Thursday, July 18, 2019

टान निर्वाचन सन्दर्भ :टानको अधोगति रोक्न उपयुक्त बिकल्प हुँ :निलहरी बास्तोला

प्रकाशित मिति: 2019/07/09

असार २४, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन नजिकिएसँगै दिनदिनै नेतृत्वका आकांक्षी थपिदै गएका छन । हालसम्म एकदर्जन व्यावसायीहरुले नेतृत्वमा दाबी गरिरहँदा पछिल्लो क्रममा थपिएका छन, एसिएन हेरिटेज ट्रेक्स एण्ड एक्सपीडिसनका सञ्चालक निलहरी बास्तोला ।

यही भदौ २० गते हुने टान निर्वाचनमा आफु पनि सक्षम उमेद्धवारका रुपमा उनको दाबी छ । हाल टानको द्धितिय उपाध्यक्षका रुपमा रहेका बास्तोला, आफुले भोगेको टानको समस्या र संभावनालाई नेतृत्वमै पुगेर समाधान र उजागर गर्ने बताउँछन ।
प्रश्तुत छ, टान नेतृत्वका आकांक्षी निलहरी बास्तोलासँगका सवाल ।
१.टान नेतृत्वमा उमेद्धवारी किन ?
टान पर्यटन क्षेत्रमा इतिहाँस बोकेको संस्था हो । तर पछिल्लो दशकयता टान अधोगति तर्फ अघि बढिरहेको  छ ।  यस्तोमा टान कुनै पनि बेला अस्तीत्व समाप्तीको चरणमा पुग्न सक्छ ।  टान पदयात्रा पर्यटन क्षेत्रमा सरोकार राख्ने अग्रणी संस्थाको रुपमा रहिरहँदा यसको निष्क्रीयता उदेगलाग्दो छ, यसैलाई चलायमान बनाउन र व्यावसायीहरुको बिश्वासलाई पुर्नताजगी गर्न उमेद्धवारी घोषणा गरेको हुँ ।
२. टान बिग्रीयो भन्नु भयो, भएको चै के हो ?
पदयात्रा पर्यटनमा योगदान छैन । व्यावसायीहरुलाई चलायमान बनाउने तथा बजारीकरण गर्ने सन्दर्भमा सुतेर बसेको छ भन्दा फरक पर्दैन, कुनै पनि संस्था निष्क्रीय हुनु भनेको त्यसको अस्तीत्व खतरा हो की होइन, समस्या यहीनेर छ ।
३. तपाईले नेतृत्व पाउँदा चै सबै राम्रो हुन्छ भन्ने आधार के ?
२४ बर्षदेखी पदयात्रा पर्यटनमा सक्रिय छु । पदयात्रा क्षेत्रको अनुभव, टानको हालसम्मका कार्यशैली र टानमा रहँदा मैले बहन गरेका भुमिका र संभावनालाई नेतृत्व तहमा पुगेपछि सुधार गर्न सक्छु भन्ने मलाई लाग्छ ।

४. नवराज दाहालको कार्यशैली चै कस्तो ?
मैले भन्नुपर्ने केही छैन । सबैले देखेकै कुरा हो । मान्छे राम्रै हुनुहुन्छ, तर काम गर्न सक्नुभएन ।

५. तर तपाई अहिले पनि नवराज दाहालको नेतृत्वमा उपाध्यक्ष हुनुहुन्छ, तपाईसँग भिजन भएको भए त्यही भिजन नेतृत्वसँग साझेदारी गर्दा त अहिलेको नेतृत्व सफल हुने थियो नि, हैन ?
 म लगायत अन्य साथीहरुले पनि उहाँलाई सुझाब दिएकै हो, तर उहाँले चाहनुभएन की सक्नुभएन, त्यो उहाँ(दाहाल) लाई नै थाहा होला । नेतृत्व बाहेकका अन्य पदहरुको भुमिका त्यति प्रभावकारी नहुने रहेछ । मेरो यही बुझाई रह्यो ।

६. भनेपछि नवराज दाहालले सम्झीन योग्य काम केही पनि गर्नुभएन ?
टान समस्याका बारेमा राज्यतहमा लबिङ गर्नुभयो, अरु त खासै देखिएन ।
७. तपाई सर्बसहमतिय नेतृत्वको खोजीमा की निर्वाचन लड्ने ?
मैदानमा उत्रिसकेपछि यही नै चाहिन्छ भनेर भन्दिन, जे आउँछ, स्वीकार गर्छु । सहमतिय हुँदा राम्रो ।
८. गणेश सिंखडाले सहमतियमा मेरो बिकल्प छैन, मै हुँ अबको टान नेतृत्व घोषणा हुनमात्र बाँकी भन्नुभयो, तपाईहरु हेरेको हेर्यै हुने हो ?
उहाँ पुरानो व्यावसायी हो । तर अहिलेसम्म जानकारी छैन, त्यो उहाँलाई नै थाहा होला । सबैले स्वीकार गर्छन भने ठिकै छ, त्यसमा पनि, तर त्यो संभावना छैन ।
९. तपाई बाहेक टान नेतृत्वको लागि अरु को को योग्य छन ?
छन, धेरै व्यावसायी हुनुहुन्छ, तर खुलेर बाहिर आएका मध्येमा म पनि हुँ जस्तो लाग्छ ।
१०. तर तपाई चर्चित हुनलाई मात्रै नेतृत्वको कुरा गर्नुभएको हो, चुनाबका बेला पछि हट्नु हुन्छ भन्ने छन नी ?
अध्यक्ष पद सबै साथीहरुको समर्थनमा मात्र प्राप्त गर्न सकिने कुरा हो । तपाईको संभावना छैन भनेर निचोडमा तर्कसंगत ढंगले साथीहरुले भन्नुभयो भने त्यसलाई पनि स्वीकार गर्छु ।
११. तपाइ डराईरहनु भएको छ ?
डर छैन, व्यावसायीको हितमा काम गर्नलाई किन डर मान्नु, सफल भए नेतृत्व गर्छु नत्र बाहिर बसेरै सहयोग गर्छु ।
१२. तपाईको संभावना चै कति छ ?
यो टान सम्बद्ध व्यावसायी लगायत भोटरको कुरा हो, अहिले नै मैले आँकलन गर्न सक्दिन ।

तपाईंको बिचार