Tuesday, November 12, 2019

कतारको दोहामा तिज बिशेष कार्यक्रम हुंदै, गायिकाद्धय भुमिका र टिकाको बिशेष प्रश्तुति

प्रकाशित मिति: 2019/08/15

काठमाण्डौ । हरीतालिका तिजको अवशरमा कतारको दोहामा तिजबिशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायिकाद्धय भुमिका गिरी र टिका सानुले प्रश्तुती रहनेछ । दाङ देउखुरी सेवा समाज कतारले बिगतका बर्ष हरुमा झै यस् बर्ष पनि हरितालिका तिज विशेष कार्यक्रमको लागि नेपाल बाट चर्चित कलाकार हरुलाई आमन्त्रण गरिएको समाजका अध्यक्ष हेम बहादुर बस्नेतले बताए । 

दाङ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरु को लागि  १० लाखको छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रम यही अगस्ट ३० तारिक शुक्रबारका दिन कतार स्थित सनैया डल्ला ड्राइभिङ्ग एकेडेमी हलमा हुने आयोजकले जनाएको छ ।


 

तपाईंको बिचार