Sunday, September 15, 2019

फिल्म ‘अनागत’ माघ ११ गते रिलिज हुने

प्रकाशित मिति: 2019/01/10

काठमाडौ । अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा स्टारर फिल्म ‘अनागत’ माघ ११ गते रिलिज हुने भएको छ ।

फिल्मको छायांकन करीब २ वर्ष अगाडि नै सकिएको हो । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण गरिएको छ । फिल्मको टिजरमा श्रीमान् – श्रीमतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ। प्रियंकाले ‘अनागत’ मा पनि अभिनेता अर्पणसँग अन्तरंग दृश्य दिएकी छन् । यसअघि फिल्म (कथा काठमाण्डू) मा पनि अन्तरंग दृश्य दिएकी प्रियंकाले आलोचित भएकी थिइन् ।

फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता पनि रहेका छन् ।

चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको मुख्य भूमिकामा छन् ।

 

तपाईंको बिचार