Friday, July 28, 2017  |    

मापदण्ड विपरित संचालन गरेका स्वास्थ्य संस्था अब बन्द हुने

प्रकाशित मिति: 2017/03/20

चैत ७, काठमाडौं । सरकारले मापदण्ड विपरित सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई बन्द गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति नलिने, नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरिरहेका संस्थालाई कारबाही गरेर बन्द गर्ने भएको हो ।

मन्त्रालयले गएको फागुन मसान्तसम्ममा संस्था सञ्चालनका लागि अनुमति र नविकरणका लागि निवेदन दिन समय दिएकोमा धेरै क्लिनिक भने अझै कानुनी दायरामा नआएकाले उनीहरुलाई मन्त्रालयले कारबाही गर्न लागेको हो ।

दर्ता नगरी निजी क्लिनिक तथा अस्पताल सञ्चालन गर्नेको सूचि सार्वजनिक गरी बन्दै गर्नेसम्मको कारबाही हुने मन्त्रालयले जनाएको छ । नयाँ पुराना गरी झण्डै ८ सय भन्दा बढी स्वास्थ्य संस्था दर्ताका लागि प्रक्रियामा आएका छन् । दर्ता तथा नविकरण नभएका निजी अस्पताल, शिक्षण अस्पताल, क्लिनिक, पोलिक्लिनिक, फार्मेसी, प्रयोगशाला, नर्सिङ होम, स्वास्थ्य अनुसन्धान केन्द्र लगायतका स्वास्थ्य संस्थाले फागुनभित्रमा दर्ता तथा नविकरण नगरेमा खारेज हुने निर्देशिकामा व्यवस्था गरिएको छ ।

तपाईंको बिचार