Monday, August 26, 2019

सर्बसहमतिमा पहिरो :सिताराम भन्छन, –‘टानमा नेकपाबाहेक अरुलाई नेतृत्व स्वीकार्दैनौ’

प्रकाशित मिति: 2019/07/17

साउन १, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै जाँदा नेतृत्वको रस्साकस्सी अनेक रंगमा देखिन थालेको छ ।

भोटो फटाएका, नेतृत्व सिप भएका, आफुलाई युवा पर्यटन व्यावसायीका रुपमा प्रश्तुत गर्ने व्यावसायीदेखी पार्टी सम्बद्ध संगठनबाट आफ्नो नाममा सहमति बनाउने प्रक्रियामा व्यावसायीको दौडधुप बढ्दै गएको छ ।
सर्बसहमतिय नेतृत्वको बर्तमान संभावना माथिको बिश्लेषणमा पंक्तिकारलाई प्राप्त भएको प्रतिक्रियाबाट पनि टानको चुनाब अब प्रतिष्पर्धी उमेद्धवारकै बिचबाट नेतृत्व चयन हुने मार्गमा अघि बढिसकेको छ ।
गन्तव्य नेपालले टान निर्वाचनको मिति घोषणा भएपछाडि दैनिक जसो नेतृत्वका दाबेदारहरुसँग अन्र्तक्रिया गर्दै आईरहेको छ । यही सन्दर्भमा भेटिए, पूर्व टान अध्यक्ष सिताराम सापकोटा (२००९–२०११) ।
तत्कालिन समयमा टानको शसक्त नेतृत्व गरेका सापकोटा नेतृत्वलाई आफ्नै वरीपरी घुमाउन माहिर मानिन्छन । पूर्व एमालेमा मदन आचार्यको नेतृत्वमा रहेको राष्ट्रिय पर्यटन व्यावसायी संगठन नेपाल बाट छुट्टिएर आफ्नै नेतृत्वमा ‘पर्यटन व्यावसायी संगठन नेपाल’ बनाए । उनले नेतृत्व लिने ताका पर्यटन बजारमा ५ चण्डाल मध्ये सिताराम पनि एक हो, भनेर पर्यटन बुझेका व्यक्तिहरुले अझै पनि भन्ने गर्दछन । चण्डालको प्रयोग उनको नेतृत्व सिप भन्दा पनि नेतृत्वमा स्थापित भईरहने उनको प्रयोगलाई धेरै व्यावसायीले बुझेका छन ।
 
