Wednesday, October 23, 2019

छोरी कुटेर बुहारी नर्तसाऔ, पर्वतिय पर्यटनको संरक्षण गर्न मेरो बिकल्प नै छैन :गणेश सिंखडा

प्रकाशित मिति: 2019/07/25

असार ०९, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन नजिकिदै गर्दा नेतृत्वमा फरकफरक पृष्ठभुमिका व्यक्तिहरुको चर्चा चुलिदो छ । कोही सर्बसहमतिय नेतृत्व पाउँदा मात्रै खाने भन्छन भने कोही सहमतिय र निर्वाचन दुबै बिकल्पमा आफु नै अव्बल भन्न समेत लागेका छन । यही भिडमा आइपुगेका छन, द एभरेष्ट होलिडेका सञ्चालक गणेश सिंखडा । टानलाई समायानुकुल र चलायमान बनाउनको लागि आफुबाहेकको बिकल्प नदेख्ने सिंखडा सर्बसहमतिय नेतृत्वमा आफ्नो नाम लेखाउन कम्मर कसेका छन । टान निर्वाचनको सन्दर्भमा उनीसँग गरीएका केही संबाद ।

गणेश सिंखडासँग गरिएको कुराकानीमा आधारित
१. तपाईको उमेद्धवारी किन ?

ट्रेकिङ व्यावसायीको हकहितको स्थापना र व्यावसायको संरक्षण गर्न ।
२. टानको निर्वाचनलाई नै लिएर १५ दिन अघि पनि तपाईसँग कुराकानी गरेका थियौँ, यसबिचमा प्राप्त प्रतिक्रिया के छ ?
टानको निर्वाचन घोषणा भएदेखी नै सबै साथीहरुले मेरो उमेद्धवारीको सन्दर्भमा चासो राख्नुभएको छ, ट्रेकिङ क्षेत्रको बिकास र बिस्तार गर्न तपाई नै उपयुक्त नेतृत्व हो, सर्बसहमतिय वा चुनाबी जुनसुकै नेतृत्वमा सहयोग गर्न तयार छौ, भनेर साथीहरुले भनिरहनुभएको छ । उत्साहित छु, मेरो नेतृत्व स्थापित हुने क्रममा छ ।
३. तपाई सर्बसहमतिय नेतृत्वमा मात्रै की चुनाबी प्रतिष्पर्धामा पनि भिड्ने ?
सर्बसहमतिय भयो भने सबैलाई मिलाएर लैजान सकिन्छ भन्ने अर्थमा हो । नेतृत्वका लागि तयार भैसकेपछि चुनाबी प्रतिष्पर्धाबाट भाग्ने भन्ने त कुरै आउँदैन । यसका लागि पनि तयार छु ।
४. भनेपछि, चुनाबबाट भाग्नुहुन्न ?
भाग्ने भन्ने हरुवाहरुको भाषा हो, म कम्युनिष्टको निष्ठावान कार्यकर्ता हुँ । व्यावसायिक हकहितको मुद्धा स्थापित गर्न राजनीतिभन्दा माथि उठेर सेवा गर्नेछु ।
५.तपाईलाई भोट किन दिने, तपाई नेतृत्व चयन हुनुभयो भने टानमा के सुधार गर्नुहुन्छ ?
३५ सय मिटर भन्दा माथिका क्षेत्रमा ट्रेकिङ जाँदा अनिवार्य रुपमा गाईड वा पोर्टरको व्यवस्था गर्छु । टान सम्बद्ध व्यावसायीहरुको व्यावसायिक सुरक्षाका लागि उनीहरुको कम्पनीको सामुहिक बिमा योजना कार्यन्वयन गर्छु । गाईड, पोर्टरको समस्या समाधान गर्छु । यसका साथै टिम्सबापतको रकम पर्यटन बोर्डबाट २ महिनाभित्रमा टानको खातामा जम्मा गर्ने घोषणा पनि गर्न चाहन्छु । किनकी धेरैलाई थाहा नहुन सक्छ, हिजोका दिनमा म आफै पर्यटन बोर्डमा बोर्ड सञ्चालक समिति सदस्य हुँदा टिम्सको सुरुवात गरेको थिएँ । जसमा बोर्ड र टानले टिम्सबापतको रकम आपसमा बाँड्नेगरी सुरुवात गरिएको थियो, तर पछिल्लो समय बोर्ड र मन्त्रालयले टानसँगको सम्झौता तोडेर मालिक र मजदुरको जस्तो व्यावहार देखाएको छ, यदि बोर्ड टिम्स रकम फिर्ता गर्न तयार हुँदैन भने सम्पूर्ण टान सम्बद्ध मजदुर, व्यावसायी समेतको सहभागितामा आन्दोलनको आँधीबेहोरीको श्रृजना गरेरै देखाईदिनेछु । यो धम्की होईन, अधिकार मागेको हो, हिजो म आफै बसेर सुरुवात गरेको टिम्स कार्ययोजना हामीलाई नै नदिएर एकलौटी पर्यटन बोर्डले खान पाउँदैन, यो कानुनसम्मत कुरा पनि हो । छोरी कुटेर बुहारी तर्साउने जस्तो घृणित काम नहोस ।
अर्को ट्याक्सको नाममा व्यावसायीहरुलाई अनावश्यक झमेला दिने काम गरिएको छ, यो तत्काल बन्द गर्छु । पहिला गरिएका व्यावसायिक कर्महरुलाई अहिले नयाँ कार्यबिधी ल्याएर दुःख दिने काम भएको छ, यो तत्काल अन्त्य हुनुपर्छ । अहिले त कस्तो भएको छ भने, ७० बर्षअघि मेरा हजुरबुवाले बहुबिवाह गरे भनेर अहिले बनाएको कानुनले कारबाही गर्न खोजिदैछ, यो हास्यास्पद र व्यावसायिकता बिरोधी छ । व्यावसायीले अब यस्ता दुबिधायुक्त कानुनको मार खेप्न नपर्ने गरी सम्बन्धीत पक्षसँग निर्णायक पहलको खोजी गर्नेछु ।
६.तपाईको संभावना चै कत्तिको छ ?
सर्बसहमतिय नेतृत्व हुनुपर्छ । यसमा मेरो बिकल्प नै छैन ।

७. हात्ती आयो हात्ती आयो फुस्स भयो भने ?
अरु नै नेतृत्वमा चुनिएभने भन्न खोज्नु भएको होला । त्यसमा पनि म तयार नै छु । सबैले मान्छन भने म किन बिरोध गर्थेँ र ।

तपाईंको बिचार