Monday, August 26, 2019

सागर पाण्डेको टिप्पणी :नयाँशक्तिमा भात भनेर पर्खेको बालुवा पकाएपछि हिँडे

प्रकाशित मिति: 2019/07/23

साउन ७, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै जाँदा उमेद्धवारहरुबिच आफ्नो प्रभाव बढाउने गतिबिधी बढ्दै गएको छ । यही भदौ २० गते हुने निर्वाचनमा व्यावसायिक नेतृत्वको गुलिया कुरा गरिएपनि अन्तरपार्टी प्रतिष्पर्धा हुने निश्चीत छ, यस्तोमा कमजोर पार्टीमा रहेकाहरु धार परिवर्तन गर्नेदेखी आफ्नो योगदानको बृत्तान्त सुनाउन तल्लीन छन ।

तत्कालिन नयाँ शक्ति नेपालमा केन्द्रिय सदस्यका रुपमा रहेका सागर पाण्डे, उपेन्द्र यादब नेतृत्वको फोरमसँग एकतापछि असन्तुष्टी जनाउँदै पुनः नेकपा प्रवेश गरे । उनको यो प्रवेशलाई पर्यटन बुझेका व्यावसायीहरुले भने शक्तिको खेलको रुपमा हल्ला गर्छन । जबकी पाण्डे भने नयाँ शक्ति नयाँ नभएर पुरानै सँग आत्मसर्मपण गर्न गएपछि पुरानै घर फर्किएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन ।
पदलोलुप, शक्तिबिना बस्नै नसक्ने आरोप लागेका पाण्डे, टान निर्वाचनमा उमेद्धवारी दिने तयारीमा हो भनी हामीले सोधेका छौ, नेकपा प्रवेश गर्नुपर्ने परिस्थीति र अबको उनको राजनीतिक यात्राका बारेको कुराकानी अबको क्रममा ।
सागर पाण्डेसँगको कुराकानी ।
१. टानमा महासचिब भैसकेको व्यक्ति, चन्द्र रिजालसँग गल्ड्याङ खानुभो, अहिले फेरी उमेद्धवारी दिन खोज्दै हुनुहुन्छ, तपाई लोभीपापी हो ?

