Wednesday, August 21, 2019

यिनीहरु धर्मी होईनन, पापी नै हुन :नवराज दाहाल

प्रकाशित मिति: 2019/07/18

साउन २, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) को निर्वाचन यही भदौ २० गते हुने निर्णयसँगै नेतृत्वको चहलपहल युद्धस्तरमा अघि बढिसकेको छ । सर्बसहमतिय की निर्वाचनबाट टानको नेतृत्व चयन भन्ने सन्दर्भ पनि आफु अनुकुल व्याख्या गर्ने क्रम जारी नै छ । निर्वाचनका समयमा उठेका बतासे टिप्पणी एकातिर होलान, नेतृत्वका लागि एकदर्जन भन्दा बढि आकांक्षी मैदानमा उत्रिसकेको अवस्था छ । अघिल्लो नेतृत्व जस्तै बर्तमान टान अध्यक्ष नवराज दाहालले पनि व्यावसायिक मुद्धालाई स्थापित गर्न सकेनन भनेर आलोचनाका लहरहरु चलिरहँदा दाहाल आफैले चै आफ्नो नेतृत्वलाई कसरी हेरेका छन, यसैलाई बुझ्ने कोशिस गरेका छौ ।

बर्षभरी टिम्स रकमको बिबादमा घेरिएका दाहाल, कार्यकाल हस्तान्तरण गर्ने समयसम्म आईपुग्दा पनि यसैको चक्रव्यूहमा घेरिएका छन । दुईदिन अगाडि उनले यसो भनेका थिए,–‘  
‘तत्काल टानलाई केही प्रसासनिक खर्च टानको हिस्साबाट उपलब्ध गर्न सकिन्छ भनेर हाललाई केही राहत हुने निर्णय गर्दै नेपाल पर्यटन बोर्डको बोर्ड बैठकमा प्रस्ताव लैजाने कुरा थियो । म उत्साहका साथ केही साथीहरुसित यो कुरा शेयर गरेको थिए । दुच्छर भनुम वा टानको दुस्मन भनुम वा पछाडी बाट नकरात्मक खेल खेल्ने अगाडी सबैसित राम्रो हुने प्रबृत्ति भएको हुतिहारा ले पर्यटन सचिब जो बोर्ड को अध्यक्ष पनि हुनुहुन्छ लाई अनेक कानेखुसि गरेर भड्काएको थाहा पाएँ । के गरौं ? यस्ता पापीहरु सित कसरी लड्ने !?’

दाहालको शब्द आक्रोस फेरी पनि टिम्स र यसकै वरीपरी घेरिएको छ । टानमा नेतृत्वले निर्वाध रुपमा काम गर्ने बातावरण नभएको कि, नेतृत्वको असक्षमता, प्रश्न तेर्सिरहँदा उनले भनेको पर्यटन क्षेत्रका पापीको सन्दर्भ अबको क्रममा ।
नवराज दाहालसँगको कुराकानी
१. चुनाव घोषणा गर्न बाहेक नवराज दाहालले केही पनि गरेनन भनेर तपाईकै पदाधिकारी भित्रका साथीहरुले भनिराखेका छन, तपाई असफल नेतृत्व हो ?

