Tuesday, May 23, 2017  |    

अन्तरवार्ता

मजदुर संगठन ठालु बन्न होईन समस्या समाधान गर्न हो :रामप्रसाद मैनाली

जेठ ७, काठमाण्डौ । यातायात मजदुरहरुको हकहितका लागि निरन्तर संघर्ष गर्दै आएका व्याक्तिका रुपमा चिनिन्छन– रामप्रसाद मैनाली । नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य मैनालीले हालै मात्र पर्यटन यातायात स्वरोजगार मञ्चको स्थापना गरी साना व्यवसायीहरुको हकहितमा जोड दिदै आएका छन । यातायात मजदुरहरुको बर्तमान स्थीति र मजदुर संघले गरेका कामहरु बारे बुझ्ने कोशिस गरेको छु । प्रश्तुत छ, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य तथा पर्यटन यातायात स्वरोजगार मञ्चका अध्यक्ष रामप्रसाद मैनाली सँगका केही सवाल ।


पर्यटनका डायनामिक व्यक्तित्व : भवि शर्मा

नेपालकै प्रमुख पर्यटकिय गन्तव्य हो ठमेल । नेपाल आउने पर्यटकहरुको पहिलो बसाईको रुपमा ठमेल रहने गरेपनि पर्यटकीय पूर्वाधार, ढल, बाटो, ट्राफिक व्यावस्थापनमा ध्यान नदिएको भन्दै आलोचना हुने गरेको छ ।


टिम्स रकम रोकेको आरोप प्रमाणित हुन्छ भने एक मिनेट पनि बोर्डमा रहने छैन :सापकोटा

चैत्र ७, काठमाण्डौ । नेपाली पर्यटन क्षेत्रमा युवा पर्यटन व्यावसायीका रुपमा स्थापित छन राजेन्द्र प्रसाद सापकोटा । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य समेत रहेका सापकोटा पर्यटकीय संघसंस्थाको प्रवद्र्धनमा सक्रिय छन । केही समययता नेपाल पर्यटन बोर्ड र टान बिचको टिम्स रकम प्राप्त गर्ने बिषयलाई लिएर बोर्ड र टानबिच असमझदारीको स्थीति देखिएको छ । सतही रुपमा एकले अर्कोलाई आरोप प्रत्यारोपको स्थीति देखिरहँदा कतिपय व्याक्तिले आफुले पर्यटनबोर्ड बाट टानको लागि रकम निकासा हुन नदिएको भनेर प्रचार गरिएको भन्दै उनले आपत्ति समेत जनाए । आफु सधै टानले टिम्सबापतको रकम पाउनु पर्छ भन्ने पक्षमा रहेको बताउने सापकोटा सँग टान र पर्यटन बोर्डबिचको बास्तबिक बिवाद के हो भनि सोधेका छौ ।


ठमेलमा ढल फुटेर सडकमा भेल बग्दा रमिते बन्नेहरुका दिन सकिए :समिर गुरुङ

फागुन १५, काठमाण्डौ । नेपालको प्रमुख पर्यटकीय केन्द्र हो, ठमेल । नेपाल घुम्न आउने बिदेशी पर्यटकहरुको पहिलो गन्तव्यको रुपमा स्थापित भएपनि यसभित्रका आन्तरीक व्यावस्थापनको पाटो भने सधै आलोचित हुने गरेको छ । बर्षौदेखिको ढलसमस्या, ट्राफिक अस्तव्यस्तता, सडक बालबालिका र रात्रिकालिन व्यावसायसँग जोडिएका नकारात्मक पक्षहरुले ठमेलको साखमाथि नै प्रश्न उठ्ने गरेको छ ।


नयाँ शक्तिलाई पुरानो बोतलको रक्सीसँग तुलना नगर्नुस :कृष्ण कुईकेल,नुवाकोट जिल्ला संयोजक

फागुन ४, काठमाण्डौ । मुख्यतः कुनै बाद सिद्धान्त भन्दा पनि आर्थिक मुद्धालाई प्रमुख सिद्धान्त मान्ने नयाँ शक्तिले सुधारिएको राजनीतिको वकालत गर्दै आएको छ । बिभिन्न पार्टिमा बसेर असन्तुष्ट तथा नयाँ आर्थिक संरचनामा मुलुकको हितको व्याख्या गर्नेहरु यतिबेला नयाँ शक्तिमा आफ्नो भबिश्य खोज्न लालयित देखिएका छन ।


होटलमा बसेर जनता भिडाउने छुट कसले दियो ? :जगदिश्वरनरसिंह केसी

माघ १४, काठमाण्डौ । नुवाकोटमा स्थानिय तह पुर्नसंरचनाको बिषयलाई केही समययता सुरु भएको बिबादले उग्र रुप लिदै गएको छ । बिशेषतः स्थानिय राजनीतिक दल र जिल्ला प्राबिधीक समितीले दिएको सुझाबलाई जिल्लाकै नेताको प्रभावमा पुर्नसंरचना आयोगले लिखु गाँउपालिका र बेलकोट नगरपालिकाको अस्तीत्व मेटिएको भन्दै स्थानियहरु आन्दोलित भएका हुन ।


मजदुरका नाममा हैकमबाद स्वीकार्य छैन :कपिल पाण्डे

पर्यटन श्रमिकले कार्यक्षेत्रमा भोग्नुपरेका समस्या, रोजगारीको स्थायित्वका साथै हकहितको सवालमा पर्यटन क्षेत्रको नाम जोडेर राजनीति गर्ने पर्यटकीय संघसंस्थाको कार्यशैली बारे बुझ्ने कोशिस गरेका छौ । प्रश्तुत छ, कांग्रेस निकट ‘ नेपाल पर्यटक श्रमिक संघ’का अध्यक्ष कपिल पाण्डेसँग गरिएको अन्तवार्ताको संपादित अंश ।


साधारण सभाको हवाला दिएर ठमेलको नेतृत्व परिवर्तन गरियो भनिएको छ त्यो गैरकानुनी छ :दीपक मनाङ्गे

विगत लामो समय देखि ठमेललाई नजिकबाट नियाली रहनु भएका चर्चित व्यत्तित्व एवं ठमेलबासी राजिव गुरुङ (दीपक मनाङ्गे) ले ठमेलका हरेक गतिविधिलाई नियालि रहनु भएको छ । ठमेलको विकासका लागि व्यवसायीक हितवपरित कसैसँग पनि सम्झौता नगर्ने आफ्नो धारणा सार्वजनीक गदै आउनु भएका मनाङगेसँग चुलिएको ठमेल पर्यटन विकास परिषद्को विवादबारे गरिएको अन्तरंग संवाद :


पर्यटक सुरक्षामा भरोसाको केन्द्र बन्ने छु : खतिवडा

नेपालको पर्यटन क्षेत्रले क्रमशः गति लिँदैछ । यद्यपि, पूर्वाधार निर्माण र पर्यटकले प्राप्त गर्ने सेवासुविधा तथा आन्तरिक सुरक्षा आशातित रुपमा हुन सकेको छैन ।


संसोधनका बहानामा व्यावसायीलाई आतंकित पार्ने काम भयो :मनोज कुमार श्रेष्ठ

असोज १८, काठमाण्डौ । सरकारले यातायात व्यावस्था ऐन २०४९ संसोधनको तयारी गरिरहेका बेला पर्यटन सवारीको अस्तीत्वको बिषयलाई लिएर पर्यटन व्यावसायीहरु चिन्तित देखिएका छन । बिशेषतः यसअघि पर्यटन सवारीले प्रयोग गर्दै आएको हरियो प्लेट रहने की नरहने भन्ने भन्ने दुबिधा रहिररहेका बेला सरकारले भने यसलाई अझ व्यवस्थीत रुपमा बर्गीकरण गरी संसोधनका साथ नयाँ निती ल्याउने बताईरहेको छ,भने व्यावसायीहरुले यसलाई हरीयो प्लेट माथीको आक्रमणको रुपमा बुझ्ने गरेका छन । बास्तबमा यातायात संसोधन ऐन पा


आफुले स्वघोषणा गर्दा अध्यक्ष बन्न पाईने अनौठो नियम कहाँबाट सिक्नुभयो : थपलिया

असोज ९, काठमाण्डौ ।ठमेल पर्यटन बिकास परिषद्मा केही दिनयता नेतृत्वको बिवाद चुलिएको छ । परिषद्को २१ औ र २२ औ साधारणसभा स्थगनको बिषयलाई लिएर असन्तुष्ट तेजेन्द्रनाथ श्रेष्ठ समुहले छुट्टै भेला गरी कार्यबाहक अध्यक्षको रुपमा समिर गुरुङलाई अगाडि सारेको स्थीति छ,


म कुनै गुटको होइन, ठमेल पर्यटन विकास परिषद्को कार्यवाहक अध्यक्ष हु : गुरुङ

समिर गुरुङ, ठमेलका लागि चिरपरिचित नाम हो । रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको अध्यक्षको सफल जिम्मेवारी बहन गरिरहुन भएको गुरुङ, ठमेल पर्यटन विकास परिषद्को वरिष्ठ उपाध्यक्षको समेत जिम्मेवारी बहन गर्दै आउनु भएको थियो । असोज २ गते परिषद्को २१औ र २२ औ साधारण सभा आयोजना गरिएपनि असोज १ गते बेलुकी साधारण सभा स्थगित गर्ने निर्णय कार्यसमितिले गरेको थियो । त्यसपश्चात दुई समुहमा विभाजित परिषद्का सदस्यहरु मध्ये एक समुहले २ गते साधारण सभा आयाजना गरि गुरुङलाई कार्यवाहक अध्यक्ष तोकेको छ । त्यससँगै यतिबेला परिषद् विवादमा फसेकेको छ । परिषद्को तत्कालिन विवाद र समाधानका उपायका विषयमा गुरुङसँग गरिएको कुराकानी ?


