Wednesday, April 24, 2019

सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

प्रकाशित मिति: 2019/03/17

३ चैत्र, दाङ । दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुल्सी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

जिल्लामा पहिलो पटक  ‘क’ वर्गको सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख चिकित्सक बाल रोग विषेशज्ञ डाक्टर किशोर खत्रीले जानकारी दिए ।

आईसीयू, भेन्टिलेटर, कार्डियाक, ईसीजीलगायत सेवासहित बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याइएको डा. खत्रीले बताए । उनले अन्य एम्बुलेन्सभन्दा धेरै सेवा र सुविधा भएको तर महसुलमा भने त्यति धेरै फरक नपर्नेसमेत जानकारी दिए ।

सुविधायुक्त एम्बुलेन्स सञ्चालन भएसगैँ गम्भीर घाइते र बिरामीलाई समयमै अस्पताल पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको सो अस्पतालले जनाएको छ ।

तपाईंको बिचार