Sunday, October 20, 2019

सबैले मेरो आवश्यक्ता महशुस गरे टान नेतृत्व लिन तयार छु : बच्चुनारायण श्रेष्ठ

प्रकाशित मिति: 2019/07/29

साउन १३, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा जसरी पनि आफैले पाउनुपर्ने र बिगतमा गुलियो चाटेकाहरु टान नेतृत्वमा  सर्बसहमतियको हल्ला गर्दै छन भने अन्यको तयारी चुनाबी प्रतिष्पर्धामै देखिएको छ ।

बिशेषतः अंकगणितमा कमजोर ठानिएका व्याक्ति समुहहरुको सर्बसहमतियको रटान चलिरहँदा आफुलाई किङ मेकर ठान्नेहरुको फुर्ति पनि बेग्लै छ ।
यही भिडमा आईपुगेका छन, नेकपा सम्बद्ध पर्यटन व्यावसायी संगठन नेपालका उपाध्यक्ष तथा पूर्व टान उपाध्यक्ष बच्चुनारायण श्रेष्ठ ।
टानमा चुनाबी प्रतिष्पर्धामा आफु नरहेको बताउने श्रेष्ठ सर्बसहमतिय नेतृत्वलाई जोड दिदै आएका छन । उनले आफु टान नेतृत्वका लागि मैदानमा नभएपनि सर्बसहमतिय नेतृत्वमा आफ्नो आवश्यक्ता भएमा नेतृत्व प्रदान गर्न तयार रहेको बताए ।
पर्वतिय पर्यटनमा स्थापित श्रेष्ठ अबको नेतृत्वले बिश्वमै नेपालका गन्तव्यहरुको पहिचान छोड्न सक्नुपर्ने  बताउँछन । टानलाई आफ्नो स्वार्थ प्रभावमा पार्न सक्ने व्यक्तिका रुपमा समेत उनको टिप्पणी हुने गरेको छ । 
टान निर्वाचनका सन्दर्भमा हामीले उनीसँगको गरेको कुराकानी जस्ताको तस्तै ।
बच्चुनारायण श्रेष्ठसँगका कुराकानी ।
१. तपाई लोभीपापी हो ?