पौडेलको बुझाई थाहा भएन, शेखरले मलाई शुभेच्छा राखेका हुन :आनन्दराज त्रिपाठी

असोज ६, काठमाण्डौ । आनन्दराज त्रिपाठी नेपाली कांग्रेसका सक्रिय युवा नेताका रुपमा परिचित छन । तनहुँको भानु नगरपालिकाको वडा न. १ मा जन्मिएका त्रिपाठी कांग्रेस बिद्यार्थी राजनीतिमा ३२ बर्षदेखि सक्रिय रहँदै आएका छन । त्रिपाठी गत साउनमा भएको नेवि संघको ११ औ महाधिवेशनमा अध्यक्षको दाबेदारको रुपमा मैदानमा उत्रिएका थिए, यद्यपी निर्वाचनमा पराजय बेर्होनुपरे पनि नेबिसंघको राजनीतिमा उनको बलियो पकड रहेको छ । सुरुमा पौडेल समुहबाट उनको नाम चर्चा गरिएपनि निर्वाचन ताका कांग्रेस नेता शेखर कोईरालाको बलियो साथ पाएका त्रिपाठी आफु स्वयंम भने कुनै गुटको


कांग्रेस निकट व्यावसायी एकढिक्का छौ,हुटीट्याङले आकाश थेग्दैन : दिपक महत

भाद्र ३०, काठमाण्डौ । कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यावसायी संघ (निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ हालैमात्र दुई संगठनबिच एकता भएर नेपाल पर्यटन व्यावसायी संघ(निट) भएपश्चात अझैपनि प्रजातान्त्रिक विचारधाराका व्यावसायीविच एकता भएको छैन भन्ने पर्यटन बजारमा प्रचारबाजी कायमै छ । यही सन्दर्भमा दुई संस्थाविचको एकता, लोकतान्त्रिक समुहमा रहेका केही व्यक्तिहरुको असन्तुष्टि र एकीकरण भएपश्चात निटको आगामी भुमिकाका विषयमा बुझ्ने कोशिस गरेका छौ । प्रश्तुत छ, नेपाल पर्यटन व्या


नेतृत्वले गल्ती नसच्याए, बहुमतले नेतृत्व फाल्छ : थापा

एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठन यति बेला विवादमा फसेको छ । संगठनलाई विधि र विधान विपरित चलाएको भन्दै उपाध्यक्ष मदन आचार्य समुहले बैठक बहिस्कार गरि छुटै भेला आयोजना गरेका छन् ।


गोरा छाला भएकाहरु पैसाको खानी हुन् भन्ने सोच त्याग्नुपर्छः सापकोटा

गाँउ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ–नेपाल) विशुद्धरुपमा ग्रामीण पर्यटनका लागि समर्पित संस्था हो । ग्रामीण पर्यटनको विकास र विस्तारमा राज्यका निकायलाई झक्झक्याउँदै अगाडि बढिरहेको भिटोफ नेपालले ग्रामीण पर्यटनलाई उजागर गर्न भन्दै विभिन्न क्षेत्रमा रहेका गाँउहरुलाई भिटोफ गन्तव्य गाँउ अवधारणाका माध्यमबाट प्रबद्र्धन गर्दै आएको छ ।


प्रजातान्त्रिक पार्टीमा हराएको लोकतन्त्र पुर्नताजगीका लागि मेरो उमेद्धवारी :त्रिपाठी

साउन २१, काठमाण्डौ । नेपाल विद्यार्थी संघको महाधिवेशन यही साउन २३ गतेदेखि २५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको छ । २०६५ साल यता हुन नसकेको स्ववियू निर्वाचन र त्यत्तिकै लामो समयदेखि नेवि संघको महाधिवेशन हुन नसक्दा यसपटक विधिवत महाधिवेशन सम्पन्न हुनेमा आम विद्यार्थी तथा विद्यार्थी नेताहरु आशावादी देखिएका छन । यही उत्साहका साथ काठमाण्डौ बाहिरका विभिन्न जिल्लाबाट प्रतिनिधी छनौट भएर काठमाण्डौ आईपुग्ने क्रम जारी रहँदा नेवि संघको एक पक्ष भने विधिवत महाधिवेशनको माग राख्दै ७ दिनदेखी आमरण अनसनमा छ ।


अनुचितरुपमा रकम बाँड्ने र रोक्नेबीचको लडाइँ हो यो : दाहाल

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पछिल्लो समय आर्थिक पारदर्शिताको मुद्दाले तातिएको छ । टान कोषाध्यक्षले संस्थालाई आर्थिकरुपमा बन्धक बनाएको भनेर अध्यक्ष, महासचिवलगायतले आरोप लगाइरहँदा कोषाध्यक्ष लीलाबल्लभ दाहालले भने आफू नियमसङ्गत भुक्तानीको पक्षमा उभिएको र टान अध्यक्ष तथा महासचिवको रबैयाकै कारण संस्था धरासायी बनेको आरोप लगाएका छन् ।


दाहालको रवैयाले टान बन्धक वन्ने कुरा कदापि स्वीकार्य छैन :चन्द्र रिजाल, टान अध्यक्ष

असार ३०, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले बर्तमान कोषाध्यक्ष लिला बल्लब दाहाललाई न्यायोचित भुक्तानि नगरेको भन्दै स्पष्टिकरण सोधेको छ । कोषाध्यक्ष दाहालले अनुचित रुपमा भुक्तानि नदिएको भन्दै गत मंगलबार ७ दिनभित्र संस्थाको सचिवालयमा लिखित रुपमा स्पष्टिकरण बुझाउन निर्देशन जारी गरेसँगै आरोपित दाहालले भने टानका अध्यक्ष र महासचिवले मनोमानी ढंगले आफुखुसी बैठक राखी चरित्र हत्या गर्ने कोशिस गरेको भन्दै आपत्ति


रसुवा र नुवाकोटको पर्यटन प्रवद्र्धनमा हामी रणनीतिक रुपमा लाग्दैछौ :अध्यक्ष न्यौपाने

असार २९, काठमाण्डौ । बलराम न्यौपाने, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष हुनुहुन्छ । ४ बर्षअघि स्थापना भएको रसुवा–नुवाकोट पर्यटन समाज विशुद्ध रुपमा त्यस क्षेत्रको पर्यटन क्षेत्रका साथै आर्थिक सामाजिक विकाशमा समेत सरिक हुँदै आएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले हालसम्म गरेका कामकारवाही, भावि कार्यदिशा र यसको औचित्यमाथि केन्द्रित रहेर


विदेशीको ईशारामा सरकार ढाल्ने काम भयो :दिलनाथ गिरी, प्रमुख सचेतक, राप्रपा नेपाल

असार २८, काठमाण्डौ । विगतमा भएका सहमति कार्यन्वयन नभएकोे भन्दै माओवादी केन्द्रले आज मंगलबार औपचारिक रुपमा सरकारबाट बाहिरीने व्यहोराको पत्र प्रधानमन्त्रीलाई थमाएको छ । यसअघि पटकपटक सरकार छोड्ने माओवादीको धम्की यसपटक पुनः अर्को राजनीतिक सम्झौतामा टुंगिएन भने सरकारको नयाँ समिकरण बन्ने निष्चीत भइसकेको छ । सोमबार मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमतिय सरकारका लागि भन्दै प्रधानमन्त्री ओली र देउवासँग भिन्दाभिन्दै छलफल गरेका थिए । यद्यपी सहमतिय सरकारमा दाहालको नेतृत्व स्वीकार्य छैन भन्ने दुई ठुला दलको धारणाका विच एकाएक सरकार छोड्ने माओवादीको निर्णयप्रति राजनीतिक बृतमा यतिबेला विभिन्न टिकाटिप्पणी सुरु भईरहदा


म थाकेर आएको होइन, भट्टराईले बाटो विराए स्वतन्त्र भएर बस्छु :गोकुल केसी

असार २७, काठमाण्डौ । गत जेष्ठ ३० गते औपचारिक उद्घाटन गरिएको नयाँ शक्ति नेपालले हिजो निर्वाचन आयोगमा दल दर्ता गरेको छ । राजनैतिक कार्यदिशा पुरा भईसकेको र आर्थिक क्रान्ति गर्न बर्तमान दलहरुबाट सम्भव नहुने भन्दै बाबुराम


पर्यटन ‘आइकन’का माध्यमबाट देशलाई चिनाउन सकिन्छ : सुदर्शन प्रसाद ढकाल

अघिल्लो वर्ष बैशाख १२ गते गएको महाभूकम्पका कारण केही पर्यटकीय गन्तव्यमा क्षति पुर्‍याएपनि अझै धेरै यस्ता गन्तव्यहरु छन, जुन पर्यटकहरुको आकर्षणका केन्द्रविन्दु रहिरहेका छन ।


दीगो पर्यटनका निम्ति राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन: केदार तामाङ

केदार तामाङ राष्ट्रिय संयोजक, राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन–२०७३ प्रथम उपाध्यक्ष, टुर्गान नुवाकोट जिल्ला पञ्चकन्य गाविस वडा नं. ७ कात्तिकेमा २०२८ सालमा जन्मिनुभएका तामाङले टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल (टुर्गान)का प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको छ । सन् 1996देखि निरन्तर पर्यटन क्षेत्रमा सक्रिय तामाङ अंगे्रजी, फ्रान्स र जर्मनी भाषामा दख्खल राख्नुहुन्छ । उहाँले राजनीति शास्त्र र कल्चरमा स्नाकोत्तर गर्नुभएको छ । इमान्दार अनि सालिन व्यक्तित्वको धनी तामाङ आफ्नो पेशा व्यवसायको अलावा समाज सेवामासमेत विगत लामो समयदेखि तल्लिन हुनुहुन्छ । टुर्गानको कार्यसमिति सदस्य हुँदै प्रथम उपाध्यक्षको पदीय हैसियतमा पुग्नुभएका तामाङ टुर्गानले आउँदो असार २१ ग्तेको दिन काठमाडौंमा आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनको राष्ट्रिय संयोजक भएर काम गरिरहनुभएको छ । प्रस्तुत छ उनै तामाङसँग दोस्रो राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनको तयारी तथा नेपालका टुरिष्ट गाइडहरुको अवस्था तथा पर्यटन क्षेत्रका समसामयिक विषयमा केन्द्रित भएर पत्रकार प्रकाश खालिङले गरेको कुराकानीको अंशः राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन किन ? साढे ९ सय टुरिष्ट गाइडहरुको संस्था टुर्गानले दोस्रो राष्ट्रिय टुर गाइड सम्मेलन गर्दैछ । यसलाई देशैभरीका टुर गाइडहरुको महान पर्वको रुपमा पनि लिन सकिन्छ । यो सम्मेलन नेपालका टुरिष्ट गाइडहरुले झेल्नुपरेका नीतिगत तथा व्यवहारिक समस्याहरुको पहिचान गरी समाधानको लागि पहल गर्ने एउटा महत्वपूर्ण अवसर हो । सम्मेलनमार्फत टुरिष्ट गाइडहरुको पेशागत हक अधिकारको विषयमा व्यापक छलफल बहस गर्नुका साथै दीर्घकालिन योजना तर्जुमा गरिने छ । तसर्थ, यो सम्मेलनले टुरिष्ट गाइडहरुको पेशालाई सम्मानित पेशाको रुपमा परिणत गरी यसको गरिमा र प्रतिष्ठालाई अभिबृद्धि गर्दै मुलुकको पर्यटन प्रवद्र्धनमा योग्दान पुग्ने विश्वास हामीले लिएका छौं । सम्मेलनको मुख्य उद्देश्य चाँही के हो ?


