Wednesday, April 1, 2020

को हुन, मिसेस व्यूटिफूल नेपाल –२०७६’ को सेकेन्ड रनरअप सुनिला कार्की केसी ?

प्रकाशित मिति: 2020/02/18

फागुन ५, काठमाण्डौ । ‘मिसेस व्यूटिफूल नेपाल – २०७६’ को सेकेन्ड रनरअपको उपाधी सुनिला कार्की केसीले हात पारेकी छन ।

राजधानी काठमाण्डौको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा १७ प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीले सेकेण्ड रनरअपको उपाधी चुमेकी हुन ।
उपाधीसँगै गीफ्ट भौचर प्राप्त गरेकी हुन । यसका साथै मिसेस बेष्ट ट्यालेण्टको उपाधी समेत चुम्न सफल भएकी छन ।
सिन्धुपाल्चोक पिपलडाँडामा जन्मिएकी ३४ बर्षिया कार्की नेपाली पर्यटन क्षेत्रमा सक्रिय बौद्धिक महिला हुन । बिभिन्न क्षेत्रमा सक्रिय व्यूटि वीथ बे्रनको समिश्रणका रुपमा महिलाहरुको प्रतिभा उजागर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको दक्ष ईन्टरनेशनलले जनाएको छ ।
सेकेण्ड रनरअपको उपाधी प्राप्त गरेसँगै कार्कीले आफ्नो अन्तरनिर्हित क्षमतालाई प्रश्तुत गर्न पाएको भन्दै खुसी व्यक्त गरिन ।
हाल जापानमा व्यावसायीका रुपमा रहेकी कार्की निकट भविश्यमै अभिनयका क्षेत्रमा समेत आफूलाई क्रियाशिल गराउने सोचमा छिन । जापानका बिभिन्न क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न समेत व्यूटि प्याजेन्टले आफूलाई अवशर प्रदान गरेको उनको भनाई छ । यसै सन्दर्भभमा व्यूटि प्याजेन्टमा किन भाग लिएको र अबको लक्ष्य के छ भनी सोधेका थियौँ ।
१. प्रतियोगितमा किन भाग लिएको ?
 आफूमा भएको अन्र्तनिहित क्षमतालाई प्रष्फुटित गर्न व्यूटि प्याजेन्ट उपयुक्त माध्यम हो भन्ने लागिरहन्थ्यो, धेरै पहिलादेखिको सोच अहिले मिसेस व्यूटिफूल नेपाल–२०७६ मा आएर सफल भएको छ । खुसी छु ।
२. अब के गर्नुहुन्छ ?
सेकेण्ड रनरअपको उपाधी जित्न सफल भएँ । यसअघि भाग लिनु नै ठुलो कुरा सोचेँकी थिए, केही हदसम्म सफल भएँ भन्ने लाग्छ । अहिले नेपाल र जापान दुबै ठाँउमा आईजाई भईरहन्छ । जापानमै बसेर व्यावसाय गरीरहेकी हुनाले नेपाल भ्रमण बर्ष सफल बनाउन मेरो व्यक्तिगत तर्फबाट कोशिस गर्नेछु ।
३. व्यूटि प्याजेन्ट जित्नेहरुको धेरैको चाहना मोडलिङ गर्ने हुन्छ, तपाईको हकमा पनि लागु हुन्छ की ?
पहिला देखिकै रहर थियो । यद्यपी कारणबस सहभागि हुन सकिरहेकी थिईन । अब एक हिसाबको अवशर प्राप्त भएको महशुस भएको छ, उपयुक्त समयमा निर्णय लिन्छु । आफूलाई मिल्दो भुमिका आएको खण्डमा तयार नै छु ।
४. सामाजिक सेवामा कत्तिको रुची छ ?
रुची छ । आर्थिक रुपमा बिपन्न भएका महिलाहरुलाई स्वरोजगार बनाउने अर्थमा पोते बुनाई तालिम दिएर, उत्पादित सामानलाई बिदेशमा निर्यात गरी महिलाहरुलाई स्वरोजगारको बाटोमा हिडाउने कोसिस गरिराखेको छु । संयुक्त अपांग एकता आवाज केन्द्रमा रहेका अपांग तथा अशक्त व्याक्ति तथा संस्थालाई आर्थिक सहयोग तथा अन्य आवश्यक सामाग्री सहयोग गरिराखेका छौ । अन्य क्षेत्रमा पनि सकेको सहयोग जारी छ ।

तपाईंको बिचार