Wednesday, April 24, 2019

सांगितिक आकाशमा चम्कदै सुवास

प्रकाशित मिति: 2019/04/09

चैत्र २६, काठमाण्डौ । सुवास श्रेष्ठ नेपाली सांगीतिक आकाशमा उदयमान गायकको रुपमा स्थापित हुने क्रममा छन । हालैमात्र उनको  ‘भोजपुरैको कान्छीलाई मेरो छ है सलाम’ बोलको गित बजारमा सार्वजनिक भएको छ । उक्त गित युट्युबमा राखिएको छोटो समयमै अत्याधिक दर्शकले रुचाएको गायक सुवासले बताए ।

काठमाण्डौको नक्सालमा जन्मिएर हाल गोठाटारमा बस्दै आएका सुवास सानैदेखी संगीतकर्ममा रुची राख्थे ।बुवा नेपाल प्रहरी अधिकृतका रुपमा बिरगंजमा काम गर्दैगर्दा उनी पनि बुवाकै पछि लागेर बिरगंज गए । त्यतिबेला पनि उनको म्युजिक प्रतिको मोह छुटेन । साथीभाई र रमाईलो कार्यक्रममा सधै अग्रपंक्तिमा रहने उनी स्कुले  जिबनबाटै आफुभित्र संगीत छिरेको बताउँछन ।

गित निकाल्ने प्रयास ४ बर्षअगाडिदेखी नै भएतापनि ६ महिनाअघि मात्रै बिन्दबासिनी म्युजिक प्रालिबाट  भोजपुरै को कान्छी बोलको गीत उनले बजारमा ल्याएका हुन, यद्यपी उनको सक्रियता पहिलेदेखी नै थियो । 

रोशन प्रधानको संगीत तथा चर्चित गायक संजय श्रेष्ठको संयोजनमा रहेको उक्त गितको म्युजिक भिडियोमा उनी स्वयंमको अभिनय देख्न पाईन्छ, भने उनलाई साथ दिएकी छन रिजु माथेमाले । गितको लेखन सुभाष श्रेष्ठ र रोशन प्रधान रहेका छन ।


 यस अलवा बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय उनी हाल ‘रोटरी क्लब अफ महाबौद्धमा ‘सर्भिस प्रोजेक्ट’ अन्र्तगत बिभिन्न सामाजिक कार्यमा संलग्न छन । हालैमात्र आर्थिक अवस्था कमजोर भएकी एक बालिकाको नाकको प्लास्टीक सर्जरीका लागि उनको टिमले आर्थिक श्रोत जुटाउने कार्यको थालनी गरेको छ  भने भैमाल युवा क्लब गोठाटारमा खेलकुद समितीको संयोजकका रुपमा पनि उनी सक्रिय छन । यसका साथै नेपाल सितेरियो करातेका पूर्व प्रशिक्षकका रुपमा उनले भुमिका निर्वाह गरिसकेका छन । कराँतेमा उनी व्ल्याकबेल्ट प्राप्त खेलाडि हुन । खेलकै बिकासको लागि अहोरात्र खटिनु उनको अर्को कर्म हो ।जति माया टोपीको लाग्छ, उति नै माया गम्छाको लाग्छ, सुवासले भने ।


बिभिन्न सांगीतिक कार्यक्रमहरुमा समेत सफल प्रश्तुती दिईसकेका श्रेष्ठको छिट्टै बजारमा अर्को गिति संग्रह बजारमा आउँदै छ ।

तपाईंको बिचार