Monday, August 26, 2019

टानमा सर्बसहमतिको रटान चलिरहँदा शेर्पा संघले उठायो संगमको नेतृत्वका उमेद्धवार

प्रकाशित मिति: 2019/07/30

साउन १४, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा शेर्पा पर्यटन व्यावसायी संघ, नेपालले पेम्बा संगम शेर्पाको नेतृत्वमा ५ सदस्यीय पदाधिकारी घोषणा गरेको छ ।

The Meeting of STEAN HAS been accomplished with some important conclusions. 1. We are going to participate in upcoming TAAN's election on presidential leadership of me Pemba Sangam Sherpa Rest of the Candidates will be following Senior vice- Wangchhu sherpa 1st vice - Furi G Sherpa 2nd vice- Gombu Sherpa GS - Ngawangima sherpa Secretery - Mingma T sherpa Treasure- Furba Sherpa Then Members will be decide soon 2. Collections of Fund 3. Deep Condolences for our second vice Mingmar Lamas own brother passed away. GS - STEAN

जसअनुसार अध्यक्ष पेम्बा संगम शेर्पा, उपाध्यक्ष वाङचु शेर्पा, प्रथम उपाध्यक्ष फुरी जी शेर्पा, द्धितिय उपाध्यक्ष गोम्बु शेर्पा, महासचिब ङवानिमा शेर्पा, सचिब मिङमा टि शेर्पा, कोषाध्यक्ष फुर्वा शेर्पा रहेका छन ।

यससँगै पर्यटन सम्बद्ध बर्गीय संगठनभित्र हल्लीखल्ली सुरु भईसकेको छ । जसरी भएपनि टान नेतृत्व हात पार्न स्वार्थ समुह तथा संगठनहरुको दौडधुप सुरु भैसक्दा शेर्पा पर्यटन व्यावसायी संघले पनि संगठनका तर्फबाट टानको नेतृत्वको लागि औपचारिक निर्णय गर्ने पहिलो संस्था बनेको छ ।  
व्यावसायिक नेतृत्वको चर्चा चलिरहँदा बर्गीय संगठनका तर्फबाट नेतृत्वको अग्रशरता किन प्रश्न उठीरहँदा यसअघि भजाईएको सर्बसहमतिय नेतृत्व पनि खरानीको डल्लामा परिणत हुने निश्चीत देखिएको छ । गन्तव्य नेपालसँग कुराकानी गर्दै शेर्पा पर्यटन व्यावसायी संघ, नेपालका बर्तमान महासचिब पेम्बा संगम शेर्पाले शेर्पाहरुको सहमतिबिना सर्बसहमतिय नेतृत्व स्थापित हुनै नसक्ने भन्दै यसपटक जसरी पनि नेतृत्वमा पुग्ने दाबी गरे । उनले यसअघि शेर्पाको भोट प्रयोग गरेर कमजोर पदाधिकारीमा मात्रै सिमित गर्ने गरिएको भन्दै आक्रोस पोखे । बर्तमान टान नेतृत्वले सोचेअनुरुप काम गर्न नसकेको भन्दै उनले अब पदयात्राका हिमायती शेर्पाले नै नेतृत्व गर्नुपर्ने र त्यसका लागि आफ्नो बिकल्प नभएको उनको दाबी छ ।

तपाईंको बिचार