जसले त्यसो भन्नुभयो, उहाँलाई राम्रो गर्नलाई जानुस भनेर सुझाब दिन चाहन्छु । चुनाबको मिति मात्रै थाहा पाउनुभएछ । राम्रा काम गरेको थाहा नपाउनु उहाँ भन्नेको अज्ञानता हो, यसमा अरु टिप्पणी छैन ।
२. राम्रो काम चै के गर्नुभयो त ?
हजारौ व्यावसायी तथा उच्च कुटनितिज्ञ समेतको सहभागितामा बिश्व पर्यटन दिवसको दिन हाईकिङ उत्साहप्रद रुपमा सम्पन्न गर्यौँ । पर्यटनलाई कसरी समृद्ध बनाउने भनेर पर्यटन मन्त्रीकै संलग्नतामा बाणिज्यदुतहरु समेतलाई समावेश गरी प्रवद्र्धनात्मक कार्यक्रम भएका छन ।
रुवी भ्यालीमा काम गरेका मजदुरले सामथ्र्यका तर्फबाट पाउनुपर्ने ५० लाख बराबरको रकम जुन ६ बर्षदेखी रोकिएको थियो, मजदुरहरुलाई हस्तान्तरण गरिएको छ ।   ट्रेकिङ जाँदा मृत्यु भएका मजदुरका परिवारले टिम्स रकमबाट क्षतिपुर्ति पाउनुपर्ने रकम जुन चार बर्षदेखि रोकिएको थियो, उनीहरुलाई दिलाईएको छ । पासाङ ल्हामु गाँउपालिकाले अनाधिकृत रुपमा उठाउँदै आएको टिम्स रकम अख्तियारको सहायतामा रोकिएको छ ।
टिम्स रकमलाई पारदर्शी रुपमा उठाउने व्यावस्था भएको छ । विगत ६ बर्षदेखी रोकिएको नाथम र टानबिच सहकार्य भएर सञ्चालन गर्ने गरिएको टुर गाईड ट्रेनिङ यसैबर्षदेखी सुरु भईसकेको छ । त्यो भन्दा ठुलो कुरा मैले नेतृत्व लिँदा टानमा ४ करोड ऋण थियो, अहिले ऋणमुक्त टान हस्तान्तरण गर्ने अवस्थामा छु । अब भन्नुस मैले गर्नुपर्ने के ?
३. तपाईले भनेको टान भित्रको पापी चै को हो ?
विगत ४ बर्षदेखी ट्रेकिङ जाँदा मृत्यु भएका परिवारले राहत पाएका थिएनन, स्वर्गीय रबिन्द्र अधिकारीसँग कुरा गरेर क्षति रकम उपलब्ध गराउने काम पनि भयो । केही प्रशासनिक खर्च आवश्यक थियो कुपात्रहरुले पर्यटन सचिबलाई प्रयोग गरेर भड्काए, यिनीहरु व्यावसायिक रुपमा सफल व्यक्ति पनि होईनन र पर्यटनलाई  सफल हुन पनि दिदैनन । यिनीहरु धर्मी होइनन, पापी नै हुन । यति भनिसकेपछि सबैले बुझ्नेछन ।
४. यिनीहरुलाई त बाहिर ल्याएर घोक्रेठ्याक लगाउनुपर्ने होईन र ?
यस्ता अधर्मी, पापीहरुलाई पर्यटन व्यावसायीले चिनेका छन, यिनीहरु कहिल्यै नेतृत्वमा पुग्न पनि सक्दैनन, आफै अपहेलित मानसिकतामा छन । 
५. तपाईका पदाधिकारीभित्रै पापी अधर्मी छन की ?
छैनन, प्रभावमा कहिलेकाँही गलतकार्यमा संलग्न भएका   होलान, तर नियतबस पापकर्म गर्ने प्रबृत्ति चै छैन ।
६. सबै दुधले नुहाएका छन, हो ?
दुधले नुहाएका भनेर त्यति धेरै पवित्र पनि नहोलान, यसबारे टिप्पणी गर्दिन ।
७. तपाई सर्बसम्मत की चुनाबी नेतृत्वको पक्षमा हुनुहुन्छ ?
सर्बसम्मत नै सबैभन्दा राम्रो बिकल्प हो । चुनाबमा जाँदा हारेकाहरुले असहयोग गर्ने रहेछन ।
८. सर्बसम्मत नेकपाकै नाममा हुन्छ भने ठिक छ, नत्र निर्वाचन भन्न खोज्नुभाको हो ?
यही पार्टीको भन्नेगरीको त होईन, तर पनि नेकपाको संगठन अरु भन्दा बलियो छ, यसअर्थमा हाम्रो दाबी रहन्छ नै । सर्बसम्मतको नाममा नाटकिय ढंगले चलखेल सुरु भयो भने चै हामी मान्दैनौ । चुनाब हुँदा पनि जित्ने त हामीले नै हो, किनकी हाम्रो संख्या ठुलो छ । विगतमा पनि मसँगै निर्वाचन लड्न आईपुगेका प्रतिपर्धीले हामीबिच कुराकानी हुँदा मलाई नेतृत्व मानेर बरिष्ठ उपाध्यक्ष हुन तयार छु, भन्नुभएको थियो, पछि उहाँको पार्टीले अनावश्यक दबाब या भ्रम सिर्जना गर्ने काम गरेपछि त्यो सफल भएन, सक्षम व्यक्तिलाई टानमा नरोकौ भन्न मात्रै खोजेको हूँ ।
९. तपाईले मोहन लम्साल तर्फ इंगीत गर्नुभएको हो ?
हो, सुरुमा मेरै नेतृत्वमा बरिष्ठ भएर काम गर्न मलाई गाह्रो छैन, भन्नुभएको थियो, पछि उहाँलाई प्रभावमा पारेर गलत तथ्यांकको सिकार हुनुभयो, दुर्भाग्य सहकार्य हुन सकेन । यहाँ टानको चुनाब आउँदा एकथरीलाई दशै तिहार आएको जस्तो हुने रहेछ, झुटा कुरा गरेर पैसा खर्च गराईदिने अनि छोड्ने ।
 

१२. गणेश सिंखडाले आफ्नो नाममा सर्बसहमतिय भैसक्यो, घोषणा हुनमात्र बाँकी भन्दै हुनुहुन्छ, खास कुरो के हो ?

