Wednesday, September 18, 2019

किन छाडे बोधराजले नेकपा ? (अन्र्तबार्ता)

प्रकाशित मिति: 2019/07/05

असार २०, काठमाण्डौ । पर्यटन व्यवसायी बोधराज भण्डारी सहित ७ जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएका छन् । हिजो एक विज्ञप्ती जारी गर्दैै भण्डारी सहित गोकर्ण पोख्रेल, शेखर बहादुर थापा, शिवभक्त घिमिरे, ठाकुर धरेल, गुप्त बहादुर भण्डारी र सुरज लामिछानेले बिज्ञप्तीमार्फत पार्टीबाट अलग भएको जानकारी गराएका हुन । 

अमुक पार्टीको निष्कृय र दिशाहिन कार्यकर्ता भन्दा स्वतन्त्र र सामूहिक दबाब समूहको रुपमा राम्रो समर्थन र नराम्रोलाई विरोध गरि झकभक्याउने आमनागरिकको रुपमा रहने उनीहरुले बताउँदै गर्दा पार्टी छोड्नुपर्ने अवस्था किन पर्यो, बुझ्ने कोशिस गरेका छौ ।
प्रश्तुत छ, बरिष्ठ पर्यटन व्यावसायी बोधराज भण्डारीसँग गरिएको कुराकानी जस्ताको तस्तै ।

१. नेकपाबाट अचानक अलग हुने निर्णय गर्नुभएछ, के  आईपर्यो ?
पार्टी छ, भन्ने मात्रै भयो, त्यो कहाँ छ, चुनाबपछि पार्टी एकिकरण भएर २ बर्षबितिसक्दा अहिलेसम्म अनुभव गर्नै सकिएन । सामाजिक संजालमा, टिभि, युट्युवमा हेर्दा ए पार्टी रैछ, जस्तो हुने अरु बेला कता हो कता थाहै भएन, अनि नछोडेर के गर्नु ? ।
२. नेकपा आजको दिनमा पहिलो दल हो, तपाई पार्टी नै देखीन भन्नु हुन्छ, कुरा के हो ?
त्यो त, चुनाबको परिणाम हो । हामीले नै भोट दिएर पहिलो बनाएका हौँ । त्यसपछि हरायो, खोज्ने कोही भएन ।
३. कता हरायो त, तपाईले खोज्नु भएन ?
कता हराउनु नी, ठुला अध्यक्षका वरीपरी घुम्ने सल्लाहाकारको घेराभित्र, केन्द्रिय सचिवालयमा केन्द्रिय पदाधिकारी र स्वार्थ समुहको घेराभन्दा बाहिर पार्टी देखिएन, हामीले त टिभिमा हेर्ने हो ।
४. तपाई के भन्न खोज्दै हुनुहुन्छ ?
पहीलो कुरा हामी पेशेवर राजनीतिकर्मी होइनौ, व्यावसायी हौ । पार्टी छ, भन्ने अनुभुति नभईसकेपछि बेरोजगार कार्यकर्ताका रुपमा कुण्ठा पालेर बस्न सकिएन । सबैले सबैलाई गाली गरेर बस्नुभन्दा अलग भएर बस्नु राम्रो हो । कम्तीमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न अब डराउनु पर्दैन । पिंजडाबाट मुक्ति चाहन्थ्यौ, मुक्ति भयौ ।
५. तपाईको असन्तुष्टी पर्यटन भित्रको नेतृत्वप्रति हो की, मुल नेतृत्वप्रति हो ?
केपी ओली र प्रचण्डले यसो गरे भनेर भन्नुपर्ने गरीको मेरो राजनीतिक हैसियत नहोला । त्यसो हुँदा पर्यटनमा जिबन साँचेको व्यक्ति हुनुको नाताले .पर्यटन भित्रकै नेतृत्वप्रति मेरो लगायत अरु साथीहरुको असन्तुष्टी हो । व्यक्ति छनौट, परिचालनमा श्रृंखलाबद्ध असन्तुष्टीलाई अन्तीम समयसम्म कुर्दा पनि नसुध्रिने देखेपछि मुक्तिको बाटो रोजेको हुँ ।
६. पर्यटन भित्रको पार्टी संगठनमा असन्तुष्टी रहेछ, कुरा निकै घुमाउनुभयो नि ?
सरल र स्पष्ट रुपमा नै आफ्नो बिचार राखेको छु । पार्टी एकीकरण हुनुभन्दा पहिला पूर्वएमाले र पूर्वमाओबादीका दुई दुई वटा पर्यटकीय संगठन थिए । म पूर्व माओबादी हुँ, अहिले एकीकरणपछि नेकपाको कार्यकर्ता भएँ । तर त्यो स्वबिबेकले भनिराखेको छु, पार्टीका संगठन बिघटन भयो भनिएको छ, हिजैका मान्छेले हालीमुहाली गरिराखेका छन । चलायमान बनाउने, नयाँ नेतृत्वको पहलकदमीबारे नत मुल पार्टी नत अहिले पदमा कामचलाउ रुपमा बसेका भनिएका व्यक्तिले नै बुझे, समस्या यसैमा छ ।

