Saturday, December 16, 2017

मिनाक्षी महताराको ‘‘के यो माया हो’’ सार्वजनिक

प्रकाशित मिति: 2017/12/03

काठमाडौं । नव गायिका मिनाक्षी महतारा ‘‘के यो माया हो’’ मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेकी छिन् ।

विगत  ४  बर्ष देखि  इन्दिरा संगीत महाविद्यालय पुल्चोकमा  क्लासिकल संगीत  सिकिरहेकी महताराले आफ्नो पहिलो गीत को म्युजिक भिडियो रिलिज गर्दै गीत गायन एबम अभिनयमा होमिएकी हुन् । सरोज पोखरेलको शब्द संगीत र आमोस तामाङको अरेन्जमेन्ट रहेको ‘‘के यो माया हो ’’को भिडियोको अभिनयमा  मिनाक्षीलाई भास्करले साथ दिएका छन् । चलचित फाटेको जुत्ताका निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा ज्ञानेद्र शर्माको सिनेमाटो ग्राफी र बिकाश धमलाको सम्पादन रहेको छ  सुर्खेत स्थायी घर भै ४ बर्ष देखि मुम्बईमा रहदै आएकी गायिका मिनाक्षीले सांगीतिक एल्बमको लागि अन्य गीतहरुको रेकर्ड र भिडियो निर्माण को कामहरु भैरहेको बताएकी छिन् । 

म्युजिक भिडियोको लागि यहाँ क्लिक गर्नुहोस् । 

 

तपाईंको बिचार