Wednesday, December 12, 2018

स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने तयारी

प्रकाशित मिति: 2018/01/05

काठमाडौं । चार दिनदेखि स्वास्थ्य समस्या रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँचको लागि बैंकक जाने भएका छन्। 

झाडापखलाका कारण अहिले ओली अस्वस्थ रहेको बताइएको छ । फलो अपका लागि बैंकक जाने भनिए पनि मिति भने तय भइसकेको छैन। प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन अघि नै जानुपर्ने भए पनि निर्वाचनका कारण बैंकक जान ढिलाइ भएको शर्माका सहयोगीले बताएका छन् । राष्ट्रिय सभाको निर्वाचनभन्दा पहिले नै बैंकक जाने तयारीमा ओली रहेका छन् । 

तपाईंको बिचार