An awesome adventure of Wang Jing

Ms. Wang Jing is the true name of a Chinese lady in her youth; abound of strength, power, aspirations, determination and what not. She has successfully set foot over the Mt. Everest peak for three successive times.


योगकै माध्यमबाट पर्यटनमा आर्थिक समृद्धि सम्भव छ :मोहन लम्साल

असार ३, काठमाण्डौ । बरिष्ठ पर्यटन ब्यावसायी तथा समाजसेवी मोहन लम्साल नेपाल योगा एसोसिएसनका अध्यक्ष हुन । विगत तिन दशकदेखी पर्यटन क्षेत्रमा सक्रिय रहेका लम्सालको परिचय पर्यटन क्षेत्रमा जुन रुपमा स्थापित बनेको छ, सँगै समाजसेवामा पनि उनको उत्तिकै योगदान रहेको छ । बिशेषतः नुवाकोटको तारुका लगायतका स्थानमा खानेपानि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा लम्सालको उल्लेखनिय भुमिका रहँदै


नयाँ शक्तिलाई जनताको समर्थनले उत्साहित बनाएको छ : गोपालबाबु श्रेष्ठ

जेष्ठ १२, काठमाण्डौ । बिशेषतः सुशासन र देशको आर्थिक स्थिीतीलाई मजबुत बनाउनु नै आफ्नो प्रमुख राजनैतिक एजेण्डा भएको बताउने नयाँ शक्ति नेपाल पछिल्लो केही समययता तिब्र रुपमा संगठन बिस्तारमा जुटेको छ । देशमा भएका बर्तमान राजनीतिक दलहरुबाट देशको बिकाश नहुने ठहर गरि बिकल्पको रुपमा नयाँ अवधारणाका साथ अघि बढेको बताउने नयाँ शक्तिले यही जेष्ठ ३० गते काठमाण्डौबाट औपचारिक रुपमा पार्टिको घोषणा गर्दैछ । प्र


प्रधानमन्त्रीको उखानटुक्काले मात्र देश समृद्धि हुदैन :जगदिश्वर नरसिंह केसी

जेठ ७, काठमाण्डौ । सरकारले यही जेठ १५ गते आगामि आर्थिक बर्षको बजेट संसदमा प्रश्तुत गर्दैछ । यसअघि सरकार परिवर्तनको तिब्र बहश चलिरहँदा अन्त्यमा रोकिएको स्थीतीमा बजेटपछि सरकारको नेतृत्व परिवर्तनका बहशहरु पनि यदाकदा चलिरहेकै छ । बिशेषतः यसअघि सरकार परिवर्तनमा कांग्रेसको भुमिकालाई लिएर बिभिन्न टिकाटिप्पणी भइरहँदा, सरकारको बर्तमान कामकारबाही, र भुकम्पपिडितका लागि भैरहेको राहत बितरणको स्थीती तथा सरकारको निति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असन्तुष्टि देखीदै आएको छ । यही बिषयमा नेपाली कांग्रेस भित्रको धारणा बुझ्ने कोशिस गरेका छौ । प्रश्तुत छ, नेपाली कांग्रेस नुवाकोटका सांसद जगदिश्वर नरसिंह केसी सँग गन्तब्य नेपालका शंकर गौलीले गरेको अन्र्तबार्ताको संम्पादित अंश ।


पूर्व र पश्चिममा तालिम केन्द्र संचालनको तयारीमा छौ : चुडामणि शर्मा

डामणि शर्मा कट्टेल, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) कार्यकारी निर्देशक हुनुहुन्छ । शर्माले, पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धि उच्चस्तरीय शैक्षिक तथा प्राविधिक शिक्षा दिदै आएको नाथमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको तीन वर्ष पुग्न लागेको छ । पर्यटन क्षेत्रमा दक्ष जनशत्ति उत्पादन गर्ने उद्धेश्यले चार दशक अघि स्थापित यस संस्थाबाट चार हजार भन्दा बढिले पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धि तालिम लिईसकेका छन् । कार्यभार सम्हाले देखिनै प्रशासनीक देखि शैक्षिक प्रणालीमा सुधारको अभियान लाग्नु भएको उहाँले अव उपत्यका बाहिर समेत तालिम केन्द्र संचालन गर्ने योजनामा हुनुहुनछ । उ


नेपाली उत्पादनको बजार विस्तार र पर्यटन प्रवद्र्धनमा मेला फलदायी हुनेछ : शाहु

आगामी सेप्टेम्बर महिनामा संसारकै राजधानी मानिने अमेरिकाको राजधानी न्युर्योकमा नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना हुदैछ । वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्टले आयोजना गरेको उक्त मेलामा नेपालमा उत्पादित बस्तुहरु प्रर्दशनीमा राखिनेछ । नेपाली उत्पादनको अमेरिका हुदै विश्व बजारमा विस्तार गर्न भन्दै आयोजना गरिएको उक्त मेलामा नेपाल सहित विश्वभरका व्यवसायी र उत्पादहरुको सहभागिता रहने छ । उक्त मेलाबारे कन्सल्ट्याण्टका नेपाल प्रोजेक्ट डाईरेक्टर डम्बर शाहुसँग गन्तव्यनेपाल न्यूजडट कमले गरेको संक्षिप्त कुराकानी


राजनीतिक एजेन्डा छाडेर पर्यटन विकासको एजेन्डा बोक्नु पर्छ : गुरुङ

कुलबहादुर गुरुङ एलायन्स ट्रेक्स एन्ड एक्सपीडिसनका प्रवन्ध निर्देशक हुनुहुन्छ । विगत लामो समय देखि पर्यटन क्षेत्रमा सक्रिय गुरुङ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा उपाध्यक्षको जिम्मेवारी बहन गरिसक्नु भएको छ, भने हाल गुरुङ पर्यटन व्यवसायी संघ नेपाल, गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्षको जिम्मेवारी बहन गरिरहनु भएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव बटुलिसक्नु भएको उहाँ पर्वतीय पर्यटनका विशेष जानकार समेत मानिनुहुन्छ ।


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन पर्यटन प्रवद्र्धन गर्ने सशक्त माध्यम हो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द प्रसाद पोखरेल भूकम्प र नाकाबन्दीलगायतका कारण अस्तव्यस्त बनेको नेपालको पर्यटन क्षेत्रलाई माथि उकास्न संवेदनशील भएर लागिरहनुभएको छ । त्यसै शिलशिलामा देश विदेशको कार्यक्रममा भ्याइनभ्याइ हुनुहुन्छ ।


Taruka village will foresee no dearth of water

r. Bernhard Hiller, a Swiss born national is a highly qualified and distinguished engineer by profession. He specifically studied water management, supply and distribution as the subject of his learning and, in the year 1973, succeeded receiving master’s degree from the technical high school of Switzerland which still continues to be the most reputed and acclaimed educational institution there. As a brilliant student he was that Mr. Hiller was off


देउवा प्यानलका शसक्त उम्मेदवार जिपछिरिङ लामा

काठमाडौं । जीपछिरिङ लामा विकासपे्रमी नेताका रूपमा चिनिँदै आएका छन् । उनी यसअघि नेपाली कांग्रेसको समानुपातिककोतर्फबाट सांसद पनि बनिसकेका छन् । देशको चौतर्फी विकासमा लामो समयदेखि लाग्दै आएको लामाले विकासप्रेमी नेताका रूपमा परिचय बनाएका छन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पार्टीबाट लिने भन्दा पनि पार्टीलाई योगदान पुर्याउने नेता चयन हुनुपर्ने आवाज उठाउँदै उनले आफ्नो उमेदवारी अघि सारेको बताउँछन् । कांग्रेस महाधिवेशनमा केन्द्रित रहेर लामासँग गरिएको कुराकानी ।


केन्द्रिय राजनीति गर्न म इच्छुक छु : जगदिश्वर नरसिंह केसी

नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई यतिखेर १३ औं महाधिवेशनको चटारो छ । सबै नेता, कार्यकर्ता यतिखेर गाँउ पसेका छन् । त्यस्तै नुवाकोट जिल्लामा पनि महाधिवेशनको रौनक छाएको छ । यतिबेला नुवाकोट जिल्लाको अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न पार्न अहोरात्र खटिएका छन् नुवाकोट जिल्लाका कांग्रेस सभापति जगदिश्वर नरसिंह केसी ।


इरानले फ्रान्ससँग किन्ने भयो ११८ ओटा एअरबस

काठमाडौं । फ्रान्स र इरानबीच एअरबस विमान खरिदबारे सम्झौता भएको हो । फ्रान्स भ्रमणमा रहेका इरानका राष्ट्रपति हुसेन रुहानीले फ्रान्ससँग भएको सम्झौता इरानको इतिहासमा एक नयाँ अध्याय भन्दै यसले इरान र फ्रान्सबीचको सम्बन्ध थप मजबुद बनेको जानकारी दिए ।


अमेरिकामा हान्‍न सक्ने मिसाइल बनायो उत्तर कोरियाले

हाइड्रोजन बम बनाएर विश्वभर तहल्का मच्चाएको उत्तर कोरियाले फेरि अर्को हतियार बनाएको छ । छिमेकी देश जापानको अनुसार उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने मिसाइल बनाएको दावि गरेको छ ।


हाम्रो टिम व्यवसायीक, सक्षम र दक्ष छ : धाख्वा

संस्थाको ५२ औँ साधारणसभासँगै आगामी आईतबार हुन लागेको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको अध्यक्षकी उम्मेद्वार हुन –मिहीका राज्यलक्ष्मी शाह (धाख्वा) ।


‘गोरुजुधाई मेलामा ५० हजार दर्शक उतार्ने लक्ष्य छ’

प्रत्येक माघेसङ्क्रान्तिमा नुवाकोटको तारुकामा गोरु जुधाई मेला हुन्छ । तारुका गाविस वडा नं. ५ स्थित कटरबोटे चन्दनीमा यसपटक २० हल भन्दा बढी गोरु जुध्दैछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमासमेत ख्याती कमाएको यो गोरु जुधाई मेलाको तयारीलाई अहिले तिब्र बनाईएको उक्त मेला व्यवस्थापन समितिको भनाई छ । मेलाको इतिहास, यसपटकको मेलाको तयारीलगायतका सन्दर्भहरुको सेरोफेरोमा आधारित रहेर मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुंगानासँग गन्तव्य नेपाल न्यूजका लागि सुवास भट्टले गरेको अन्तर्वार्ता :


टेलिफोन उठाउनमै दिन बितेका छन्ः रिजाल

चन्द्र रिजाल ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानका अध्यक्ष हुनुहुन्छ । उहाँ विगत दुई दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ । भूकम्प, नाकाबन्दीलगायतका समस्याका कारण सिथिल बनेको पर्यटन क्षेत्र र टानका पछिल्ला गतिविधिहरुमा आधारित रहेर गन्तव्य नेपाल न्यूजले उनै रिजालसँग गरेको संवादको अंश :


हाम्रो पर्यटन आन्तरिक समस्यामा अल्झिएको छ : नेपाल

पर्यटन क्षेत्रमा चिरपरिचित र गतिशिल युवा व्यवसायी तथा समाजसेवी राम नेपाल विगत लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्व हुनुहुन्छ । झण्डै दुई दशकदेखि पर्यटनमा क्रियाशिल हुँदै आउनुभएका नेपाल अलपाईन रेस्क्यु सर्भिस प्रालिका प्रवन्ध निर्देशक हुनुहुन्छ ।


Smiles of the Nepalese is really captivating

Mr. Bernhard Buller, a Swiss born national, is highly refined and well-cultured mountain tour guide. He loves Nepal equivalent to a patriot Nepali fellow loves his own country and, this is manifested by his repeated visit, going over to 26 times, so far, here in this Himalayan Kingdom.


