Saturday, March 28, 2020

आज विश्व मधुमेह दिवसः निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित मिति: 2019/11/14

२८ कात्तिक, काठमाडौं । विश्व मधुमेह दिवसका अवसरका बिहीबार अल्का अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरसँगको सहकार्यमा शिविर आयोजना गरेको अल्का अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, शिविर बिहीबार बिहान साढे ९ बजेबाट अपराह्न ४ बजेसम्म चल्नेछ ।
शिविरमा ¥याण्डम ब्लड सुगर, एचबीएवान सी परीक्षणदेखि निःशुल्क औषधि वितरणसम्म गरिने अस्पतालले जनाएको छ ।

बिहीबार बिहानै अस्पतालले चेतनामूलर्क याली पनि निकालेको छ । अल्का अस्पतालबाट निस्किएको ¥याली जावलाखेल, कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुँदै पुनः अस्पताल परिसरमा आएर टुंगिएको थियो ।

 

तपाईंको बिचार