गल्ड्याङ खाको, हारेको जे जसरी पनि भन्नुस । मैले चिया गफ, कफी गफ, साथीभाईसँग, फेसबुकका भित्तामा कहीँ पनि यसबारे आफ्नो धारणा राखेको छैन । अहिलेसम्म उमेद्धवारीको बिषयमा सोचैकै छैन । यसमा सत्यता छैन ।
२. तपाईको शक्ति कमजोर भएको हो ?
व्यावसायिक  प्लेटफर्म मेरो अहिलेपनि मजबुत छ । व्यावसायमा लिगेसी भन्ने कुरा पनि हुन्छ । हिजो फरक परिस्थीतिमा बेग्लै धारमा थिएँ, अहिले अझ मजबुत भएको छ ।
३. तपाई पदलोलुप हो ?
हिजो मुल पार्टी माओबादीमा हुँदा अग्रगामी मुद्धालाई नयाँ ढंगबाट बढाउन अनेक प्रयत्न भयो, सफल नभएपछि बाबुराम भट्टराईले अलग बाटो रोज्नुभयो, हामीले साथ दियौ, त्यतिबेला उहाँको केही पनि शक्ति थिएन, त्यैपनि बिचारलाई साथ दिएर हामी उहाँको पछि लाग्यौँ, तपाई आफै भन्नुस,त्यतिबेला हामीले पद नै हेरेको भएको भट्टराईको पछि लाग्नुपर्ने थिएन । मलाई यो पनि थाहा थियो की, मुलपार्टीमै बसिरहेको भए अहिले नवराज दाहाल जी भएको ठाँउ मेरा लागि पनि खाली हुन सक्थ्यो, तर मैले बिचार रोजेँ, पद होईन ।
४. तपाई अहिले जहाँ हुनुहुन्छ, तपाईकै पार्टीका नेता प्रचण्डले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि ओलीले सम्बोधनका क्रममा भनेका थिए, जुनसुकै मुलको पानी खाने बानीले कहाँ पुर्याउँछ, सोच्नुस है प्रचण्ड जी भनेर, ३ बर्षअघि असार २८ गते ओलीले भनेको कुरा तपाई ठिक त्यसैगरी आज मुल फेर्दै पानी पिउँदै हुनुहुन्छ, अनी पदलोलुप किन नभन्ने ?
दर्शन बिचार समय सापेक्ष हुन्छ, आज तपाई जसरी जुन ठाँउमा बसेर मलाई प्रश्न सोधीरहनुभएको छ, भोली गन्तव्य नेपाल गन्तव्यहिन यात्रामा हिड्न सुरु गर्यो भने तपाई पनि रहनुहुन्न । मेरो हकमा पनि त्यही गरेको हुँ ।
५. भनेपछि समाजबादी पार्टीको बिचार सकियो ?
हिजो नयाँशक्ति जरैदेखी जसरी फाउण्डीङ हुँदै थियो, समाजबादी पार्टीमा पुगेपछि त्यसको च्याप्टर क्लोज भयो । बाबुरामको बिचार नयाँ रहेन, पुरानै संसदिय ढर्रा भएपछि म पनि पुरानै घरमा फर्किए, यसमा अरु टिकाटिप्पणी छैन ।
६. तर तपाईले पद पाउनुभएन अनि समाजबादी त्याग्नुभयो, हैन र ?
हिजो सुरुवाती अवस्थामा नयाँशक्ति प्रति जति भरोसा थियो, समयक्रममा त्यो घट्दो त थियो नै, समाजबादी पार्टीमा बिलय भएपछि त्यो ‘बिलिभ कोर्ष’ परिर्वतन भयो । संख्याका हिसाबले त पार्टी एकीकरणपछि ठुलो भएको छ, तर त्यहाँ हिजोका भावना रहेन ।
७. नयाँशक्तिमा हुँदाका तपाईकै सहयात्री गोपालबाबु श्रेष्ठले भात ढिलो पाक्ने भयो भनेर सागर पाण्डे नेकपा प्रवेश गरे, सागर पाण्डे पदलोलुप हो भने नी ?
चामल हाल्नुपर्ने भाँडोमा बालुवा हालेर भात पकाउँछु भनेर उहाँहरु लागेपछि, मैले बुद्धि पुर्याएरै पार्टी छाडेको हुँ । पदलोलुप भएर होईन । भ्रम पालेर बस्न सकिएन ।
८. पद भएन भने सागर पाण्डेलाई निन्द्रा नै लाग्दैन, भन्नेहरु धेरै छन नी ?
व्यावसायमा म आफै सञ्चालक भएर काम गरिरहेको छु, मेरो आफ्नै पहिचान छ । पर्यटनमा लागेर यत्तिका मान्छेलाई रोजगारी दिएको छु, यही ठुलो कुरा हो । जसले दुईवटा कम्प्युटर राखेर २ जनालाई जागिर दिन सक्दैन त्यसले ठुलो कुरा गर्न सुहाउँदैन । ट्रेकिङ, होटल लगायतमा सागर पाण्डेको ब्राण्ड चल्छ, त्यो भन्दा ठुलो पद अरु के ?। त्यसैले यो निराधार हो ।
९. तपाईलाई चन्द्र रिजालसँग पनि रिस उठीराखेको होला है ?
हिजो एउटा परिस्थीतिमा टानमा सँगै चुनाब लड्न पुग्यौँ, चुनाबी प्रचारका क्रममा आफ्ना एजेण्डा राख्ने क्रममा बिषयगत टिप्पणी भए होलान, तर रिस उठ्ने गरीको होईन ।
१०. भनेपछि चन्द्र रिजाल राम्रो व्यक्ति हो ?
उहाँमात्र होईन, सबै राम्रै हुनुहुन्छ । नेतृत्वमा चुनिदै गर्दा उहाँलाई पहिलो शुभकामना पनि दिएँ, हामी बिचमा अहिले त झन दैनिक जसो व्यावसायिक मुद्धामा कुरा भैरहन्छ, तपाईले भनेजस्तो ईगोको स्थीति छैन ।
११. तर तपाई अलपत्र पर्नुभयो नी ?
छैन, पुरानै पार्टीमा पुरानै साथीभाईसँग निरन्तर भेटघाट, राजनीतिक व्यावसायिक छलफलमै छु, अलपत्र छैन ।
१२. भनेपछि पद फेरी आउनेवाला छ, हो ?
अहिले नेकपाको सामान्य सदस्यका रुपमा छु, पार्टीले दिएका जिम्मेवारीहरु पुरा गर्दै जाँदा सामाजिक जिबनमा पद आउन सक्छन, यस्तोमा जिम्मेवारी निर्वाह नगर्ने भन्ने त होईन ।
१३. भागबण्डामा पर्नुभएन भने चै ?
सामान्य रुपमा कार्यकर्ताकै रुपमा रहनेछु ।
१४. सुरुमा माओबादी त्यसपछि नयाँशक्ति, फेरी समाजबादी, अनि अहिले नेकपामा आईपुग्नुभाछ, कांग्रेस चै हुन मन लागेन ?
त्यसमा तपाईले एउटा कुरा सच्याईहाल्नुस, म समाजबादी भएको होईन, नयाँशक्ति नयाँशक्तिका रुपमा नरहेपछि पुरानै पार्टीमा फर्किएको हुँ । हिजो पनि अखिलको राजनीतिमै थिएँ, त्यसैको लिगेसीको आधारमा आज नेकपा भएँ, कांग्रेस भएको छैन ।
१५.समाजबादी पार्टी चै तपाईलाई किन कोक्याउने भयो ?
मेरो राजनीतिक जिबनमा त्यो कोर्ष प्रवेश नै पाएन, त्यसमा टिप्पणी छैन ।
१६. तपाई टानको नेतृत्वमा उमेद्धवारी दिनुहुन्छ की हुन्न ? प्रष्ट भन्नुस
अहिले सम्म सोचेको छैन । छलफलबाट भोली मेरो आवश्यक्ता पार्टी संगठनले महशुस गरे भने हुनसक्छ ।
१८. तपाई नहुने स्थीतिमा तपाईको मान्छे चै को ?
अहिले निकै समय बाँकी छ, हतार नगरौ ।
१९. गणेश सिंखडाले मेरो नाममा सर्बसहमतिय भैसक्यो भन्नुभयो नी ? 
हुनसक्छ, उहाँ सिनियर व्यावसायी पनि हो ।सबैलाई मिलाउने अर्थमा भन्नुभा होला । अरु थाहा भएन 
२०. भनेपछि उहाँले झुटो कुरा गर्नुभयो ?
मलाई थाहा भएन, पछि थाहा भैहाल्छ । उहाँलाई नै सोध्नुस ।

 

 

 

 

तपाईंको बिचार