Wednesday, October 23, 2019

यो या त्यो होइन, टानमा युवा नेतृत्वलाई सघाउँछु :शितल चन्द्र धरेल

प्रकाशित मिति: 2019/08/02

साउन १७, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्वका बहशहरु चर्को रुपमा सुरु भैसकेको छ । भावि नेतृत्वका रुपमा भोटो फटाएका देखी युवा उमेद्धवारको बिभिन्न खाले बर्ग समुह तयार भैरहँदा टानमा व्यावसायिक नेतृत्वको चर्चा कायमै छ ।

चन्द्र रिजाल समुहमा टानका लागि मनोनित सदस्य भएका शितल चन्द्र धरेल, टानमा युवाहरुको नेतृत्व स्थापित हुनुपर्छ भनेर लागिपरेका छन । उनी नेकपा सम्बद्ध हुन ।
टानको आगामी नेतृत्वका बारे उनीसँग गरिएको कुराकानी ।
१. तपाईको उमेद्धवार को हो ?
म आफै नउठ्ने भएपछि सबै हाम्रै उमेद्धवार हुन । जसको नाममा सहमति हुन्छ त्यही हो, खास कोही छैन ।
२. भनेपछि तपाईको केही प्रभाव छैन, ठमेलमा घाम तापेर बस्नुभाछ ?
म टानको भोटर हो, जो आएपनि युवा नेतृत्व हुनुपर्छ भन्ने मेरो बुझाई हो । व्यावसायिक जिबन बाँचीरहेको छु । घाम तापेर बस्ने तर्फ नजाउँ ।
३. युवा त युवा कस्तो युवा ? नेकपा भित्रको कि निटको ?
टानमा नेतृत्व प्रदान गर्न सक्ने युवाको कुरा हो । यो उ पार्टीको कुरा छैन, मुख्यतः एजेण्डा ठुलो कुरा हो । कम्तीमा पनि अबको नेतृत्वले यि प्रमुख ३ मुद्धालाई सम्बोधन गरेमा मात्रै टान सफल बन्न सक्छ । पहिलो कुरा ३ हजार मिटर भन्दा अग्ला हिमालको आरोहणमा अनिवार्य पोर्टर, गाईडको व्यवस्था, टिम्स खारेज गरी व्यावसायीसँग उठाउँदै आएको करलाई व्यवस्थीत गर्ने र युएनडिपी, सामथ्र्य लगायतका आईएनजीयो सँगको सहकार्य बलियो बनाउने । अर्को कुरा भ्याट ट्याक्सलाई घटाउने तथा अबैधानिक पदयात्रा अपरेशनलाई रोक्नु जरुरी छ । यति भएको खण्डमा जुनसुकै पार्टीको भएपनि फरक पर्दैन ।
४. तपाई चन्द्र रिजालको पालामा मनोनित सदस्य, रिजालको नुन खाएर उनैलाई असहयोग किन गरेको ?
कसरी असहयोग गरेँ, यो बिल्कुल गलत हो । मैले उनको नुन खाएको भन्न मिल्दैन । टानको बिधान अनुसार मनोनित भएको व्यक्ति हुँ ।
५. चन्द्र रिजालले रकम हिनामिना गरे, हटाउनुपर्यो भनेर धुलो उडाउँदै हिड्नेको समुहमा तपाई पनि हुनुहुन्थ्यो ?
होईन, २ बर्ष कार्यकाल भरी जति पनि मिटिङ भए त्यसमा सौहार्द बातावरण नै थियो । एकदुई वटा मिटिङमा साथीभाईहरुले असहमति राखे होलान, तर यसमा मैले केही टिप्पणी गरेको छैन । झन, धुलो उडाउने त कुरै भएन ।
६. भनेपछि तपाई चन्द्र रिजालको प्रभावमा हुनुहुन्छ ? प्रभावमा पार्नलाई गुलियो बाँड्ने या चिया खुवाउनुहुन्छ ?
.......हाहाहा (हाँसो) चिया त सबैलाई खुवाउँछु, तपाई आउनुस तपाईलाई पनि सत्कार नै छ । उहाँको समर्थन र सद्भाव मसँग छ, तर प्रभावमा पर्ने पार्ने कुरा छैन ।
७. नवराज दाहाल चै कस्ता मान्छे हुन ?
 सबैले भोट दिएर जितेका हुन, राम्रै हुनुहुन्छ ।
८. तपाईले युवा नेतृत्वको कुरा गरिरहँदा मुक्ति पाण्डेलाई भोट हाल्नुहुन्छ ?
नेकपाले जसलाई निर्णय गर्छ उसैलाई हाल्छु ।
९. गणेश सिंखडाले आफ्नो नाममा सर्बसहमति भैसक्यो भन्नुभाछ, उहाँले झुट बोल्नुभयो की सत्य ?
खै थाहा भएन, म पछिल्ला मिटिङहरुमा गएको छैन, आधिकारीक कुरा के छ, कुन्नी ।
१०. फोन गरे बुझ्नस त तुरुन्तै के रहेछ ?
नेकपाको आधिकारिक मिटीङमा थाहा भैहाल्छ नी ।
११. टानमा लोभीपापी छन की छैनन ?
कोही धेरै खानाका सौखिन हुन्छन, कोही पैसा, गाडिको, कोही पदको । तपाईले भन्न खोजेको कसलाई हो थाहा भएन । यसमा मलाई त्यति जानकारी छैन ।
१२ तपाई चै हो की ?
हाहा... । होईन, त्यस्तो छैन । 
 

तपाईंको बिचार