हामी वर्चस्व कायम गरेरै अगाडि बढछौँ : थापा

नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहनुभएका सूर्य थापा पार्टी पर्यटन प्रवद्र्वन विभाग प्रमुख तथा पार्टीसम्वद्व पर्यटकीय सबै संगठनहरुको इन्चार्ज हुनुहुन्छ । पार्टीको केन्द्रिय प्रचार विभाग उपप्रमुखसमेत रहनुभएका थापा विगत लामो समयदेखि पार्टीका विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गर्दै आउनुभएको छ ।


यसपटकको पर्यटन व्यवसाय शून्यप्रायः छ, अब अर्को वर्षको टार्गेट हो : लामिछाने

युवा पर्यटन व्यवसायी नवराज लामिछाने क्लव सिएनआईका प्रवन्ध निर्देशक हुनुहुन्छ । सन् २००८ मा उहाँले उक्त क्लव सञ्चालनमा ल्याउनुभएको हो । ठमेलस्थित होटल मनाङको सम्मुख सञ्चालित उक्त क्लवले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई सेवा प्रदान गर्छ ।


अहिलेको पर्यटक आगमन २५ प्रतिशत

गोविन्द बहादुर कार्की पर्यटन विभागका महानिर्देशक हुनुहुन्छ । लामो समयको प्रशासनिक अनुभव संगाल्नुभएका कार्की गत साउन मसान्तदेखि पर्यटन विभागको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।


कांग्रेसको सहभागिता र सहयोगविना संविधान कार्यन्वयन संभव छैन्

सांसद जगदिश्वर नरसिँह केसी नुवाकोट कांग्रेस सभापति हुनुहुन्छ । जनतासँग सहजै घुलमिल हुने नेताको छवि बनाउनुभएका उहाँ युवामाझ लोकप्रिय हुनुहुन्छ । जनताको समस्यालाई नजिकबाट बुझ्ने र समाधानका लागि अग्रसरता लिने नेताको रुपमा उहाँले आफूलाई आम कार्यकर्ता र जनतामाझ चिनाउनुभएको छ । मुलुकको राष्ट्रिय राजनीतिमा पनि उत्तिकै प्रभाव जमाउनुभएका उनै केसीसँग मुलुकको समसामयिक राजनीतिक अवस्थामा आधारित रहेर गन्तव्य नेपाल न्यूजले गरेको ताजा संवाद :


इन्धन अभावले ठूलो समस्या निम्त्याएको छ : साङ्गे लामा

साङ्गे लामा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभिए) का नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ । विगत तीन दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध रहनुभएका लामाले वि. सं. २०४८ सालमा बुद्ध भेहिकल सर्भिस स्थापना गरेर पर्यटक सवारी सेवा प्रदान गर्दै आउनुभएको छ । उहाँ एनटीभिएमा अघिल्लो कार्यसमितिको सल्लाहकार हुनुहुन्थ्यो । केही समयअघि सम्पन्न संस्थाको साधारणसभाबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो ।


हामी नेपाली कांगेसको सुभेच्क्षुक संस्था बन्न प्रतिवद्ध छौ : थपलिया

नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट -नेपाल ) बाट असन्तुष्टि जनाउदै वरिष्ठ उपाध्यक्ष रामशरण थपलिया र उपाध्यक्ष मिहिका धाख्वासहितका अधिकांश कार्यसमिति सदस्यहरु बाहिरिएका छन् । निट -नेपाल छाडेलगत्तै उनीहरुले लोकतान्त्रिक पर्यटन व्यवसायी संघ नामाकरण सहित ३५सदस्यीय भेला समिति समेत गठन गरिसकेका छन् । भेला संयोजकको जिम्मेवारी नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख किशोरसिंह राठोर र सहसंयोजकको जिम्मेवारी रामशरण थपलियाले सम्हालेका छन् । उनै भेला सहसंयोजक थपलियासँग गन्तव्य नेपाल न्यूज डक कमले गरेको ताजा कुराकानी :


न्यूनतम ६० प्रतिशत मत हाम्रो पक्षमा खस्नेमा विश्वस्त छौँ : महत

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को निर्वाचन आउन अब केही घण्टामात्रै बाँकी छ । निर्वाचनमा लागी सागर पाण्डे र चन्द्र रिजाल समूह वारपार भिड्दैछन् । दुवै समूहले आफ्नो निर्वाचन अभियान र प्रचारप्रसार सकिएको तथा आफूहरु चुनावी तयारीको अन्तिम चरणमा आईपुगेको बताएका छन् भने आफ्नै समूहको विजय सुनिश्चित भएको पनि दूवैको दावी छ ।


चुनावी नतिजाको पूर्वानुमानमा रिजाल पक्षको जित सुनिश्चित छ :कुमार

अञ्जन थापा (कुमार) ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का पूर्वकोषाध्यक्ष हुनुहुन्छ । विगत झण्डै दुई दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशिल रहिआउनुभएको कुमारसँग यस क्षेत्रको राम्रो पहुँच, ज्ञान र अनुभव छ । टान निर्वाचनमा चन्द्र रिजाल समूहका चुनावी प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका उहाँ रिजाल समूहको आकर्षक विजय पक्का भएको दावी गर्नुहुन्छ । निर्वाचनको पूर्वसन्ध्याहमा आफ्नो समूहको गतिविधिमाथि आधारित रहेर गन्तव्य नेपाल न्यूजले गरेको छोटो कुराकानी प्रस्तुत छ :


हाम्रो समूहको विजय सुनिश्चित छ : शेर्पा

वरिष्ठ पर्यटन व्यवसायी निमानुरु शेर्पा ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल (टान) को पूर्वउपाध्यक्ष हुनुहुन्छ । नेपाल पर्वतारोहण संघ (एनएमए) का पूर्व वरिष्ट उपाध्यक्षसमेत रहनुभएका उहाँ नेपाल वायुसेवा निगमका बोर्ड डाईरेक्टर हुनुहुन्छ । शेर्पा चोयु ट्रेक्सका प्रवन्ध निर्देशक पनि हुनुहुन्छ ।


पाण्डे समूहको जित ९० प्रतिशत सुनिश्चित छ : लम्साल

वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साल ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल (टान) का पूर्वमहासचिव हुनुहुन्छ ।


नीट–नेपाललाई आधिकारिकता दिँइदैन

राजेन्द्र बजगाइँ नेपाली कांग्रेस पर्यटन विभागका सदस्य तथा कांग्रेसकै एक प्रभावशाली व्यक्तित्वको रुपमा चिनिनुहुन्छ । ट्रेकिङ एजन्सिज एसोसियसन अफ नेपाल (टान)को पूर्वमहासचिवसमेत रहनुभएका बजगाइँ दुई दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा आबद्ध हुनुहुन्छ ।


कानुनी राय लिएरै निर्वाचन स्थगित गरिएको हो, यो विधानसम्वत् छ

यहि शुक्रबारका लागि घोषित निर्वाचन मिति स्थगित भएर नयाँ अर्को मिति घोषणा भएपछि प्रस्तावित चन्द्र रिजाल समूह र टानविच अहिले विबाद बढेको छ । त्यस्तै टानको आगामी नेतृत्वका लागि तीन प्रमुख दलनिकट पर्यटन संगठनहरले आ–आफ्नो तर्फबाट उम्मेद्वार घोषणा गरिसकेका छन् । यसक्रममा नेपाल पर्यटन व्यवसायी मञ्चको तर्फबाट सागर पाण्डेले पनि आगामी नेतृत्वका लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नुुभएको छ । टानको वर्तमान महासचिवसमेत रहनुभएका उनै पाण्डेसँग चुनाव स्थगित हुनुका कारणलगायत आगामी निर्वाचनमा आफ्नो उम्मेद्वारीका सम्वन्धमा आधारित रहेर गन्तव्य नेपाल न्यूजका लागि सुवास भट्टले गरेको अन्तरंग संवाद :


पर्यटक यातायातको ९० प्रतिशत समस्या समाधान गर्नेगरी अगाडी बढेका छौँ : सन्तोष

कुलप्रसाद न्यौपाने ‘सन्तोष’ नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभिए)का नवनिर्वाचित महासचिव हुनुहुन्छ । अघिल्लो कार्यकालमा संघका पूर्वसदस्यसमेत रहनुभएका सन्तोष विगत एकदशक भन्दा लामो समयदेखि पर्यटन क्षेत्रको एक महत्वपूर्ण हिस्सा पर्यटक यातायात क्षेत्रमा आवद्ध हुनुहुन्छ । राजधानीमा टुर एक्स्प्रेस नामक पर्यटक यातायात कम्पनी खोलेर पर्यटकहरुलाई गुणस्तरिय यातायात सेवा प्रदान गर्दै आउनुभएका उहाँ एक जुझारु युवा पर्यटन व्यवसायीसमेत हुनुहुन्छ । आफ्नो कार्यकालमा पर्यटक यातायातमा देखिएका अधिकांश समस्याहरु निरुपण गर्ने सन्तोषको अठोट छ । प्रस्तुत छ, उनै सन्तोषसँग नेपालमा पर्यटक यातायातको अवस्थालगायतका विषयको सेरोफेरोमा रहेर गन्तब्य नेपाल न्यूजका लागि सुवास भट्टले गरेको कुराकानी :


