Wednesday, July 26, 2017  |    

मेरा कोही पनि साथी छैनन : कंगना

प्रकाशित मिति: 2017/02/05

मुम्बई । दुइ पटक नेशनल अवार्ड जितेकी कंगना रनौतले क्वीन र तनु वेड्स मनुवाट बलिउडमा खास स्थान बनाइन् । एक दशकदेखि बलिउडमा सक्रिय कंगनाको बलिउडमा कुनै साथी छैनन् । यही कारण आफु सफल भएको ठान्छिन् । ‘म यसकारण सफल भएँ किनकी मेरो कुनै साथी छैन ।’
साथी बन्नु बनाउनु नराम्रो नभए पनि बलिउड फिल्ममा प्रेम प्रसंगले खराब नतिजा दिने उनको भनाई थियो । त्यसकारण निर्देशक, अभिनेता एवं सहकलाकारसँग साथी बनाउन जरुरी छैन, मात्रै काम गरे पुग्छ ।
हिरोको तुलनामा हिरोइने कम पैसा पाउने गरेको भनाईमा सहमत कंगनाले पछिल्लो फिल्ममा महंगो पारिश्रमिक लिएकी थिइन् । पारिश्रमिक अन्तर बढ्नुमा केही ब्यक्तिको मानसिकता खराब भएको उनको बुझाई छ ।

महिलाकै विषयमा फिल्म बनाएर पैसा कमाउने निर्माताको उदहारण दिँदै उनी भन्छिन् ‘अब हामी आफैंले फिल्म बनाउनुपर्छ’ ।

 

तपाईंको बिचार