Thursday, November 21, 2019

कात्तिक २ र ३ गते भिटामिन ए खुवाइदै

प्रकाशित मिति: 2019/10/17

३० असोज, काठमाडौं । आर्थिक वर्ष ०७६÷७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी गराउने मन्त्रालयले जनाएको छ ।

तपाईंको बिचार