सर्बसम्मती भए महासचिवका लागि तयार छु : कुमार

अञ्जन थापा ‘कुमार’ युवा पर्यटन व्यवसायी हुनुहुन्छ । विगत झण्डै दुई दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध रहिआउनुभएका कुमारसँग पर्यटन क्षेत्रको राम्रो पहुँच, ज्ञान र अनुभव छ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) कै पूवकोषाध्यक्षसमेत रहिसक्नुभएका उहाँ आगामी कार्यसमितिअन्तर्गत महासचिव पदका लागि इच्छुक हुनुहुन्छ । आगामी टानको नेतृत्वमा स्वच्छ, इमान्दार र क्षमतावान व्यवसायी आवश्यक रहेको उहाँको ठम्याई छ । पर्यटन क्षेत्रमा राम्रो प्रभावसमेत कायम गर्नु सफल हुनुभएका र आगामी कार्यकालका लागि चर्चित पात्र उनै कुमारसँग गन्तव्य नेपालन्यूजले गरेको संवाद प्रस्तुत छ :


टान कोषाध्यक्षका लागि म तयार छु : गौली

नमराज गौली युवा पर्यटन व्यवसायी हुनुहुन्छ । विगत डेढ दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध रहिआउनु भएका गौली छोटो समयमै सफल हुने व्यवसायीको कोटीमा पर्नुहुन्छ । नयाँ पुस्ताको नेतृत्व लिन सक्षम गौली पर्यटन क्षेत्रमा पछिल्लो समय राम्रो चर्चा पाउन सफल हुनुभएको छ । आउटफिटर नेपाल ट्रेक्स एण्ड एक्स्पेडीसनका प्रवन्ध निर्देशक रहनुभएका गौली टानका वर्तमान कार्यसमिति सदस्यसमेत हुनुहुन्छ । टानको आगामी कार्यकालका लागि कोषाध्यक्षका लागि इच्छुक देखिनुभएका गौलीसँग गन्तव्य नेपाल न्यूजले गरेको संवाद :


कुनै किसिमको राजनीतिक छन्द र गन्ध बोर्डभित्र छैन् : सापकोटा

राजेन्द्र सापकोटा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य हुनुहुन्छ । उहाँ नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधिहरुमा सरिक रहिआउनु भएको छ । आउटडोर हिमालयन ट्रेक्सका सञ्चालकसमेत रहनुभएका युवा व्यवसायी सापकोटासँग गन्तव्य नेपाल न्यूजका लागि सुवास भट्टले गरेको संवाद :


टान निर्वाचन सार्नु परम्परा, विधि र नैतिकता सबै हिसावले गलत हुन्छ : भण्डारी

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को पूर्वअध्यक्षसमेत रहनुभएका बोधराज भण्डारी एकिकृत पर्यटन व्यवसायी संगठन (युटीन) तथा सोसाईटी अफ टुर एण्ड ट्राभल अपरेटर (सोट्टो–नेपाल) का सल्लाहकार हुनुहुन्छ । पर्यटनमा स्पस्ट बक्ताको रुपमा चिनिने भण्डारीसँग पर्यटनका समसामयीक विषयहरुमाथी आधारित रहेर गन्तव्य नेपाल न्यूज डट कमका लागि सुवास भट्टले गरेको अन्तर्वार्ता :


पर्यटन बोर्डको समस्या जेटीसीसीको कारणले अरु थपिएको छ : दाहाल

विगत अढाई दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध रहिआउनु भएका नवराज दाहाल गणतान्त्रिक स्टोनियाको नेपालका लागि बाणीज्य दूत हुनुहुन्छ । उहाँ राष्ट्रिय पर्यटन महासंघ–नेपालका उपाध्यक्ष तथा नेकपा–माओवादीनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठन –नेपालका अध्यक्ष हुनुहुन्छ । नेपाल इन्भारमेन्टल ट्रेक्सका सञ्चालकसमेत रहनुभएका उनै दाहालसँग पर्यटन क्षेत्रका समसामयीक विषयहरुमा आधारित रहेर गन्तव्य नेपाल न्यूज डटकमले गरेको पाँच प्रश्न : :


पार्टीको बैधानिक संगठन युटीनमात्र हो, मञ्च त एनजिओ हो : कमल सापकोटा

राम सापकोटा ‘कमल’ एकिकृत नेकपा माओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन (युटीन) का अध्यक्ष हुनुहुन्छ । विगत लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध रहिआउनु भएका सापकोटा पर्यटन व्यवसायसँगै विभिन्न सामाजिक कार्यहरुमा पनि उक्तिकै सक्रिय हुनुहुन्छ । उहाँ माउन्टेन डिलाईट्स ट्रेक्स एण्ड एक्स्पीडिसनका सञ्चालकसमेत हुनुहुन्छ । नेपाल पर्यटन व्यवसायी मञ्चले आफुसँग ९० प्रतिशत व्यवसायी रहेको दावी गरिरहँदा त्यसको ठिक विपरितका अभिव्यक्ति दिँदै मञ्च एउटा एनजिओमात्र भएको र आफूमात्र पार्टीको बैधानिक संगठन गरेका जिकिर गर्ने सापकोटासँग गन्तव्य नेपाल न्यूज डटकमका लागि सुवास भट्टले गरेको अन्तरंग संवाद :


युटीन १० प्रतिशत हो, हामी मञ्च ९० प्रतिशत हौँ : शिंखडा

गणेश शिंखडा नेपाल पर्यटन व्यवसायी मञ्चका अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल रहिआउनु भएका शिंखडासँग संस्थाको गतिविधिलगायत समग्र पर्यटन क्षेत्रका समसामयीक विभिन्न विषयमाथी आधारित रहेर गन्तब्य नेपाल न्यूजले गरेको संवाद प्रस्तुत छ :


समयमै निर्वाचन गर्न प्रयासरत छौँ

कुलबहादुर गुरुङ ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को वर्तमान द्धितीय उपाध्यक्ष हुनुहुन्छ । टानको वर्तमान कार्यकाल सकिन लागेको तर, नयाँ कार्यकालका लागि निर्वाचन घोषणा हुन नसकेकोलगायतका संस्थागत तथा समसामयीक विषयमा गन्तब्य नेपाल न्यूजले गरेको संवाद प्रस्तुत छ :


जेटीसीसी मान्दैनौँ

सीताराम सापकोटा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाका सल्लाहकार हुनुहुन्छ । विसं २०२३ असार ८ गते खोटाङ जिल्लाको चिसापानीमा जन्मनुभएका सापकोटा सन् १९८७ देखि निरन्तर रुपमा पर्यटन क्षेत्रसँग उठबस गर्दै आउनुभएको छ । टानका पूर्वअध्यक्षसमेत रहनुभएका सापकोटाले एनएमए, एचआरएलगायतका विभिन्न पर्यटकीय संघसंस्थाहरुको नेतृत्व तहमा रहेर जिम्मेवारी बहन गरिरहनुभएको छ ।


विना सल्लाह टान महासचिवमा मेरो विकल्प खोजे नीट नेपालको समर्थन चाहिदैन् : शेर्पा

सोनाम जि शेर्पा टानका कार्यसमिति सदस्य हुनुहुन्छ । पर्यटन क्षेत्रमा लामो अनुभव बटुलिसकेका शेर्पाले वर्तमान टानको कार्यसमिति सदस्य पदमा रहेर कार्य गरिरहेका छन् । टानको आगामी निर्वाचनमा महासचिव पदको दावेदारी प्रस्तुत गर्दै आएका उनै शेर्पासँग टानको निर्वाचनमा भएको ढिलाइ र महासचिव पदको उम्मेदवारी घोषणाका विषयमा गन्तव्य नेपालको पाँच प्रश्न :


विचार र शक्ति दुवै हिसावले जेटीसीसी थप गिरेको छ : चन्द्र रिजाल

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजाल पर्यटन क्षेत्रका निर्भिक, निडर र स्पस्ट वक्ताको रुपमा चिनिनुहुन्छ । पर्यटन क्षेत्रको एउटा खेमाको नेतृत्व उहाँ गर्नुुहुन्छ । केही समययता जेटीसीसीको औचित्य समाप्त भएको घोषणा गरेर उनीसहितको एक समूह अहिले बाहिर छ । पर्यटन क्षेत्रलाई गोलबन्द गर्न, पर्यटन क्षेत्रका विभिन्न तह र तप्काका व्यक्तिहरुसँग सहकार्य गरेर पर्यटनलाई व्यवसायीक शक्तिको रुपमा अगाडी बढाउने उद्घोषसहित अगाडी बढनुभएका रिजालसँग गन्तब्य नेपालन्यूजले गरेको छ प्रश्न :


नाफाघाटाको हिसाब गरेर जेटीसीसीबाट भाग्नुहुँदैन : दाहाल

संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)लाई अहिले नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स (नारा)का अध्यक्ष चन्द्र दाहालले हाँकिरहनुभएको छ । कुनैबेला सबैलाई एक ढिक्का बनाउने सपना बोकेर स्थापित जेटीसीसीको विषयलाई लिएर पछिल्लो पटक वादविवाद देखिएको छ । कतिपयले यसको औचित्यमाथि नै प्रश्न उठाउँदै संगठनबाट बाहिरिएको घोषणा गरेका छन् । यस्तो गम्भीर परिस्थितिमा जेटीसीसी हाँक्ने जिम्मेवारी पाएका दाहालले अब जेटीसीसीलाई कसरी अगाडि बढाउलान् भन्ने कुरा अहिले सबैको चासो र चिन्ताको विषय बनेको छ । यसैको सेरोफेरोमा रहेर संयोजक दाहालसँग गन्तव्य नेपालले गरेको अन्तरंग संवादः


दुई वर्षमा दश लाख पर्यटक ल्याउन सकिन्छ

मो‌हन लम्साल पर्यटनमा चिर‌परि‌चित नाम हो‌ । ट्रेकिङ एजे‌न्सिज एसो‌सिएसन अफ ने‌पाल (टान)का पूर्वमहासचिवसमे‌त र‌हनुभएका लम्साल मकालु एडभे‌न्चर‌ ट्रेक्स प्रालिका प्रबन्ध निदेर्‌शक हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो‌ समयदे‌खि उहाँले‌ पर्यटनसँग उठबस गर्नुभएको‌ छ । पर्यटन क्षे‌त्रमा एक परि‌पक्व व्यक्तित्वको‌ रुपमा उहाँले‌ आफूलाई परि‌चित गर‌ाइसक्नुभएको‌ छ । प्रस्तुत छ लम्सालसँग गरि‌एको‌ कुर‌ाकानीमा आधारि‌त सामग्रीः


