Sunday, November 17, 2019

रहर मात्रै होइन, मेरो पक्षमा माहोल नै बनीसक्यो :सुबेदी

प्रकाशित मिति: 2019/07/08

असार २३, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) को निर्वाचन आगामी भदौ २० मा हुने तय भएसँगै नेतृत्वका आकांक्षीहरु एकपछि अर्को गर्दै मैदानमा उत्रिएका छन । यसैको भिडमा उभिएका छन, युनिक एड्भेन्चर इन्टरनेशनल प्रालिका सञ्चालक तथा बर्तमान टानका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुबेदी ।
नेतृत्वमा पुगेकाहरुले अहिलेसम्म चित्त बुझ्नेगरी काम गर्न नसकेको बताउने सुबेदी आफु नेतृत्वमा पुग्न सके केही सुधार गर्न सक्थेँ की, भन्ने लागेरै नेतृत्वको दाबी गरेको बताउँछन । खुमबहादुर सुबेदीसँग गरिएको कुराकानी जस्ताको तस्तै ।

१. टानको नेतृत्व सम्हाल्न मन लागेछ नी तपाईलाई ?
मन लागेको मात्रै होईन, समय परिस्थीति नै मेरो पक्षमा जुट्दै गएको अवस्था हो । पछिल्लो समय पदयात्रा व्यवसायमा चुलिदैं गएको व्यवसायिक समस्यामा आक्रामक रुपमा काम गर्नकै लागि मैले टानको नेतृत्वको लागि दाबी गरेको हुँ । आशा छ, सम्पूर्ण पदयात्रा व्यवसायीहरुले मलाई समर्थन गर्नेछन् । 

२. तपाई सँग सम्बाद गर्नुभन्दा केही बेर अघि गणेश सिंखडासँग संबाद गरेको थिए, उहाँ त आफ्नो नाममा सर्बसहमतिय पक्का भैसक्यो भन्नुहुन्छ, खास कुरा के हो ?
टान पदाधिकारीको हैसियतमा म अहिलेपनि कार्य गरिरहेको छु । खै कसले उहाँलाई नेतृत्व पक्का गरिदियो उनीहरु नै जानुन । म सँग छलफल भएको कुरा होइन ।

३. भनेपछि गणेश सिंखडाले आफु सर्बसहमतिय नेतृत्व भनेर झुट बोल्नुभएको हो ?
सामुहिक जानकारी छैन । यसैले टिप्पणी गर्दिन ।

४.उहाँले त सर्बसम्मत नेतृत्वको कुरा गर्नुभाछ, तपाई चै कस्तोको खोजीमा हो ?
सर्बसम्मत भए राम्रो । त्यसको उपयुक्त बिकल्प हुँ । नभए निर्वाचन लड्न तयार छु ।

५.तपाईलाई भोट चै किन दिने ?
मैले पर्यटन क्षेत्रमा बिताएको अनुभब प्रमुख कुरा हो । अहिलेसम्म प्लेनमा परिचालिकाको भुमिकाको रुपमा काम गरे अब पाइलट नै भएर प्लेन उडाउन चाहन्छु । अनि सफल ल्याण्डिङ गर्न सक्छु भन्ने लाग्छ ।

६. भनेपछि तपाईले टानलाई प्रयोगशाला सम्झेको ? तपाईलाई रहर लाग्यो भन्दैमा भोटरले किन बिश्वास गर्ने ?
हो, प्रयोग नगरी सफल पनि भईन्न । यत्तिका बर्ष टानमा बिताएको छु, नेतृत्वको वरीपरी रहेर काम गर्दा धेरै कुरा सिक्ने मौका पाएको छु । काठमाण्डौबाट पोखरा गाडी हाँकेर जान मन लाग्छ भने लाइसेन्स हुनुपर्छ । मैले लाइसेन्स टानका अन्य पदमा बसेर पाईसके । अब टानको नेतृत्वको गाडि गुडाउन चाहन्छु । 

७. बोधराज भण्डारी लगायतका व्यक्तिहरु नेकपा छोडेर अब व्यावसायिक नेतृत्व स्थापित गर्छौ, अब हामीले नै चाहेको नेतृत्व टानमा आउँछ भन्दै हुनुहुन्छ, उहाँहरुसँग सहयोग लिन जानुभएको छैन ?
अहिले समय बाँकी नै छ, उहाँहरुसँग मात्रै होइन, आवश्यक परेका सबै व्यक्तिसँग बार्ता, सम्बाद हुन्छ ।

८. तपाई कस्तो व्यक्ति हो ?
म एक ईमान्दार व्यावसायी हुँ जस्तो लाग्छ ।

 

 

तपाईंको बिचार