Tuesday, April 23, 2019

वरिष्ठ कलाकार गणेश मुनालको निधन

प्रकाशित मिति: 2019/01/21

काठमाडौँ । वरिष्ठ कलाकार गणेश मुनालको सोमबार राजधानीको वीर अस्पतालमा निधन भएको छ । दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका उनको उपचारका क्रममा सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ उनको निधन भएको पुष्टि कलाकार निर्मल शर्माले गरेका छन् । 

मुनालको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलिका लागि राखिएको छ । माहांकालका स्थायी बासिन्दा मुनालको सोमबारै अन्तिम संस्कार गरिने कलाकार शर्माले पत्रकारहरुलाई जानकारी दिएका छन् । 

वरिष्ठ कलाकार मुनालले एक पल, सेतो बाघ, शिरीषको फूल, लभ लभ लभ, दिदीभाइ, मिस्टर डन सहितका चलचित्रमा अभिनय गरेका छन् । मुनालले पछिल्लो पटक अभिनय गरेको चलचित्र गोपी माघ १८ गतेखेखि हलमा आउँदैछ । मुनालका एक छोरा छन् । उनले कयौँ टेलि सिरियलमा पनि आफ्नो अभिनयको जादू देखाएका छन् । 

तपाईंको बिचार