प्रतिनिधि संस्थाहरु नै पर्यटन प्रबर्दनको बाधक देखियो

वि. सं. २०३९ सालमा धादिङको त्रिपुरेश्वर गाविसमा जन्मिनुभएका रामकृष्ण तिमिल्सिना हिमालयन सिनेरी ट्रेक्स एण्ड एक्स्पेडीसनका सञ्चालक हुनुहुन्छ । बाल्यकाल देखि खेलकुद, ट्रेकिङ, संगित आदिमा गहन रुची राख्नुहुने तिमिल्सिना १६ वर्षकै उमेरमा राजधानी छिरेर अध्ययनसँगै एडभेन्चर ट्राभल कम्पनीहरुमा आवद्ध रहिआउनु भएको छ । विभिन्न कम्पनीहरुमा गाईडको रुपमा काम गर्दा यस क्षेत्रमा लामो र गहन अनुभव संगालिसक्नु भएको छ, उहाँले ।


आवश्यक परे म अध्यक्ष बन्न तयार छु

टान निर्वाचन मिति नजिकिँदै‌‌ गर्दा भावी ने‌‌तृत्वको‌‌ लागि चहलपहल बढे‌‌को‌‌ दे‌‌खिन्छ, तपाईंको‌‌ तयार‌‌ी के‌‌ छ ? यो‌‌ग्यता पुगे‌‌का व्यवसायीहरु टानको‌‌ भावी उम्मे‌‌दवार‌‌का आकांङ्क्षी हुनु स्वाभाविक हो‌‌ । यो‌‌ कुनै‌‌ अनौ‌‌ठो‌‌ कुर‌‌ा होइन । संस्थाले‌‌ मे‌‌र‌‌ो‌‌ आवश्यकता महसुस गर‌‌े‌‌को‌‌ खण्डमा मै‌‌ले‌‌ उम्मे‌‌दवार‌‌ी दिने‌‌ कुर‌‌ा समय आएपछि नै‌‌ र‌‌हला । यो‌‌ कुर‌‌ा त्यति नै‌‌ बे‌‌ला भन्ने‌‌ कुर‌‌ा हो‌‌ । समयानुकूल अधिवे‌‌शन हुनका लागि अझै‌‌ पनि तीन महिना बाँकी छ ।


वायुसेवा निगम यसरी तल गिर्नुमा मन्त्रालयकै चलखेल जिम्मेवार छ

नेपाल वायुसेवा निगमको अध्यक्षमा कार्यरत रहिरहनुभएका शिवशरण न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सिफारिसमा गत असार २१ को मन्त्री परिषद्को निर्णयले पदबाट हटाउने र त्यसको ठाउँमा पर्यटन सचिव सुरेशमान श्रेष्ठ रहने निर्णय गरेको ग¥यो । सो निर्णय भएको पर्सिपल्ट अर्थात असार २३ गते आफुमाथी अन्याय भएको भन्दै न्यौपाने अदालत पुग्नुभयो । पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतसम्म पुग्दा आफ्नो पक्षमा अदालती निर्णय आएपछि बुधबारबाट उहाँ पुनः अध्यक्षमा बहाल हुनुभएको । अहिले उहाँ आफुले न्याय पाएको महसुस गर्नुभएको छ । प्रस्तुत छ यसैको सेरोफेरोमा रहेर सुवास भट्टले न्यौपानेसँग गरेको संवादः


टानले नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ

टानको पूर्व कार्यसमिति सदस्य तथा विदेश विभाग प्रमुख भएर काम गरिसक्नुभएका प्रेम कुमार खत्री सन् १९९९ सालदेखि पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा आवद्ध हुनुहुन्छ ।


अन्तर्वाता दिपक महत, चन्द्र रिचाल

विनाशकारी भूकम्पले थिलथिल पारेको पर्यटन क्षेत्रमा पछिल्लो समयमा अर्को समस्या थपिएको छ, यसै क्षेत्रका व्यवसायी व्यवसायीबीचको आन्तरिक टकराव ।


टान पारदर्शी छ रमेश धमला टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हुनुहुन्छ ।

टान पारदर्शी छ रमेश धमला टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हुनुहुन्छ । इकोलोजिकल ट्रेक्स एण्ड एक्स्पीडिसनका प्रबन्ध निर्देशकसमेत रहनुभएका धमलाले पर्यटनसँग साइनो गाँसेको झण्डै दुई दशक भएको छ ।


पर्यटन बोर्डको समस्या समाधानको अचूक उपाय पीपीपी अवधारणा

पर्यटन बोर्डको समस्या समाधानको अचूक उपाय पीपीपी अवधारणा सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष हुनुहुन्छ । अघिल्लो महिना राजधानीमा सम्पन्न साधारणसभाबाट पाण्डे अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो ।


पर्यटन विकास र विस्तारका निम्ति सबै एक हुनुपर्छ मनोहर शमसेर जबरा राणा, सिइओ –यति ट्राभल्स प्रा.ल

मनोहर शम्सेर जबरा राणा यति ट्राभल्स प्रालिका सिइओ तथा यति एक्पे्रस प्रालिका अध्यक्ष हुनुहुन्छ । इकोनोमिक्स विषयमा एमए अनि विएल तथा फ्रेन्च र जर्मनी भाषामा डिप्लोमा गर्नुभएका राणा विगत ३८ वर्षदेखि नेपालको पर्यटन क्षेत्रसँग प्रत्यक्ष उठबस गर्दै आउनुभएको छ । आफ्नो व्यवसायको अलावा उहाँ विभिन्न संघसंस्थामा पनि आवद्ध भएर काम गरिरहनुभएको छ ।


पर्वतारोहण रोयल्टी बढाउनु भयंकर गलत हो

altठाकुरराज पाण्डे नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव हुनुहुन्छ । विगत लामो समयदेखि पर्यटन व्यवसायमा उठबस गरिरहनुभएका पाण्डेले आफ्नो व्यवसाय सँगसँगै विभिन्न पर्यटकीय संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । पछिल्लो समय सरकारले निर्धारण गरेको पर्वतारोहण रोयल्टी महंगो भएको भन्दै विभिन्न टीकाटिप्पणीहरु भइरहेका छन् । यस विषयमा एनएमएको धारणा के र त्यसको समाधानको लागि के गरिरहेको छ ?, एनएमएका वर्तमान कार्यक्रमहरुजस्ता यिनै विषयवस्तुमा आधारित भएर महासचिव पाण्डेसँग गन्तव्य नेपाल साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश खालिङले गरेको अन्तरंग संवादः


बौ‌द्धको‌ लागि र‌ाज्यले‌ पनि सहयो‌ग गर्दिए हुन्थ्यो‌

सaltम्पूर्णकुमार‌ लामाले‌ २०७० असार‌दे‌खि बौ‌द्ध क्षे‌त्र विकास समितिको‌ अध्यक्षको‌ जिम्मे‌वार‌ी सम्हाल्दै‌ आउनुभएको‌ छ । अधिकांश जीवन सामाजिक से‌वामा समर्पित गर्नुभएका लामा समितिको‌ अलावा बौ‌द्ध तामाङ कल्याण गुठीको‌ सल्लाहकार‌, छो‌रुङान महिला समाजको‌ सल्लाहकार‌ भएर‌ पनि काम गरि‌र‌हनुभएको‌ छ । हाल उहाँले‌ बौ‌द्धमै‌ हर्मिका नामक पर्यटकीय हो‌टल स्थापना गर‌े‌र‌ सञ्चालन गरि‌र‌हनुभएको‌ छ । विसं २०२३ फागुन १४ गते‌ बौ‌द्धमै‌ जन्मनुभएका लामाले‌ शंकर‌दे‌व क्याम्पसबाट कमर्समा स्नातक गर्नुभएको‌ छ । प्रस्तुत छ शालीन एवं निःस्वार्थी व्यक्तित्वको‌ धनी उनै‌ लामासँग गन्तव्य ने‌पाल साप्ताहिकले‌ गर‌े‌को‌ कुर‌ाकानी:


हामीलाई फुटाउन सम्भव छै‌न

दीपक महत पर्यटन क्षे‌त्रमा सुपरि‌चित नाम हो‌ । दे‌शको‌ सिंगो‌ पर्यटन क्षे‌त्रमा विगत लामो‌ समयदे‌खि ने‌तृत्वदायी भूमिका निर्वाह गदैर्‌ आउनुभएका महतले‌ पर्यटन क्षे‌त्रमा पहिलो‌ पटक आयो‌जना गर्न लागिएको‌ पर्यटन महायज्ञ मूल आयो‌जक समिति अध्यक्ष भएर‌ काम गरि‌र‌हनुभएको‌ छ । ठमे‌ललगायत पर्यटकीय गन्तव्यहरुको‌ विकास सँगसँगै‌ धार्मिक पर्यटनलाई बढावा दिने‌ उद्दे‌श्यका साथ आगामी बै‌शाख २४ गते‌दे‌खि ३१ गते‌सम्म काठमाडौ‌ंको‌ लै‌नचौ‌र‌मा पर्यटन महायज्ञको‌ आयो‌जना गर्न लागिएको‌ हो‌ । जसलाई सफल पार्नको‌ लागि महत हर‌तर‌हले‌ लागिर‌हनुभएको‌ छ । टानका पूर्वअध्यक्ष तथा र‌ाष्ट्रिय पर्यटन व्यवसायी संघ ने‌पाल (निट–ने‌पाल)को‌ अध्यक्षसमे‌त र‌हनुभएका महतले‌ समग्र पर्यटकीय सम्बद्ध संघसंस्थाहरुको‌ प्रतिनिधित्व र‌हे‌को‌ संयुक्त पर्यटन समन्वय समिति (जे‌टीसीसी)मा अदृश्य रुपमा महत्वपूर्ण भूमिका खे‌ल्दै‌ आउनुभएको‌ छ । उनै‌ महतसँग पर्यटन महायज्ञको‌ तयार‌ी, निट ने‌पालको‌ पछिल्लो‌ अवस्था, ने‌पाल पर्यटन बो‌र्ड तथा समग्र पर्यटन क्षे‌त्रको‌ समसामयिक विषयमा आधारि‌त र‌हे‌र‌ गन्तव्य ने‌पाल साप्ताहिकका कार्यकार‌ी सम्पादक प्रकाश खालिङले‌ गर्नुभएको‌ अन्तरंग‌ ताजा संवादः


टान पार‌दर्शी छ

र‌मे‌श धमला टे‌«किङ एजे‌न्सिज एसो‌सिएसन अफ ने‌पाल (टान)का अध्यक्ष हुनुहुन्छ । इको‌लो‌जिकल टे‌«क्स एण्ड एक्स्पीडिसनका प्रबन्ध निदेर्‌शकसमे‌त र‌हनुभएका धमलाले‌ पर्यटनसँग साइनो‌ गाँसे‌को‌ झण्डै‌ दुई दशक भएको‌ छ । विभिन्न र‌ाष्ट्रिय तथा अन्तरर्‌ाष्ट्रिय संघसंस्थामा ने‌तृत्वदायी भूमिका निर्वाह गरि‌सक्नुभएका धमला पर्यटनमा एक स्पष्ट वक्ताको‌ रुपमा चिनिनुहुन्छ । धमला संयुक्त पर्यटन समन्वय समिति (जे‌टीसीसी)को‌ संस्थापक संयो‌जकसमे‌त हुनुहुन्छ । उहाँकै‌ संयो‌जकत्वमा स्थापित जे‌टीसीसीले‌ ने‌पाल पर्यटन बो‌र्डको‌ पुनर्संर‌चना, अनियमितता छानबिनलगायतका विषय उठान गर‌े‌र‌ आन्दो‌लन छे‌डे‌को‌ थियो‌ ।


धार्मिक पर्यटनलाई बढावा दिनु नै‌ हाम्रो‌ मुख्य काम हो‌

यस वर्षको‌ महाशिवर‌ात्रि समग्रमा सभ्य र‌ भव्य रुपमा सम्पन्न भएको‌ छ । कुनै‌ घटना, दुर्घटना भएन । त्यसै‌ले‌ पनि यस वर्षको‌ महाशिवर‌ात्रिबाट सन्तुष्ट हुनुपर्छ ।


टान चरम आर्थिक संकटमा फस्दै जानुमा मुख्य दोषि को ?

