Friday, July 19, 2019

अमेरिकाको हवाइमा धुमपान गर्ने उमेर बढाएर सय वर्ष बनाउने तयारी

प्रकाशित मिति: 2019/02/07

बीबीसी । अमेरिकी राज्य हवाइका सांसदले धुम्रपान गर्न पाउने कानुनी उमेरलाई बिस्तारै १०० पुर्याएर प्रभावकारी ढङ्गले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताइएको छ । यदि यो प्रस्ताव स्वीकृत भएमा हवाइ चुरोट विक्रीमा प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य हुनेछ । यसअघि २०१७ मा पनि हवाइले धुम्रपान गर्ने कानुनी उमेरलाई २१ पुर्याएको थियो । प्राय सबै अमेरिकी राज्यहरुमा १८ वा १९ वर्ष भन्दा माथिकाले चुरोट सेवन गर्न पाउँछन् ।  

यसरी राज्यका अधिकांश नागरिकले भारी धुम्रपान गर्ने लतमा फसेकाले नै यस्तो कानुन ल्याउन लागिएको डेमोक्रेटका रिचर्ड क्रिगनले बताएका हुन् जो आफैँ पनि डाक्टर हुन् । उनका अनुसार धुम्रपान गर्न पाउने न्युनतम उमेरलाई सन् २०२० तीस पुर्याइनेछ भने २०२१ मा ४० अनि २२ मा ५० र ६० गर्दै २०२४ साल सम्ममा १०० वर्षको भए मात्र चुरोट खरिद गर्न पाउने नियम लागू गरिनेछ । तर सो प्रस्ताव पारिद हुनु अगाडि सरकारले तम्बाकू कम्नीहरुबाट आउने कडा विरोधको सामना गर्नुपर्ने हुन्छ ।

क्रिगनका भन्छन्, चुरोट मानव जीवनको सबैभन्दा भयानक सृष्टि हो तर स्वास्थ्यका निम्ति अत्यन्तै घातक हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि विभिन्न उद्योगहरुले लत लाग्ने किसिमका चुरोट उत्पादन गरिरहेका छन् । यसका साथै मानिसहरुलाई ओपोइड लगायत प्रिस्क्रिप्सन ड्रग्सहरुको सहज पहुँचको अनुमति पनि नदिने उनको भनाइ छ । राज्यले जनताको स्वास्थ्य सुरक्षित राख्नै पर्ने भएकाले नै एउटा सांसदको नाताले सर्वसाधारणको ज्यान बचाउनु आफ्नो जिम्मेवारी रहेको क्रिगनले बताएका हुन् ।

तर यसमा इलेक्ट्रोनिक सिगरेटलाई भने समावेश गरिएको छैन । किनकी क्रिगनको मान्यता अनुसार तिनीहरु तुलनात्मक रुपमा साधारण चुरोट भन्दा सुरक्षित हुन्छन् । तर यता राष्ट्रिय क्यान्सर इन्सटीटिउटले भने तम्बाकूका सबै उत्पादन उत्तिकै हानिकारक हुने र क्यान्सर पैदा गर्न सक्ने चेतावनी दिएको थियो । यसैकारण पछिल्लो वर्ष युवाहरुमा धुम्रपान कम गराउन सरकारले इ–सिगरेटको बिक्रीमा रोक लगाएको थियो ।

अमेरिकी रोग नियन्त्रण एवम् रोकथाम केन्द्रका अनुसार धुम्रपान देशमा रोक्न सकिने रोग र मृत्युको सबैभन्दा ठूलो कारण रहँदै आएको छ । यसरी अमेरिकामा मात्र वार्षिक करिब ५ लाख मानिसको धुम्रपानसँग सम्बन्धित कारणले मृत्यु हुने गरेको बताइएको छ ।

तपाईंको बिचार