Thursday, July 18, 2019

सर्बसहमतिय नेतृत्वमा म सबैभन्दा उपयुक्त उमेद्धवार हुँ :गणेश सिंखडा

प्रकाशित मिति: 2019/07/08

असार २३, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन नजिकिदै गर्दा नेतृत्वमा फरकफरक पृष्ठभुमिका व्यक्तिहरुको चर्चा चुलिदो छ । कोही सर्बसहमतिय नेतृत्व पाउँदा मात्रै खाने भन्छन भने कोही सहमतिय र निर्वाचन दुबै बिकल्पमा आफु नै अव्बल भन्न समेत लागेका छन । ‘आए आँप गए झटारो’ सिद्धान्तमा टेक्नेदेखी टानमा बसेर काम गरीहेराँै न कस्तो हुँदो रहेछ भनेर टानलाई प्रयोगशाला बनाउन खोज्ने मानसिकता भएका व्यक्ति समेत आफु नै नेतृत्वमा उपयुक्त बिकल्पको रुपमा प्रश्तुत गर्ने होडबाजीमा छन । यही भिडमा आइपुगेका छन, द एभरेष्ट होलिडेका सञ्चालक गणेश सिंखडा । टानलाई समायानुकुल र चलायमान बनाउनको लागि आफुबाहेकको बिकल्प नदेख्ने सिंखडा सर्बसहमतिय नेतृत्वमा आफ्नो नाम लेखाउन कम्मर कसेका छन । टान निर्वाचनको सन्दर्भमा उनीसँग गरीएका केही संबाद ।

१. टानको नेतृत्वमा आकांक्षा देखाईरहनुभएको छ, के गर्छु भन्ने लाग्छ ?
टिम्सको रकम टानमा भित्राउने, व्यावसायीका हकहितका मुद्धालाई लथालिंग छोड्ने काम भएको छ, यसबाट व्यावसायीहरु निरास छन । सबै साथीहरुले सर्बसहमतिय रुपमा मलाई अगाडि सारे भने नेतृत्व लिन्छु । नत्र लड्दिन । सबैभन्दा उपयुक्त पात्र हुँ भन्ने मेरो बुझाई हो ।

२. अरु उपयुक्त छैनन ?
होलान, तर म उपयुक्त हुँ, यो मेरो कुरा हो ।

३. अरु कोको छन, उपयुक्त व्यक्ति ?
मैले भन्न मिल्दैन ।

४. हार्ने डरले चुनाब चै लड्दिन, सहमतिय चै खान्छु भन्न सुहाउने कुरा हो ?
हार्ने जित्ने कुरा होइन, यस्तो भद्रगोल अवस्थामा जो गएपनि हुनेवाला केही छैन, त्यसका लागि सहमतिय नेतृत्व आवश्यक छ, त्यसमा म उपयुक्त छु, भनेको हुँ ।

५. तर बर्तमान अध्यक्ष नवराज दाहालले भयंकर काम गर्नुभयो भन्ने पनि छन, तपाई चुनाब जित्नेले केही गर्दैनन, सहमतिय भन्दै हुनुहुन्छ ?

चुनाबको मिति तोक्नेदेखी बाहेक उहाँले के चै गर्नुभाछ, त्यो उनीहरुलाई नै सोध्नु । अरु त म देख्दीन ।

६.तपाईको संभावना चै कत्तिको छ ?

सर्बसहमतिय नेतृत्व हुनुपर्छ । यसमा मेरो बिकल्प नै छैन ।

७. हात्ती आयो हात्ती आयो फुस्स भयो भने ?
अरु नै नेतृत्वमा चुनिएभने भन्न खोज्नु भएको होला । त्यसमा पनि म तयार नै छु । सबैले मान्छन भने म किन बिरोध गर्थेँ र ।

८. केही दिन अघि मात्रै पर्यटन व्यावसायी बोधराज भण्डारीको समुहले नेकपा परित्याग गर्यो, तपाई नेकपामै हुनुहुन्छ, किन छोड्नुभएछ ?

उहाँले पार्टी छोडेको होइन, पर्यटकीय संघसंस्था चलायमान हुनुपर्छ भन्न खोज्या होला, उहाँले छोडनुहुन्न , हामीसँगै हुनुहुन्छ ।

९. तर बिज्ञप्तीसहित अब पार्टीमा रहिँन भन्नुभाछ, अनि ?
बेलाबेलामा उहाँले भनिराख्नु हुन्छ, तर फेरी आउनुहुन्छ । त्यस्तो होइन । नेकपा बिना उहाँ बस्नै सक्नुहुन्न ।

 

तपाईंको बिचार