Monday, May 29, 2017  |    

अष्ट्रेलियामा फेरी माया जालैमा (भिडियोसहित)

प्रकाशित मिति: 2017/02/14

अष्ट्रेलिया । नेपालबाट सन् २००८ मा अस्ट्रेलियामा शुभांगी कोइराला आएकी थिइन् । उनी आफ्नो देश नेपालबाट टाढा भएपनि कलाकारिताको क्षेत्रबाट कहिल्यै टाढा रहन सकिनन् ।
उनले अस्ट्रेलियामा नै ’जंग बहादुरको कोट’ नामक र दर्जनभन्दा बढी म्यूजÞिक भिडियोमा काम गरिसकेकी छिन् ।
अस्ट्रेलियामा मोडेलको रूपमा चिनिएकी उनी लाखौ श्रोताहरुको ढुकढुकीमा बस्न सफल भएकी छिन् ।
सुमधुर स्वरकी गायिका अबुन पाण्डेको ’माया जालैमा’ बोलको गीतमा हालैमात्र आफ्नो अभिनय दिएकी छिन् । न्यु पपु गुनिया निवासी नेपाली साइन्टिस् राज बहादुर शाहीले उनलाई भिडियोमा साथ दिएका छन् ।
पछिल्लो समयमा चर्चाको शिखरमा पुग्न सफल संगीतकार टिका दाहालले संगीत दिएका छन् ।

शब्द संकलन साहित्यकार राजेन्द्र शलभको रहेको छ । संगीत संयोजन संदेश परियारले गरेका छन् भने जीवन रसाइलीले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस

तपाईंको बिचार