Wednesday, April 1, 2020

फिल्म ‘लभ डायरिज’ को आक्रमक व्यापार, निर्माता सापकोटा भन्छन– ‘उत्साहित छु’

प्रकाशित मिति: 2020/02/16

फागुन ४, काठमाण्डौ । गत शुक्रबार भ्यालेन्टाईन डे को दिनबाट सुरु भएको चलचित्र‘ लभ डायरिज’ ले शुरुवाती दिनदेखी नै आक्रमक व्यापार गर्न सफल भएको छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यस फिल्ममा सुशिल श्रेष्ठ, रुबिना थापा र बिश्वजित रिमालको प्रमुख भुमिका रहेको छ ।
काठमाण्डौ सहित देशभर र अष्ट्रेलियाको मेलवर्नमा समेत एकसाथ प्रदर्शनमा आएको चलचित्रमा मुख्यतः क्लाईमेक्सलाई दर्शकहरुले अत्याधिक रुचाएका छन । काठमाण्डौका क्यूएफएक्स, गोपी, कुमारी, अष्टनारायण, बिजी मल लगायतका सबै स्टेशनहरुमा चलचित्रले हाउसफूल सो पाएको छ ।
निर्माता बिनोद सापकोटाले चलचित्रको सुरुवाती ग्रोस व्यापार आज बेलुकीसम्ममा सार्वजनिक हुने बताउँदै आफू सेभ जोनमा ईन्ट्री गरिसकेको प्रतिक्रिया दिए । युवा पर्यटन व्यावसायी समेत रहेका सापकोटा निर्माताको रुपमा पहिलोपटक चलचित्र उद्योगमा प्रवेश गरेका हुन । सूरुवाती चलचित्र नै सफलता उन्मूख देखिएपछि आफू उत्साहित भएको उनले प्रतिक्रिया दिए   त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको फिल्म परिवारका बिचमा बसेर हेर्न सकिने किसिमले निर्माण गरिएको बताईएको छ । सौरभ चौधरीले निर्देशन गरेको चलचित्रमा साहिल खान एसोसिएट डिरेक्टरका रुपमा रहेका छन । जो चलचित्रको ट्रेलर निर्माणमा ख्याति कमाएका व्यक्ति हुन । चलचित्रमा नायिका रुविना थापाको अभिनयलाई धेरैले तारिफ गरेका छन भने सुशिल श्रेष्ठको घट्दो क्रेजलाई भंग गर्न चलचित्र सफल भएको फिल्म समिक्षकहरुले प्रतिक्रिया दिएका छन ।
 

तपाईंको बिचार