Wednesday, October 23, 2019

सुपर म्यानको चर्चा नगरौँ, टान नेतृत्वमा सबै उमेद्धवार सक्षम छन :कमल सापकोटा

प्रकाशित मिति: 2019/08/01

साउन १६, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा टान सम्बद्ध व्यावसायीहरुको दौडधुप सुरु भैसकेको छ । व्यावसायिक उमेद्धवारको चर्चा चलिरहेको भएपनि अंकगणित हाबी हुने अवस्थामा नेकपा भित्रको चुनाबी नेतृत्व कसरी अगाडि बढिरहेको छ, भनेर बुझ्ने कोशिस गरेका छौ ।  

टान नेतृत्वबारे पूर्व माओबादी निकट नेपाल पर्यटन व्यावसायी संगठन(युटिन)का अध्यक्ष तथा गाँउ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपालका पूर्व अध्यक्ष कमल सापकोटा सँगको कुराकानी ।
१. टान नेतृत्वको लागि व्यावसायीको दौडधुप सुरु भैसकेको छ, तपाईको तयारी चै के छ ?

म यस पाली उठिन, अर्को चोटी बिचार गर्छु । साथीहरु हुनुहुन्छ, उहाँहरुलाई सहयोग गर्छु ।
२.  तपाईहरुको उमेद्धवार को हो ?
तेज गुरुङ, गणेश सिंखडा, हरी धरेल, कुमार थापा, मुक्ति पाण्डे सबै नेकपाको घेराभित्रै हुनुहुन्छ, उहाँहरुको नाममा चर्चा सुरु भैसकेको छ । बैठक बसेर माथिका नाममध्ये एकमा सहमति हुन्छ ।
३. माथिका नाममध्ये सुपर म्यान को हो ?
कोही पनि छैन । सबै राम्रै हुनुहुन्छ ।
४. तर तपाई गणेश सिंखडा नेतृत्वमा पुगोस भन्ने चाहनुहुन्छ ?
म उहाँ मात्र हैन, सबै पुगुन भन्ने चाहन्छु ।
५. गणेश सिंखडाले आफ्नो नाममा सहमति भैसक्यो, तपाईले नै प्रश्ताब गर्नुभएको छ, उहाँको नाममा, सबै टुंगीसक्यो, केही दिनमै औपचारिक घोषणा हुन्छ, भन्नुभाछ ? 
अहिलेसम्म चर्चाको स्थीति मात्रै हो, औपचारिक निर्णय भएको छैन ।
६. भनेपछि उहाँले झुटो बोल्नुभयो ?
खै,
७. नवराज दाहाल चै कस्तो मान्छे हो ?
राम्रै गर्नुभाछ, ठिकै गर्नुभाछ ।
८. तर केही दिन अगाडि एक व्यावसायीले दाहालले आफ्नो कार्यकाल भरी कुनामा बसेर ङिच्च मात्रै हाँसे, अरु केही गरेनन भने नी ?
त्यो उहाँको निजी बिचार हो, उहाँलाई लागेको भन्नुभयो होला ।
९. तपाई सर्बसहमतिय की चुनाबी नेतृत्वको पक्षमा ?
सहमति हुँदा राम्रो नभए लोकतान्त्रिक बिधी छँदै छ ।
११. केही समय अगाडि बोधराज भण्डारीले पनि नेकपा परित्याग गर्नुभयो, सुतेर बस्न सकिएन, भुमिका भएन भन्नेतर्फ उहाँको संकेत थियो, उहाँ चै लोभीपापी हो त ?
उहाँ पहिला पनि पार्टी छोड्दै आउँदै गर्नुहुन्थ्यो, उहाँसँगै बाहिरीएका साथीहरु फिर्ता भैसके, उहाँ पनि केही दिनमै आउनुहुन्छ । उहाँलाई पार्टीभित्र पनि निर्वाचन परिचालन कमिटी संयोजक, एनएमए महासचिब लगायतका पदमा यसअघि सिफारिस गरेकै थियौँ । खै किन चित्त बुझेन उहाँलाई । तर पक्का छ, उहाँ आउनुहुन्छ ।
१२. सुझाब ?
टुरिजम बोर्ड र सरकारसँग सहकार्य गर्दै अगाडि बढ्नु जरुरी छ । डिजीटल युग आएको छ, यसलाई सदुपयोग गर्दै अगाडि बढ्नु पर्छ ।
१३. तपाईले त मुक्ति पाण्डेको घोषणापत्र प्रचार गर्नुभयो नी ?
 उहाँको घोषणामा के छ, मलाई थाहा छैन ।

तपाईंको बिचार