Friday, January 19, 2018

सिल्ट्याङ्कीमा अनिल र सुप्रियाको ‘ताङ्घी नाघिन’

प्रकाशित मिति: 2018/01/03

नुवाकोट । लोकगायक सानु केसी र गायिका पार्वर्ती कार्कीको श्वरमा बजारमा आउन लागेको लोकदोहोरी एल्वम ताङ्घी नाघिन मादलुतालको सोमबार विदुर नगरपालिका–९ मा रहेको डि–सिल्ट्याङ्क क्षेत्रमा छायाँकन सम्पन्न भएको छ । 

मिलन फिल्म्स प्रोडक्सन तथा डान्स सेन्टर मार्फत बजारमा आउन लागेको ‘ताङ्घी नाघिन मादलु ताल चट्ट काटेर,लाईदेउ माया सोल्टिनी हो मनले आँटेर’ बलको गीतको म्युजिक भिडियोको छायाँकन सोमबार गरिएको हो ।

गायक सानु केसीको लय र शब्द रहेको उक्त म्युजिक भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने म्युजिक भिडियोमा तारुकाका अनिल ढकाल र दुप्चेश्वर रामतीकी सुप्रिया श्रेष्ठको अभिनय रहेको छ । म्युजिक भिडियोका चर्चित अनि सफल निर्देशक मानिने श्रेष्ठले नुवाकोट जिल्लाको प्राकृतिक सौन्दर्यता छायाँकनका दृष्टिले समेत उपयुक्त रहेकाले यस क्षेत्रलाई रोजिएको र आगामी १५ दिनभित्रमा सम्पूर्ण प्राविधिक काम सकेर म्युजिक भिडियो बजारमा ल्याईने जानकारी दिए ।

तपाईंको बिचार