मागेर भोजभतेर गर्नेले फूर्ति गर्न मिल्दैन

मागीमागी छोराको बिहे गर्दा जुन खालको परिस्थितिको सामना गर्नुपर्छ, ठीक यही ढंगको समस्या टानले वर्तमानमा बेहोरिरहेको छ । टानको क्रियाकलाप हेर्दा व्यवसायीको उत्थानभन्दा पनि एनजियो शैलीमा प्रचारमुखी र उत्तेजनामा टान नेतृत्व अगाडि बढिरहेको छ । अन्धाधुन्ध कार्यक्रम आयोजना गर्दै संस्थालाई आर्थिक घाटा लगाएर व्ययभार बढाउनु भएन । कुहिरोमा हराएको कागजस्तै टानले आफ्नो लक्ष्य र दिशा पहिचान गर्न नसक्दा ठूलो आर्थिक ऋणमा फस्न गएको अवस्था हो ।

वर्तमानमा व्यावसायिक संस्थाको बीचमा टानको गरिमा भन्दा बेइज्जत भएको छ । व्यवसायीको पीरमर्का र भावनालाई आत्मसाथ नगर्ने र कार्यसमितीभित्र छलफल नै नगर्ने प्रबृत्तिकै कारण आर्थिक भार थपिन गएको कुरामा शंका छैन । संस्थाको सफलतामा कार्यसमितिकै महत्वपूर्ण भूमिका हुने भएपनि टान नेतृत्वले यसलाई गम्भिरताका साथ नलिने र बेलाबखत कार्यसमितिभित्रको विरोध शान्त पार्न आंशिक बजेट परिचालन गर्ने स्थितिकै कारण ऋणको बोझ थपिदै गएको हो ।
उत्तेजनाकै स्वरुपमा केही दिनअघि सम्पन्न टान साधारणसभामा रु ३९ करोडको बजेट टिम्सबापतको रकम भन्दै पर्यटन बोर्डबाट ल्याउने घोषणा भयो । रकम आउनु त सकारात्मक कुरा हो । यद्यपि लेखासमितिले पर्यटन बोर्डलाई टानको आर्थिक हैसियत पारदर्शी नभएको भन्दै कुनै पनि कारोबार नगर्नु भनेको स्थितिमा टिम्सबापतको रकम तत्काल टानले प्राप्त गर्ने स्थीति देख्दिन ।
उत्तेजक योजना होइन, व्यावहारिक हुन सक्नुपर्यो । टान कर्मचारीलाई समयमा तलब खुवाउन नसक्नेले भारी उपदानको चर्चा छाड्नुपर्यो । ट्रेकिङ आफैँमा जोखिमको क्षेत्र हो , पर्वतीय पर्यटन यात्राका दौरान फेरी पनि हुदहुद आँधीजस्ता समस्या सामना गर्नु नपर्ला भन्ने हुँदैन, यस्तोमा वर्तमानको टानको छविले उद्धार तथा राहतको स्थिति सबल हुने सम्भावना एकदमै कम छ । सहयोगी संस्थाको सहयोग नरहन सक्छ । यसर्थ यस किसिमको जोखिमको पूर्व तयारीका लागि टान नेतृत्वले सामूहिक छलफल गरेर नयाँ भिजनका साथ प्रस्तुत हुनुपर्छ । टानको ऋण तिर्न हामी सक्षम छौ । टानको हालत सधँै यही अवस्थामा रहन रहने छैन, अप्ठेरोलाई समाधान गरेरै छाड्छौँ ।

छेटुप तामाङ, प्रबन्ध निर्देशक –अल्टिच्यूट र्यान्डम ट्रेकिङ

यस्तो छ, पर्यटन व्यावसायीको दसैँ शैली

दसैँ मान्न यसपालि गृह जिल्ला धादिङ जाने तयारीमा छु ।   सप्तमीका दिन धादिङ घर पुग्ने कार्यक्रम छ । भूकम्पपछि पुर्ननिर्माण भएको पुर्खौली घरमा परिवारका सदस्यहरुमाझ यस वर्षको दसैँ मनाउने हाम्रो तयारी छ । तीन दाजुभाइमध्ये एक जना विदेशमा हुनुहुन्छ, हामी दुईजना दाजुभाइ, बुबा आमा र परिवारका अन्य सदस्य तथा छोराछोरी र भतिजभतिजीहरु सबै भेला हुँदा साँच्चै रमाइलो अनुभुति हुन्छ । परिवारको संख्या ठूलो भएको र परिवारमा सबैजसो मांसाहारी सदस्यहरु रहेकाले सदा झैँ यस वर्ष पनि ठूलो खसी काट्छौँ । मान्यजनको आर्शिवाद लिने र आफूभन्दा सानालाई टिका लगाइदिने, खानपिनमा परिवारका सदस्यहरुसँगै सहभागी हुन्छौँ ।

सानो छँदा गाँउमा रोटे पिङको चलन थियो । यद्यपि अहिले केही हराएजस्तो भएपनि केटाकेटीहरु त्यसमै झुम्मिएको देख्दा मन फुरङ्ग हुन्छ । दसैँ मान्न गाउँ जाने भएकाले यसपालि पर्यटकहरुलाई टिका लगाउने काम भने हुँदैन । सबै साथीहरुलाई बडादशैको शुभकामना भन्न चाहन्छु ।

 

राजेन्द्र सापकोटा, प्रबन्ध निर्देशक -मोजाइक एड्भेन्चर ट्रेकिङ

पर्यटनमन्त्रीलाई व्यवसायीको सुझाव ?

विदेशी एयरलाइन्सको अनुगमन आवश्यक

– आन्तरिक भ्रमण बर्ष २०७३ लाई सफल पार्न पर्यटन मन्त्रालयले तदारुकता देखाउन जरुरी छ ।
– विदेशी एयरलाईन्सको अनुगमन गर्नु जरुरी छ । सम्बन्धित एयरलाइन्सको जिडिएस सिस्टम सबैले नपाउने अवस्था छ, यसलाई सन्तुलित गर्नुप¥यो ।
– पर्यटन बोर्डमा कर्मचारीको संख्या बृद्धि गरिनु नितान्त आवश्यक छ । आवश्यक कर्मचारी अभावमा व्यवसायीको काम समयमै नभएको प्रति पर्यटन मन्त्रालयको ध्यान जाओस् । यसका साथै पुर्व मेची देखी पश्चिम महाकालीसम्मका पर्यटकीय संभावना बोकेका क्षेत्रलाई उजागर गर्न जरुरी छ ।

 

यम बहादुर खड्का, अध्यक्ष –सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स

घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ बारे के भन्छन् व्यवसायी ?

प्रचारप्रसारमा कञ्जुस्याई गर्नुहुँदैन

सरकारले कुनै योजना विना नै घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ घोषणा ग¥यो । त्यस कारणले पर्यटन व्यवसायी र सरोकारवाला निकायहरु अन्योलमा परेका छन् । घोषणा गरेको जानकारी आम जनमानसमा राम्रोसँग नपुग्दा घोषणा भएको यत्तिका समय वितिसक्दा पनि त्यसको प्रभावकारिता देखिएको छैन । यस अवसरमा देशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेर टूर प्याकेजको घोषणा गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा प्रचारप्रसार गर्न कञ्जस्याई गर्नु हुदैन ।

ऋषि प्रसाद नेपाल, प्रबन्ध निर्देशक -इन्काउन्टर्स नेपाल डट कम प्रालि

पर्यटन विकास गर्ने सरकारी योजना तपाईलाई कस्तो लाग्यो ?

उत्साहित बनाउने कुरै छैन 

समग्रमा सरकारले आर्थिक वर्ष २०७३÷०७४का लागि ल्याएको नीति तथा कार्यक्रम राम्रो छ । पढ्दा र सुन्दा त लाग्छ नेपाल विकासको गतिमा कहाँ पुगेछ, तर विडम्बना हेर्नुहोला सरकारले ल्याएको यो कार्यक्रम कार्यन्वयन नै हुँदैन । यसले गर्दा मलाई  यो नीति तथा कार्यक्रम आएकोमा खासै उत्साह छैन ।

योजना बनाउनु राम्रो हो । त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि देखाउनुपर्छ । जस्तो उदाहरणका लागि सरकारले २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ तर त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका विषयमा ध्याए दिए जस्तो मलाई लाग्दैन । ०१८ मा होइन ०१९ मा मनाऊ तर त्यसका लागि आवश्यक पूर्वाधारको विकास गरेर । अहिले सबै खालका पर्यटकीय गतिविधिहरु डामाडोल छन् । त्यसले यस्तो परिस्थितिबाट कसरी उकास्ने भन्ने तर्फ हामीले सोच्नुपथ्र्यो । हाम्रो कार्यक्रम र योजनाहरु त्यसतर्फ केन्द्रित हुनुपथ्र्यो ।  महत्वकांक्षी योजनामात्र बनाएर हुँदैन । अहिले हेर्नुुुस् आएका पर्यटकलाई त राम्रो सेवा दिन सकेका छैनौं उनीहरुलाई सुरक्षित महशुस गराउन सकेका छैनौं भने टाउको गनेर मात्र के हुन्छ । त्यसकारण पर्यटक विकास गर्ने हो भने धेरै महत्वकांक्षी योजना मात्र बुन्ने होइन, पाहुनालाई बोलाएर कसरी राम्रो सत्कार गर्ने भन्नेतर्फ पनि सोच्नुपर्छ ।  

एकराज अधिकारी, (सचिव –रेष्टुरेन्ट एन्ड बार एसोसिएशन)

वैशाख १२ लाई कसरी लिएका छन् पर्यटन व्यवसायीले ?