सर्बसम्मत बनाउने माहोलका रुपमा भन्नुभएको होला, उहाँपनि हाम्रै पार्टीको भएकाले उहाँकै नाममा पनि छलफल हुन्छ, मिटिङमा उपयुक्त पात्रको छनौट हुन्छ नै ।
१३. बतासे टिप्पणीको तनाब कत्तिको झेल्नुभाछ ?
जुन पार्टीको भएपनि पदाधिकारीहरुले असहयोग गरेनन, बरु उनीहरुसँग जोडिएका पछाडिका मान्छेहरुले असहयोग गर्न खोजे, साथीहरुले सहयोग नै गरे । ४ करोड ऋण लागेको टानलाई ऋण मुक्त गराएँ, यो भन्दा बढि के गर्नु । कसले के भन्छ, सबै सुनेर पनि त भएन नी ।

१४. टिम्स रकममा रोईलो धेरै नै गर्नुभयो, यसलाई राख्ने या हटाउने के ठिक होला ?
रोईलो होईन, आफ्नो अधिकार माग्या हो । पर्यटन बोर्डले चै केमा खर्च गर्यो भनेर हामीलाई सुचना पनि नदिने, हामीले चै आफुले पाउनुपर्ने पनि नपाउने कसरी न्यायसंगत हुन्छ । यस्तोमा गु्रप टिम्स बाहेक व्याक्तिगत ट्रेकिङबापतको टिम्स बन्द गरिनुपर्छ । गु्रपमा पदयात्रा गाईडसहितको व्यावस्था गरेर अघि बढ्नुपर्छ ।
१५. अघिल्ला  अध्यक्ष रिजालले आफु ईतरकै तपाईलाई टान अध्यक्ष बनाएर गएँ, तपाईले चै आफुभित्रकै व्यक्ति बनाउन सक्नुहुन्छ ?
राम्रो बिकल्पको खोजी खुल्ला छ । अंकगणित हेर्दा नेकपाकै नेतृत्व हुने निश्चीत छ ।
१६. तपाईका नेता प्रचण्डले दुःख पर्दा अध्याँरो कोठाभित्र गिरिजाप्रसाद कोईरालाको कोट र चस्मा अगाडि उभिएर सम्झीने गर्नुहुन्छ, आर्थिक भित्रको एकैखाले बिबादमा घेरिरहँदा चन्द्र रिजाललाई कति चोटी सम्झनुभयो ?
टानको महत्वपूर्ण मिटिङहरुमा उहाँलाई अनिवार्य उपस्थीतीको लागि आग्रह गर्ने गरेकै छु । मेरो टिमले मलाई सहयोग नै गरे त्यसैले साह्रै चित्त दुखाईको स्थीति भएन । यस्तोमा सरसल्लाहका हिसाबले सधैभरी सम्झीरहेँ, तर भावनात्मक हिसाबले दुःखी भएर आँशु खसाल्नुपर्ने स्थीति बनेन । म आफै पनि अनुभबी व्यावसायी हुँ ।
१७. नवराज दाहाल र चन्द्र रिजाल तपाईहरु दुईबिचमा नेतृत्व सफलताका दृष्टीले अंक दिनुपर्दा आजको तपाईको स्थीति के हो ?
चन्द्र रिजाल राजनीतिक पृष्ठभुमिबाट टानको नेतृत्व गर्न आईपुग्नुभयो । टानका समस्याहरु पनि उहाँको कार्यकालमा धेरै नै थिए, क्षमताले भ्याएजति उहाँले गर्नुनै भयो । त्यसपछि म आईपुगे, सबै मेरै टिमका साथीहरुले जितेको अवस्था पनि होईन, आपसी सहकार्य गर्दै यहाँसम्म आईपुगेका हौ, बिद्यार्थी कालमा पढाईमा अब्बल नै थिएँ, टानमा पनि नेतृत्व सफलताका दृष्टिले डिस्टीङसन नभए पनि फस्र्टडिभिजन ल्याएको छु ।

तपाईंको बिचार