उनी आफै टानको नेतृत्वमा उठ्ने संभावना नभएपनि सर्बसहमतियको हल्लामा ब्रेक लगाउने उनको अभिव्यक्ति यस्तो छ, –‘ पूर्व एमाले र माओबादी मिलेपछि पर्यटनमा सबैभन्दा ठुलो संगठनका रुपमा नेकपा स्थापित छ, सर्बसहमतिय हामीलाई मान्छन भने ठिक छ, नत्र हुन्न ।’
पूर्व एमालेको २ संगठन र नवराज दाहाल नेतृत्वको ‘नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठन’ समेत मिलेपछि नेकपा भित्र अहिले ३ वटा आन्तरीक संगठन रहेका छन । 
व्यावसायीक टिम र संख्याका हिसाबले नेकपा व्यावसायीको अंकगणित केही बाक्लो देखिएपनि उनले भनेजस्तै सर्बसहमतियलाई रोक्ने गरीको नेकपाको निर्णय संस्थागत रुपमा पेश हुने संभावना कति, अबको नेतृत्वमा नेकपाको भुमिका लगायतका बिषयमा कुराकानी केन्द्रित छ ।
१. तपाई ५ चण्डाल मध्ये एक, नेतृत्वलाई आफ्नो वरीपरी घुमाईरहनुहुन्छ ? यसो गर्नलाई कसरी संभव हुने रहेछ ?
यो अलिक पुरानो कुरा हो, अहिले परिस्थीति फेरिसक्यो, त्यस अर्थमा चण्डाल, किङमेकर यी कुराहरु केही पनि छैनन, सामान्य हुँ ।
२. तपाई आफै उठ्ने संभावना नभईसकेपछि तपाईको उमेद्धवार चै को ?
मिटिङ छलफल हुन्छ, त्यसपछि संस्थागत निर्णय हुन्छ । पर्यटनमा अहिले पार्टी एकीकरणपछि नेकपा सम्बद्ध ३ वटा पर्यटन संगठन रहेका छन । तिनवटै नेतृत्वहरु सँगै बसेर एकल उमेद्धवार घोषणा हुन्छ ।
३. भनेपछि मदन आचार्यलाई सोध्न जानुहुन्छ ?
किन नजानु, हामी एउटै पार्टीका संगठन हौ । उहाँसँग मात्र होईन, दाहाल जी सँगपनि बसेर छलफल हुन्छ । अन्य साथीहरु हुनुहुन्छ, सबैलाई सोध्छौ, कमिटि बनाएर नेतृत्व टुंग्याउँछौ ।
४. कस्तो उमेद्धवार आओस भन्नेमा हुनुहुन्छ ?
टानका समस्या बुझेको, समस्यासँग जुध्नसक्ने नेतृत्व ।
५. भोटो फटाएको हो?
भोटो फटाएकै पनि हो, तर त्यो भन्दा बढि समस्या बुझेर कार्यान्वयन गर्न सक्ने ।
६. समस्या बुझेको, अग्रज नेतृत्व भनेर अहिले खुबै हल्लीचल्ली छ, यसो भनेर कसलाई निषेध गर्न खोजिदैछ ? तपाई पनि निषेध गर्ने गरी अगाडि बढ्दै हुनुहुन्छ जस्तो छ नी ?
सबै व्यावसायीले टानलाई बुझैकै छन, कसैलाई निषेध गरिएको हैन । नेतृत्वमा जसजसले ईच्छा जाहेर गर्छन, ती सबै ईच्छाहरुलाई समेटेर कमिटि मार्फत उपयुक्त बिकल्प छान्छौ । निषेध भन्न मिल्दैन ।
७.  तपाईको हस्तक्षेप रहँदैन ?
हस्तक्षेप गर्न सक्ने स्थीतिमा म छैन ।
८. भनेपछि तपाईको पावर घटीसक्यो, केही बाँकी छैन अब ?
भित्री रुपमा पावर घटेको छैन । त्यैपनि मैले आन्तरीक कुरा गरेर म किन कमजोर बन्ने ? 
९. नेतृत्व चयनमा सर्बसहमतिय की निर्वाचनको पक्षमा ?
जर्बजस्ती सहमति हुँदैन । यहाँ सहमति भैसकेको जसरी हल्ला चलाईएको छ । नेकपाको नेतृत्व मान्छन भने सहमति पनि होला अन्यथा, त्यो संभव छैन । त्यसमा पनि अगष्ट १५ भन्दा अगाडि हामी टान निर्वाचनका सन्दर्भबारे केही बोल्दैनौँ । कुरा यही हो ।
१०. तपाई झलनाथ खनालबाट प्रभाबित हो की क्या हो ? सहमति सहमति भनेर १७ चोटी चुनाब गराएर अन्त्यमा आफ्नै नाममा सहमति गराए, ठिक त्यही ढंगले आफ्नै संगठनका व्यक्ति मात्रै नेतृत्वमा देख्न चाहने हो ?
स्वभाविक हो । उहाँ पार्टीको नेता हुनुहुन्छ भनेपछि मान्ने कुरा छँदैछ । तर प्रभावित भएको कुरा होईन । नेतृत्व अरुलाई किन छाड्ने त । हामी त पर्यटनमा पहिलो संस्थाका रुपमा रहेका छाँै नी ।
११. तपाई बाहेक टानको कुशल नेतृत्व कोही छन की ?
चुनाबका मुखमा यस्तो उस्तो भनेर भन्न चाहन्न ।
१२. चन्द्र रिजाल र नवराज दाहालको कार्यशैली चै कस्तो ?
सही बातावरण नबनेका कारण काम गर्न सक्नुभएन होला, त्यसमा टिप्पणी भन्दा पनि एजिएम रिर्पोटले देखाईहाल्छ नी ।
१३. तपाईलाई दबाब छ, की के हो ?
ठमेलमा सिताराम सापकोटालाई कसैको दबाब छैन । मैले कसलाई के गरेको छु र, दबाब हुनलाई ।
१४. तपाईकै नेकपा भित्रका एक व्यावसायी आफ्नो नाममा सहमति भैसक्यो, घोषणा हुन मात्र बाँकी भन्दैहुनुहुन्छ नी ?
कसले के भन्यो, फेसबुके कुरामा मलाई भर छैन ।
१५. तपाई मिटिङमा ति व्याक्तिलाई यसबारे सोध्नुहुन्छ की हुन्न ?
 उहाँले ईच्छा जाहेर गर्नुभयो भने सोधौँला, नत्र सबैको मुख थुन्दै हिड्न म सक्दिन ।
१६. टिम्स रकम राख्ने या हटाउने बिषयमा तपाईको धारणा के ?
पैसा भयो भने काम नहुँदो रहेछ, यो पर्यटन बिभागलाई जिम्मा दिन सकिन्छ । बिकल्पमा बेन्च मार्किङ, फ्लाट ट्याक्सको दायरालाई मजबुत बनाउनु पर्छ ।
१७. तपाई युवालाई नेतृत्वमा रोक्न लाग्नुभाछ, भन्ने छ नी ? 
म आफै भर्खर ४५ बर्षको भएँ, बुढो कोही छैन यहाँ । सबै नेतृत्वका आकांक्षी युवा नै देखेको छु । कुनै न कुनै पदमा काम गरिसकेका छन, सबै योग्य नै छन, रोक्ने कुरा छैन ।
१८. नेतृत्व पाउन पार्टीभित्रका युवा सितारामको वरीपरी घुम्नुपर्ने हो ?
घुमेर हुँदैन, योगदानका आधारमा नेतृत्व चयन हुन्छ ।

 

 

तपाईंको बिचार