Thursday, November 21, 2019

ब्ल्याक कफीको सेवनले गर्छ स्वास्थ्यमा अचुक फाइदा

प्रकाशित मिति: 2019/11/07

२१ कार्तिक, काठमाडौं । चिसो मौसममा प्रायजसो ब्ल्याक कफी सेवन गर्ने गर्छौ । यसरी ब्ल्याक कफी सेवनले हाम्रो शरीरमा अनेकौ फाइदा गर्छ । कफीले हाम्रो शरीरलाई स्वस्थ राख्नुका साथै सक्रिय राख्न मद्दत गर्छ । कफी पिउनुका थुप्रै फाइदा छन् जसको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ ।

१. स्वस्थ्य विशेषज्ञका अनुसार दूध नहालेको (ब्ल्याक) कफी दिनको दुई तीन कप पिउँदा लिभर अर्थात कलोजो रोगीका लागि फाइदाजनक हुन्छ । यसले भविष्यमा कलेजोको रोग लाग्ने संभावना पनि अत्यन्तै न्यून बनाइदिन्छ । कफीले मानिसको रोग प्रतिरोधी क्षमता बढाउन पनि मद्दत गर्दछ ।

२. कफीको अर्को महत्वपूर्ण फाइदा भनेको मोटोपना कम गर्नु हो । कफी नियमित सेवन गर्नाले मोटापनाको समस्या झेलिरहका मानिसको वजन घटाउन मद्दत गर्दछ । कफीमा रहेको एक रसायनले लिभरमा बोसो लाग्न दिँदैन र वजन बढ्न पनि रोक्छ ।

३.कफीको अर्को महत्वपूर्ण फाइदा भनेको हृदयघात रोगबाट बच्नु हो । हरेक दिन तीनदेखि पाँच कप कफी पिउने व्यक्तिको ह्ृदय रोगबाट मृत्यु हुने खतरा २१ प्रतिशतसम्म कम हुने अध्ययनको निश्कर्ष छ ।

४.कफीले मधुमेहको खतरा पनि कम गर्छ । यदि दैनिक ४ कप कफी पिउने हो भने मधुमेह अर्थात सुगर रोग लाग्ने खतरा कम गर्नेछ ।

५.कफीले रगतमा एड्रेनालाइनको स्तर बढाउनेछ । यसलाई लडाइ या उडान हार्मोन भनिन्छ । जसले शरीरलाई तिब्र शारीरिक परिश्रमका लागि तयार पार्ने विज्ञहरुको भनाई छ ।

६.भोक कम गर्नुका साथै धेरै खानबाट रोक्छ । यसबाहेक, कफीले रगतमा चिनीको मात्रालाई समेत नियन्त्रित राख्न मद्धत गर्छ । एजेन्सी

तपाईंको बिचार