wednesday, November 13, 2019

कतारमा म्हेन्दोमाया साँझ कार्यक्रमको तयारी तीव्र

प्रकाशित मिति: 2019/08/07

साउन २२, दोहा,कतार । पछिल्लो समय निकै चर्चामा रहेको म्हेन्दोमाया गीत संगीतलाई अझै विश्वब्यापिकरण बनाउनको निमित्त बिगतका बर्षहरुमा झै यस् बर्ष पनि म्हेन्दोमाया साँझ कार्यक्रमलाई निरन्तरता दिदै दोस्रो म्हेन्दोमाया साँझ २०१९ बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको म्हेन्दोमाया समाज कतारका अध्यक्ष प्रकाश मम्ब तामाङले जानकारी दिनु भयो । 

“भाषा, धर्म, लिपी, भेषभुषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान” भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको प्रत्यक्ष संरक्षकत्वमा सन् २०१६ मा स्थापना भएको म्हेन्दोमाया समाज कतारले दोस्रो पटक म्हेन्दोमाया साँझ” कार्यक्रम आयोजना गरेको हो ।

“म्हेन्दोमाया समाज कतारद्वारा आयोजना गर्न लागिरहेको दोस्रो म्हेन्दोमाया साँझ २०१९” बृहत साँस्कृतिक कार्यक्रमको लागि चर्चित म्हेन्दोमाया गायक आशिक गोङ्बो, चर्चित म्हेन्दोमाया गायिका सीता लामा, चर्चित सेलो गायिका बाविता पाख्रीन कतार आउने कार्यक्रम संयोजक संजय तामाङले जानकारी गराउनु भयो । 

आगामी अगस्ट १६ तारिख शुक्रबारका दिन कतार स्थित अल डल्ल ड्राइभिङ स्कुल सनैयामा हुने कार्यक्रममा नेपाली दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनको लागि नेपालबाट ख्याती प्राप्त तामाङ कलाकार हरुलाई आमन्त्रण गरिएको बताएको छ । साथै तामाङ समाज कतार, म्हेन्दोमाया समाज कतार, तामाङ कलाकार संघ कतारमा क्रियासिल कलाकारहरु सुन्दर मोक्तान, कुमार ओख्रेली, सिर्चेन तामाङ, लगायतले तामाङ समुदायको संस्कृति झल्किने गायन, नृत्यहरु प्रदर्शन गर्ने आयोजक समितिले जनाएको छ ।

तपाईंको बिचार