Monday, May 27, 2019

सुनखानीमा एम्बुलेन्स पुग्दा स्थानीय वासिन्दा खुशी

प्रकाशित मिति: 2019/03/03

सिन्धुपाल्चोक । जिल्लाको दुर्गम सुनकोशी गाउँपालिकाको सुनखानीमा एम्बुलेन्स सञ्चालन भएपछि स्थानीय वासिन्दा खुशी भएका छन् ।

उनीहरुले अब बिरामी पर्दा अकालमा ज्यान गुमाउनु नपर्ने भन्दै खुशी व्यक्त गरेका हुन् ।

केही समयअघि समयमा अस्पताल पुर्‍याउन नसक्दा गाउँमा एक सुत्केरीको मृत्यु भएको थियो । महिला स्वयंसेविका ज्ञानमाया लामाले भनिन् ‘एम्बुलेन्स आयो, अब अकालमा कसैको ज्यान जाँदैन, समयमा नै उपचार गर्न पाइन्छ ।’

पक्की सडक र राजमार्गले नछोएको यस गाउँमा एम्बुलेन्स पुग्दा फूलमालाले स्वागत गरे । गाउँम पञ्चैबाजा बजाएर रमाइलो गरे ।

वडा अध्यक्ष कृष्णबहादुर खड्का भन्छन् ‘स्टेचरमा बोकाएर विरामी लैजादा बाटोमा नै मृत्यु भएका धेरै घटना छन् ।’

प्रतिनिधिसभा सदस्य अग्नि सापकोटा र नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाको पहलमा चिनियाँ राजदूतावासले बलेफी गाउँपालिका र सुनकोशी गाउँपालिकाको सुनखानीमा एक एक वटा एम्बुलेन्स प्रदान गरेको हो ।

तपाईंको बिचार