म अहिले कुनै पदमा छैन, आफ्नो व्यावसाय गरेर बाँचीराखेको छु । त्यसैले त्यसमा सत्यता छैन ।
२. भनेपछि पद मा जान्छु भन्नेहरु लोभीपापी हुन ?
त्यस्तो भनेको होईन । मैले व्यक्तिगत कुरा गरेको हुँ ।
३. तपाई टानमा सर्वसहमतिय नेतृत्व पाउँदा चै जाने नत्र नजाने, लोभी त तपाई पनि हुनुहुँदो रहेछ नी ?
मैले जहिले पनि उपयुक्त व्यावसायिक उमेद्धवारलाई अगाडि सार्दै आएको छु ।  सर्बसहमतिय हुनुपर्छ भनेको हुँ, तर मेरै नाममा भनेको होईन, म प्रतिष्पर्धामा छैन । यसमा प्रष्ट हुनुस । मेरो भुमिका साथीहरुले मुल्यांकन गर्नुभयो भने नेतृत्व लिन तयार छु । अरु हैन ।
४. तपाईको बिचारमा उपयुक्त को हो ? भनिदिनुस ।
धेरै हुनुहुन्छ, नाम आएका, नआएका पात्रहरु पनि छन । समय आएपछि व्यावसायी आफैले निक्र्योल गर्नेछन ।
५. तपाई कस्तो नेतृत्वको खोजिमा हुनुहुन्छ ?
अहिले मुलुक संघिय संरचनामा गैसक्यो । अहिलेसम्म कानुनको उचित प्रयोग भैसकेको छैन, ग्रामिण पर्यटन प्रवद्र्धन देखी मुलुकभरका पर्यटकीय गन्तव्यबाट योगदान दिन सकिने कुराहरुमा हामी अल्झीएर बसेका छौ । नेपालभित्र मात्र नभई नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय क्षेत्र समेतमा प्रवद्र्धन गर्न सक्ने र मिहिन ढंगले समस्या केलाएर समाधान गर्न सक्ने नेतृत्वको हामी सबैको रोजाई बन्नुपर्छ । अहिलेको आवश्यक्ता पनि यही हो ।
६. तर तपाई युवा बिरोधी हो, युवालाई टान नेतृत्वमा जान रोक्दै हुनुहन्छ भन्ने सुनिन्छ, नी ?
यो बिल्कुल गलत हो । म आफै युवा हुँ, मैले रोकेर कोही रोकिनेवाला छैन ।
७. तपाईकै पर्यटकीय संगठनका उपाध्यक्ष रहेका कुमार थापालाई तपाई रोक्दै हुनुहुन्छ, त्यही हल्ला छ बजारमा । अनि ?
खै कहाँबाट सुन्नुहुन्छ, तपाईहरु । उहाँ हामी सँगै एउटै संस्थामा छौ, मैले एकल रुपमा रोक्न सक्ने कुरा पनि भएन, त्यसो हुँदा पनि हुँदैन । संगठनले भोली निर्णय गर्ला नि त, अहिले हल्लाको पछाडी नलागौँ ।
८. भनेपछि तपाई युवा बिरोधी होईन, मुक्ति पाण्डेलाई पनि सहयोग गर्नुहुन्छ ?
जो सुकैको नाममा बहुमत सदस्यले निर्णय गर्नुपर्यो । सबैले मान्छन भने यो उ भनेर भन्दै हिड्नु आवश्यक छैन ।
९. तर तपाईले टानलाई जहिलेपनि प्रभावमा पारिराख्नुहुन्छ, ठेक्का आयोजनाहरुमा पनि तपाईको हालीमुहाली बढि भयो भनेर व्यावसायीले भन्ने गरेका छन नी ?
साथीहरुले सही भन्नुभएछ । म दिमागी मान्छे हुँ, सिप बेचेर जिबिका चलाउँछु । कहिलेकाहि मैले भनेका कुरा साथीहरुलाई चित्त बुझ्दा मैले भनेका  कुरा लागु भयो, मेरो प्रभाव भनेर भन्नु कति उपयुक्त हो, तपाई आफै बुझ्नुस । जहाँसम्म ताप्लेजुङमा म आफै बसेर प्रोजेक्ट सम्पन्न गरेँ, त्यसमा मैले मेरो सिप बेचेको हो, अन्य ठेक्कापट्टा कहीँकतै एकपैसा पनि हिनामिना गरेको पुष्टी गर्छन भने उनीहरुले दिने जुनसुकै कारबाही भोग्न तयार छु । तर सत्य बुझेर बिश्लेषण हुनुपर्यो । उक्साहटमा होईन । फ्याक्ट फिगरलाई तथ्यांकले प्रमाणित हुनुपर्छ भन्ने मेरो भनाई हो । आरोपको पछि नकुदौँ ।
१०. नवराज दाहालको कार्यशैली चै कस्तो ?
साधारणसभाले भनिहाल्छ नी, मैले केही भन्नै पर्दैन ।
११. गणेश सिंखडाले आफ्नो नाममा सर्बसहमतिय भैसक्यो, भन्नुभाछ, उहाँले झुटो बोलेको की सत्य, तथ्य कुरा के हो ?
त्यो उहाँलाई नै थाहा होला, टानमा १८ सय सदस्य छन, बहुमतले हाम्रो नेतृत्व उहाँ नै हो, भनेर भन्छन भने होला । अरु थाहा भएन ।
१२. भनेपछि उहाँको खुट्टा लुलो छ ?
लुलो छ की, बाँसको छ की, फलामको उहाँले नै भन्नुहोला, सेप्टेम्बर ६ आउनै बाँकी छ, सदस्यहरुले नै बताईदिनेछन ।

 

तपाईंको बिचार