Saturday, November 18, 2017

पोलियो थोपा खुवाउने स्वास्थ्यकर्मीले नै आन्दोलन गरेपछि हजारौं बालबालिका समस्यामा

प्रकाशित मिति: 2017/03/06

फागुन २३, काठमाडौं । स्वास्थ्यकर्मीहरुको आन्दोलनका हजारौं बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् । स्वास्थ्य मन्त्रालयका कारण सिराहा र सप्तरीमा धेरै प्रभावित भएको छ भने अन्य जिल्लामा पनि असर देखिएको छ ।

शनिबार र आइतबार १५ जिल्लामा पोलियो थोपा खुवाउने कार्यक्रम थियो । तर, पदस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका सिनियर अहेवहरुले स्वास्थ्य केन्द्रमा तालाबन्दी गर्दै अवरोध गरेपछि खोप अभियान प्रभावित भयो ।

स्वास्थ्य मन्त्रालयले आन्दोलनमा उत्रिएका कर्मचारीहरुलाई कारबाही थालेको छ । आन्दोलनमा संलग्न १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेर स्पष्टिकरण सोधिएको छ । साथै प्रभावित जिल्लाहरुमा पोलियो थोपा खुवाउने अभियान जारी राखिने भएको छ ।

सिराहाका प्रमुख नै काममा नगएकाले केन्द्रबाट अर्को टोली पठाएर खोप अभियान सुरु गरिएको छ । सप्तरीमा सम्भवत सोमबारबाट पोलियो थोपा खुलाइनेछ भने अन्य प्रभावित जिल्लाहरुमा पनि अभियान जारी राखिनेछ ।

तपाईंको बिचार