अन्तर्राष्ट्रिय संचारमाध्यलाई नेपाल झिकाउ

    बैशाख १२ को भूकम्पले हामीलाई  विनाश गर्‍यो र त्यहीअनुसार हामीले पुर्ननिर्माणको काम पनि थालनी गर्‍यौ । त्यसकारण यो दिनलाई  हामीले विनाशपछिको विकासको रुपमा मनाउनुपर्छ । जसले गर्दा बैशाख १२ को सन्देश नेपाल सुरक्षित छ र विकासको गतिमा अगाडि बढ्दैछ भन्ने पनि हो ।  
    अहिले भूकम्पपछि नेपालको पर्यटन क्षेत्री केही रुपमा खस्किएको छ । जसलाई माथि उठाउनु पनि आजको आवश्यकता हो । त्यसकारण पर्यटन प्रवद्र्धनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको प्रचार प्रसारनै हो । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गनुपर्छ । जसका लागि नेपालका साथसाथै अन्तराष्ट्रिय संचारमाध्यमलाईसमेत नेपाल ल्याएर नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गर्नुपर्छ । नेपालबारे समाचार संकलनका लागि सरकारले बीबीसी, सीएनएन जस्ता संचार माध्यमका प्रतिनिधिलाई नेपाल बोलाई दियोस् हामी व्यवसायीले उनीहरुलाई भ्रमण र अन्य व्यवस्थापनको जिम्मा लिन तयार छौ । अर्को कुरा बैशाख १२ गतेको दिन हामीले यो एक वर्षमा पुनः निर्माण गरेको एउटा स्थानमा विशेष कार्यक्रमको आयोजना गरि पुनःनिर्माणमा हामीले गरेको कामको उदाहरण सबैमाझ प्रस्ततु गर्नुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रिय साथ र सहयोग सदैव रहिरहोस् ।

मोहन लम्साल, प्रबन्धनिर्देशक –मकालु एड्भेञ्चर

नेपाल पर्यटन बोर्डका नवनियुक्त सिइओलाई व्यवसायीहरुको सुझावः

सम्झौता कार्यान्वयन गर्नुस्  

चार वर्षपछि नेपाल पर्यटन बोर्डले सीईओ पाएको छ । पर्यटनका लागि यो पक्कै पनि खुसीको कुरा हो । मुलुकको पर्यटन क्षेत्र गम्भिर मोडमा पुगेको बेला बोर्डले नेतृत्व पाउनुले आशाको सञ्चार गरेको छ । 

पर्यटन बोर्ड आफैँ ‘प्यारालाईज्ड’ भएको छ, राम्रोसँग कार्यसम्पादन भइरहेको छैन । विगतको कुराहरुबाट पाठ सिकेर बोर्डले अब आफ्ना गतिविधिहरु दु्रतगतिमा अगाडि बढाउनुपर्छ । नयाँ नेतृत्व आएपछि बोर्डको संरचनागत सुधार होला भन्ने अपेक्षा छ । विगतमा पर्यटन बोर्ड र टानबीच पदयात्री सूचना व्यवस्थापनलगायत ‘इस्यू’हरुमा विभिन्न सम्झौताहरु भएका थिए । अब बोर्डले ध्यान दिनु जरुरी छ । पहिले आधिकारीक व्यक्ति नहुँदा समस्या थियो । अब त्यो अवस्था छैन । 
समस्याहरु समाधान होलान्, अब ती सम्झौताहरु कार्यान्वयन होलान् भन्ने आशा छ । निजी क्षेत्र र बोर्डको सम्बन्ध पनि अब सुमधुर होला भन्ने हाम्रो अपेक्षा छ । अन्तर्राष्ट्रिय प्रवद्र्वनका कामले पनि गति पाउलान् । 

कर्ण लामा, महासचिव -ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)

पर्यटन क्षेत्रमा उत्पन्न समस्या र अबको बाटो ?

विकल्प खोजेर समस्या समाधान गर्नुपर्छ

नाकाबन्दीका कारण अहिले इन्धनलगायत अन्य अत्यावश्यक बस्तुको चरम अभाव छ । जसकारण देशका हर क्षेत्र प्रभावित भएको छ । यसको प्रभाव पर्यटन क्षेत्रमा अझ गम्भिर रुपमा परेको छ । अहिले नेपाल भ्रमणमा रहेका पर्यटकहरुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् भने नेपाल आउने तरखरमा रहेकाहरु पनि भ्रमण रद्ध गरेर बसेका छन् । 


पर्यटन जस्तो निकै संवेदनशिल र निकै महत्वपूर्ण यो क्षेत्रलाई यस्तो अभावका बेला राज्यले विशेष क्षेत्र तोकेर केही सहयोग गर्नुपथ्र्यो तर त्यो भएको छैन । भूकम्पपछि केही खस्किएको पर्यटनलाई माथि उकास्न हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन स्वदेश तथा विदेशमा प्रचारप्रसार पनि ग¥यौ । त्यसपछि हामीलाई केही आशा पनि पलाएको थियो तर अहिले विदेशीलाई नेपाल आउ भनेर भन्ने अवस्था समेत छैन । तथापी नाकाबन्दीको समस्या समाधानका लागि सरकारले तत्काल वार्ता र छलफलको बाटो अलम्बन गर्नुपर्छ । 

कमल सापकोटा प्रबन्ध निर्देशक : माउन्टेन डिलाइट्स ट्रेक्किङ

आगामी टान निर्वाचन बारेमा यसो भन्छन् व्यवसायी

टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ

टानले अहिले जे गरिरहेको छ, यो जिम्मेवारीपूर्ण कुरा भएन । आफ्नो मार्गबाट टान च्यूत भएको अवस्था देखिएको छ । विगतको अभ्यासअनुसार सेप्टेम्रबमै चुनाव सम्पन्न गर्नपर्ने हो । तर, यसका लागि तयारीका हिसावले शून्य देखिएको छ । अन्तिम घडीसम्म पनि निर्वाचनका लागि मिति घोषणा नगर्नुले टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ । 
टानको खर्च गर्ने प्रणाली पनि गलत छ । आफुलाई मन लागेको शिर्षक र क्षेत्रमा बजेट लैजाने, खर्च गर्ने परिपाटी छ । शिर्षस्त नेतृत्व र कार्यप्रणालीमा थुप्रै समस्याहरु देखिन्छ । 
हालसम्म निर्वाचनका लागि मिति तय गरिएको छैन् । अहिलेसम्म मिति घोषणा नगर्नुले सेप्टेम्बरमा चुनाव हुने सम्भावना टेरेको छ । अव डिसेम्बर वा यसको आसपासमा चुनाव होला । सेप्टेम्बरमै चुनाव गर्नका लागि हामी सचेत व्यवसायीहरु एक भएर नेतृत्वलाई दवाव दिनु जरुरी छ । 

 

शेखर बहादुर थापा, प्रबन्धनिर्देशक -अलपाईन एसियन ट्रेक्स एण्ड एक्स्पेडिसन

पर्यटनमा बजे‌ट ?

बजे‌टले‌ खासै‌ उत्साह दिन सके‌न आर्थिक वर्ष २०७२०७३ को‌ बजे‌टमा सर‌कार‌ले‌ पर्यटन क्षे‌त्रको‌ प्रवद्र्धन र‌ विकासका लागि खासै‌ उत्साहजनक रुपमा कार्यक्रम र‌ बजे‌ट छुट्याएको‌ दे‌खिँदै‌न । सर‌कार‌को‌ कार्यक्रम र‌ बजे‌ट अध्ययन गर्दा तीन÷चार‌वटा महत्वपूर्ण कुर‌ामा ध्यान नदिएको‌ दे‌खिन्छ । पहिलो‌ कुर‌ा पर्वतीय पर्यटनलाई पुनरुत्थान यो‌जनाअन्तर्गत र‌ाखे‌र‌ पुनर्निर्माण गर्नुपथ्योर्‌, त्यो‌ कुर‌ा आएन । भूकम्पबाट क्षतिग्रस्त पर्वतीय पर्यटनका रुटहरु र‌ प्रभावित क्षे‌त्रहरुको‌ पुनरुत्थानका लागि बजे‌ट विनियो‌जन भएको‌ पाइएन । साहसिक र‌ पर्वतीय पर्यटनको‌ पुनरुत्थानका लागि संसद्को‌ विकास समितिले‌ पर्यटन विकासका लागि सिफारि‌स गर‌े‌को‌ कुर‌ालाई समे‌त बजे‌टले‌ छो‌एको‌ छै‌न । अकोर्‌ कुर‌ा भूकम्पबाट प्रभावित पर्यटन क्षे‌त्रमा आबद्ध दुई लाख मजदुर‌ विस्थापित भएको‌ अवस्था छ । ठूलो‌ संख्याका मजदुर‌हरुलाई सम्बो‌धन गनेर्‌गर‌ी बजे‌ट छुट्याउनुपथ्योर्‌ त्यो‌ पनि छै‌न । त्यस्तै‌ पर्यटन क्षे‌त्रमा आबद्ध व्यवसायी र‌ लगानीकर्ताहरुलाई न्यूनतम ब्याजदर‌मा ऋण उपलब्ध गर‌ाउने‌ कुर‌ामा बजे‌ट मौ‌न छ । उपल्लो‌ मुस्ताङलगायतका क्षे‌त्रमा र‌ो‌यल्टी छुट्याउन सर‌कार‌ले‌ पहल गर‌े‌न । र‌ाज्यले‌ अर्थतन्त्रको‌ महत्वपूर्ण हिस्सा बो‌के‌को‌ पर्यटनलाई नजर‌अन्दाज गर‌े‌को‌ प्रष्ट छ । तर‌ यो‌ क्षे‌त्रलाई जति प्राथमिकता दिनुपथ्योर्‌ त्यो‌ पाइँदै‌न । शिक्षा, स्वास्थ्यलगायतका क्षे‌त्रमा संवे‌दनशील दे‌खिए पनि पर्यटनलाई स्थान दिएन । समग्रमा बजे‌टबाट हामी उत्साहित हुने‌ अवस्था छै‌न ।

र‌मे‌श धमला, अध्यक्ष -टान

पर्यटन र‌ाजनीति मुक्त हुनुपर्छ