Wednesday, April 24, 2019

फ्राइडे रिलिजः कागजपत्र र प्रेमलीला

प्रकाशित मिति: 2019/03/22

८ चैत्र, काठमाडौं ।  यो साता शुक्रबार अपिल बिष्टद्वारा निर्देशित कागजपत्र र जनक पाण्डेको प्रेमलीला गरी दुई नेपाली फिल्म प्रदर्शनमा आएको छ ।

कागजपत्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकको मुख्य अभिनय छ। फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल बताउँछन्। फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन छ।

त्यस्तै प्रेमलीलामा अन्तर्देशीय प्रेम कथा समेटिएको छ। फिल्ममा अभिनेत्री दीपशिखा खड्का र अभिनेता मौसम खड्का एवं अली खान, सुरज तमु, रेखा शाह, शर्मिला शर्मालयातको अभिनय छ।

 

तपाईंको बिचार