Friday, July 21, 2017  |    

१० वर्षीया बालिकाको पेटमा ७ किलोको ट्युमर

प्रकाशित मिति: 2017/07/06

असार २२, काठमाडौं । कान्ति बाल अस्पतालमा १० वर्षीया एक बालिकाको पेटबाट सात किलोग्रामको ट्युमर (गाँठो) शल्यक्रिया गरेर निकालिएको छ । प्यूठानको भेडाबारीकी ती बालिका ८ महिनाकी छँदै पेटमा गाँठो पलाएको थियो । उक्त गाँठो बिस्तारै बढ्दै गएको थियो । गाँठोले गर्दा पेट अस्वाभाविक रूपमा बढेपछि उनलाई दैनिक जीवनयापन गर्न असजिलो हुने गरेको थियो । ती बालिका कम तौलसँगै कुपोषणको सिकार थिइन् । 

कान्तिका वरिष्ठ शल्यचिकित्सक डा. आरपी चौधरीलगायतको टिमले मंगलबार तीन घण्टा लामो शल्यक्रियापछि उक्त गाँठो निकालेको हो । गाठोको नमुनालाई क्यान्सर भए÷नभएको किटान गर्न बायोप्सीका लागि प्रयोगशाला पठाइएको छ । 

उक्त गाँठो पुनः पलाउन सक्ने सम्भावना रहने भन्दै ती बालिकालाई लामो समयसम्म फलोअप (निरन्तर जाँच) गर्नुपर्ने डाक्टरले बताएका छन् । 

तपाईंको बिचार