Tuesday, October 22, 2019

ठमेलमा प्रेतात्मा सबै हटिसके, टानमा नयाँ टिम चलायमान भैसक्यो :ठाकुरराज पाण्डे

प्रकाशित मिति: 2019/08/02

साउन १७, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै जाँदा नेतृत्व बहशमा नयाँ नयाँ व्यक्तिहरु जोडिदै गएका छन ।

टानमा यसअघिका नेतृत्व सबैले बिशिष्टीकृत लक्ष्य बोक्ने तर काम गर्न नसक्ने स्थीतिका पछाडीको समस्या कहाँनेर छ, व्यावसायीका आकांक्षालाई कुठाराघात र निरास पार्ने तत्व को हो बुझ्न जरुरी छ ।
ठमेलमा प्रेतात्माको बास हटिसकेको र पर्यटन चलायमान हुने दिशामा अघि बढिसकेको पूर्व माओबादी निकट पर्यटन ईलाका कमिटी संयोजक तथा निवर्तमान एनएमए महासचिव ठाकुर राज पाण्डेको भनाई छ ।
अबको टान नेतृत्वबारे उनै ठाकुरराज पाण्डेसँगको कुराकानी ।
१. तपाई नेतृत्वमा उमेद्धवारी दिनुहुन्न ?
एनएमए महासचिबका रुपमा भुमिका निर्वाह गरेँ । त्यहाँ रहँदा धेरै कामहरु पनि भए । अन्त चर्हानुभन्दा एउटै संस्थामा बसेर काम गरौँ भनेर हो । आखिर सबैको लक्ष्य पर्यटन क्षेत्रको बिकास नै हो ।
२. तपाई यसपटक चुप लागेर बस्नुहुन्छ ?
यस बर्ष सक्षम साथीहरुलाई नेतृत्वका लागि सहयोग गर्छु ।
३. नवराज दाहाल कस्तो, नेतृत्वका हिसाबले ?
केही गर्न खोज्नुभएको थियो, तर आशातित हुन सकेन । जुन लक्ष्य बोक्नुभएको थियो, उहाँले गर्न खोज्दाखोज्दै पनि नतिजा आउन सकेन जस्तो लाग्छ ।
४. भनेपछि सगरमाथा चढ्न खोज्नुभाथ्यो, आफै पहिरो खसाल्दीनुभयो ?
त्यस्तो होईन, व्यावसायिक हितका कुरामा उहाँ प्रतिबद्ध व्यक्ति हो, तर टिम्स रकम भित्राउने सन्दर्भमा बोर्डले उहाँलाई सहयोग गरेन वा सहकार्य मिलाउन सक्नुभएन । जे भनेपनि जति गर्न सक्नुहुन्थ्यो, त्यति भएन ।
५. चन्द्र रिजालले चै राम्रो काम गर्नुभयो ?
चन्द्र रिजालले ३० बर्ष पर्यटनमा काम गरेकालाई टान नेतृत्वमा सुम्पनुभयो । राम्रो लक्ष्य लिनुभयो, तर उहाँको लक्ष्य उत्तराधिकारीले जोगाई राख्न सकेनन ।
६. भनेपछि नवराज दाहालले अब केही गर्नुहुन्न ?
गर्नुपर्छ । उहाँ त झन अन्तर्राष्ट्रिय क्षेत्र समेतले पत्याएको व्यक्ति हो, ईस्टोनियाँको कन्सुलर बाणिज्य दुत हो दाहाल जी । भोली जाने नेतृत्वलाई पनि गाली गर्ने स्थीति नहोस । चाहना हुँदाहुँदै पनि काम भईराखेको छैन । यसमा व्यावसायिक सरोकार जोडिनुपर्छ ।
७.  व्यावसायीहरु निरास छन भन्नुभएको हो ?
निरास पनि हैन, आशा अझै मरिसकेको छैन ।
८. तपाई कस्तो नेतृत्वको पक्षमा ? युवा की भोटो फटाएको ?
भोटो फटाएकोमा युवा मिसाउँदा राम्रै सन्देश जान्छ ।
९. गणेश सिंखडा चै कस्तो ?
उहाँ पनि पहिला पर्यटन बोर्डमा सञ्चालक समिती सदस्य हुनुहुन्थ्यो, उहाँकै पालामा सिईयो नियुक्तिको कुरा चलिराखेको थियो, दुर्भाग्य उहाँले पार लगाउन सक्नुभएन, गर्न खोज्ने नै मान्छे हो, तर यहाँ कुुन तत्वले काम गर्न दिदैन की के भएर हो, थाहा भएन ।
१०. भनेपछि ठमेल बजारमा प्रेतात्माको चहलपहल छ ?
त्यो चिजहरु पन्छाउनुपर्छ । ठमेलमा प्रेतात्मा सबै हटिसके, नयाँ टिम आईसकेको छ, चलायमान हुन थालिसक्यो ।
११. तपाई अलिक पर पुग्नुभयो., मैले दैबि शक्तिकै प्रेतात्माको चित्त नबुझेर पो हाम्रा नेतृत्वले काम गर्न नसकेका हुन की, भनेर बुझ्न खोजेको ?
..हाहाहा......,। खै त्यस्तो त हैन होला । पर्यटन क्षेत्र स्थायि रुपमा स्थापित हुन सकेको खण्डमा हजारौ रोजगारीका अवशर सिर्जना हुन्छन । आफुले काम गर्न नसक्ने प्रेतात्मालाई दोश लगाउन पनि त भएन नी ।
१२. तपाई प्रभाबमा बोलिरहनुभएको छ ?
छैन, बिल्कुल ।
१३. रिजाल, दाहाल, सिंखडा हिरो हुन सक्थे, जिरो भए, तपाई त्यै भन्दैहुनुहुन्छ ?
होईन । तपाई किन यि ३ पात्रको वरीपरी घुमिरहनुभएको छ, मलाई त अब तपाई माथि नै शंका लाग्न थाल्यो,  होईन भने उहाँहरु सबै औसत हो, हिरो जिरो व्यावसायीले नै छुट्याउछन ।

 

तपाईंको बिचार