७. बोधराज भण्डारीले पार्टीको निर्णय मान्दैन, पहिला पनि स्वतन्त्र रुपमा एनएमएको महासचिब भिड्न गयो, पदलोलुप छ, भन्नेहरु छन नी ?
६ बर्षअघिको कुरा गर्नुभयो । त्यतिबेला म पूर्वमाओबादीमा थिएँ । पार्टी फुटको असर पर्यटनमा पनि थियो । माओबादी भित्र ३ वटा गुट थियो त्यसमा म एउटा गुटमा थिए । पार्टीबाट एनएमएको चुनाबमा नेतृत्वको दाबी गर्दा म भन्दा कमजोर व्यक्तिलाई सुम्पीने निर्णय भएपछि मान्न सकिन, स्वतन्त्र उमेद्धवारी दिएँ । यसैलाई पदलोलुप भन्न मिल्दैन ।
७. तपाई पदलोलुप हो की होइन ?
जिम्मेवारी बिहीन भएर बस्ने मेरो स्वभाब होइन । निष्क्रीय भएर बस्न चाहन्न पनि । केही गरौ भनेर लाग्दा पदलोलुप भन्छन भने हो ।
८. तर तपाई हाईलाईट हुन जेपनि गर्नुहुन्छ ?
हाईलाईट हुन को चाहँदैन, अवश्य चाहन्छु । अहिले पनि हाईलाईट होस भनेरै गरेको हुँ । नत्र त निष्क्रीय बसीहाल्थे नि । सम्झनुस है, म निष्क्रीय प्राणी हैन ।
९. टानको चुनाब नजिकिदै गर्दा स्वतन्त्र व्यावसायीको नेतृत्वको चर्चा गर्नेहरु पनि छन, कतै प्रभाबमा पार्नलाई पार्टी छोड्नुभएको त होइन ?
म आफै उठ्नलाई पार्टी छोडेको होइन । टानमा स्वतन्त्र व्यावसायी आउनुपर्छ भन्ने माग छ, त्यो जायज हो ।

१०. यसको अर्थ टानलाई प्रभाब पार्न कम्मर कसेर लाग्नुहुन्छ ?
हाम्रो प्रभाब रहन्छ । राजनीतिक हस्तक्षेप हुन दिइन्न ।

१२. अब बोधराजको अस्तीत्व सकियो, भन्नेहरु छन नी ?
दुबैथरीका छन, राम्रो नराम्रो दुबै प्रतिक्रीया प्राप्त भइरहेको छ । ढिलो आयो कडा आयो भन्नेहरु पनि छन ।
१३.  हिजो यहाँहरुले नेकपा छोड्नुभयो, हिजै नयाँ शक्ति छोडेर नेकपा प्रवेश गर्ने भनेर एक समुह आएछ, सल्लाह गरेर हो की संयोग ?
संयोग नै होला, को को हुनुहुन्छ, मैले राम्ररी हेर्न पनि पाएको छैन ।

१४. बोधराज भण्डारीले छोड्यो, अब ठाँउ खाली भयो भनेर त होइन ?
मैले कसको के बिगारीदिएको छु, र । निष्क्रीय संगठनमा सुतेर कती बस्नु भनेर छोडेको हुँ । अब उनीहरु जान्छन भने ठाँउ खाली नै छ ।

१५. पार्टी छोडेपछि तपाई आत्तिने,डराउने अवस्थामा हो ?
होइन, किन आत्तिनु । हेर्नुस त, म अहिले पनि मेरो अफिसमा कम्प्युटरमा साथीभाईहरुका टिप्पणी हेरेर खुसी साथ बसीरहेको छु, हाँसीरहेकै छु,(लामो हाँसो.......) ।  
१६. भनेपछि तपाई आत्तिनुभएको छैन ?
स्वतन्त्र नागरिक हुन पाउने अवशर पाउँदा किन आत्तिनु । पार्टी भनेको त, समयक्रममा बिलाएर जाँदो रहेछ, पहिला एमाले, माओबादी थियो, अहिले नेकपा बन्यो । एकहदसम्म कांग्रेस फुटेर पनि कांग्रेस नाम चै जोगाइराखेको छ । पार्टी बिलाउँछ, तर नागरिक सधै रहन्छ । म स्वतन्त्र नागरिक भएँ । खुसी छु ।
१७. पार्टी छोडेदेखी अहिले १८, २० घण्टाको अवधी कसरी बितिराखेको छ ?
सामान्य नै छ । अलिक बढि व्यस्तता चै हुँदो रहेछ । तपाई जस्तै अरु साथीभाइहरुले चासो देखाइरहनुभएको छ । राम्रो नराम्रो दुबै प्रतिक्रीया पाइरहेको छु । सामान्य खानपिन, नित्य दैनिकी भन्दा फरक महशुस भएको छैन ।
१८. तनाब झेल्न मुक्तिका लागि बिदेश घुम्न जाने सोचमा हुनुहुन्छ की ?
अहिले तत्काल कतै जान्न । नियमित कर्म गरेरै बस्छु ।
१९. अब के गर्नुहुन्छ, त ?
सबैसँग हात मिलाउँछु, बिचार आदानप्रदान गर्छु । प्रफुल्ल भएर बस्छु, (लामो हासो.....) ।

 

तपाईंको बिचार