Friday, October 20, 2017

तिलगंगा आँखा अस्पतालले अब १५ लाख थान लेन्स उत्पादन गरी निर्यात गर्ने

प्रकाशित मिति: 2017/05/11

काठमाडौं । नेपालमा उत्पादन भएर विश्वका धेरै मुलुकमा निर्यात हुँदै आएको आँखामा प्रयोग हुने शुष्म लेन्स उत्पादनमा अब उद्योग मन्त्रालयले तिलगंगा आँखा अस्पताललाई सहयोग गर्ने भएको छ । यो सम्बन्धि सम्झौतामा बिहिबार एक कार्यक्रम बीच हस्ताक्षर भएको छ ।

आँखाका कृत्रिम लेन्स उत्पादन गरी निर्यायत गर्ने उद्देश्यसहित तिलगंगा आँखा अस्प्तालाई उद्योगका रुपमा विकास गर्न लागिएको हो । लेन्स उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उत्पादन र प्रवद्र्धन तथा निर्यातका लागि मन्त्रालयले समेत सहयोग गर्ने गरी उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल र आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा. सन्दुक रुईतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताको अवधि तीन वर्ष रहेको छ ।

डा. सन्दुक रुइतले बिगत दुई दशकदेखि उत्पादन गर्दै आएको यो लेन्स विश्वका ५० भन्दा बढी मुलुकमा प्रयोग हुँदै आएको छ । हाल वार्षिक ५ लाख थान लेन्स उत्पादन हुँदै आएकोमा सहयोग पाए १५ लाख उत्पादन गर्न सकिने जानकारी डा. रुइतले सो अवसरमा दिएका छन् ।

सो अवसरमा बोल्दै उद्योग मन्त्रि नविन्द्र राज जोशीले यो एक सामाजिक कार्य पनि भएकोले यसमा मन्त्रालयले सहयोग गर्न लागेको बताए । उनले तिलगंगालाई राष्ट्रिय गौरबको उद्योगको रुपमा आफुले बिकाश गर्न चाहेको बताए । हाल उत्पादनको ५० प्रतिशत यस्ता लेन्स निर्यात हुँदै आएका छन् । यो लेन्सको लागि नेपालीले प्रति लेन्स २ सय रुपयाँ मात्र तिर्नु पर्छ भने विदेशीले चाहीं १६ डलरमा खरिद गर्नु पार्ने हुन्छ ।

मन्त्रीले यसलाई निर्यात उद्योग कै रुपमा बिकाश गर्न आफुले सहयोग गर्ने बताउंदै मौजुदा कानुनमा निजि क्षेत्रलाई यसरी सिधै सहयोग गर्न मिल्ने प्राबधान नभएकोले यसलाई परिमार्जन गरेर बाटो खोल्ने समेत बताए । मन्त्रि जोशीले अर्थ मन्त्रालयले ८ अर्व २६ करोडको बजेट सिलिंग तोकेर पठाएकोमा आफुले थप साढे ६ अर्व माग गरेको समेत जानकारी दिएका थिए ।

तपाईंको बिचार