Wednesday, October 23, 2019

मैले नेतृत्व हस्तान्तरण गर्दा साँढे चार करोड खातामा थियो : महेन्द्रसिंह थापा

प्रकाशित मिति: 2019/08/06

साउन २१, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै जाँदा नेतृत्वका बहशहरु एकपछि अर्को गर्दै तरंगीत हुँदै गएको छ ।

टानमा सर्बसहमतिय नेतृत्वको चर्चा चलिरहँदा टान ईतिहासकै एकमात्र साझा नेतृत्व महेन्द्रसिंह थापा(२०११–०१३) पर्यटन बजारमा हालसम्म पनि एकल हिरोका रुपमा स्थापित छन, यस अर्थमा उनी अघि र पछि सहमतिय नेतृत्व एकादेशको कथा भएको स्थीतिमा थापाकै मनमा पनि हर्षबढाँई हुँदो हो ।
स्पष्ट बोली, सिधा टिप्पणीले पनि उनको व्यावसायिक गरिमाको उचाईलाई अझै बढाएको छ । पदयात्रा पर्यटन, जलयात्रा र होटल रिर्सोटका क्षेत्रमा बर्षौदेखीको उनको सक्रियता पछिल्लो समय टान निर्वाचनको उत्तरार्धमा आईपुग्दा उनकोे अनुभव सुन्न र आफु पनि उनीजस्तै सहमतिय नेतृत्व बन्न सक्ने भन्दै हल्ला चलाउँदै हिड्ने गरेको देखिएको छ ।
टानमा उनको अनुभव र अबको नेतृत्व कस्तो भनेर उनीसँग कुरा गरेका छौ ।
महेन्द्र सिंह थापासँग गरिएको कुराकानीमा आधारित ।
१. तपाईलाई सर्बसहमतिको नेतृत्वमा पुर्याएर मतदाताले गल्ती गरेछन की सही गरेछन ?
गल्ती गरेको छैन, सहमतियको संस्कार पनि जिबितै छ, भनेर मेरो नाम भजाउन पाउने अवस्था कम्तीमा श्रृजना भएको छ ।
२.तर तपाईले ढलेको सिन्को भाँच्नुभएन ?
काम गर्न गएको हो र ढलेको सिन्को भाँच्नलाई ।
 ३. के गर्न गएको त ?
त्यो ईतिहासले देखाउँछ, सबैले काम नै गर्छन भन्ने छैन ।

४. भनेपछि केही नगरी फर्किनुभयो ?

नयाँ रुटको खोजी, आर्थिक मजबुत बनाउने काम त भयो नी । मैले नेतृत्व हस्तान्तरण गर्दा साँढे चार करोड खातामा थियो ।
५. भनेपछि अहिले चै छैन, टान बिग्रीयो त ?
अघिल्लो कार्यकाल देखी नै बिग्रदै आयो, नवराज जी ले पनि केही गर्न सक्नुभएन ।
६. भनेपछि अब आउने नेतृत्वले पनि केही नाप्दैन ?
गर्नलाई धेरै थोक चाहिन्छ, पब्लीक रिलेसन भएको व्यक्तिको खाँचो छ, त्यो संभावना मात्रै हो ।
७. अबको नेतृत्व को हुनुपर्छ ?
हल्ला गर्नेहरु धेरै छन, तर मोहन लम्साल उपयुक्त पात्र हुन । कुमार थापा पनि छन । अरुको खासै काम छैन ।
८. भनेपछि तपाई मोहन लम्साललाई भोट हाल्नुहुन्छ ?
हाल्छु ।
९. तपाई लोभीपापी हो ?
छैन, १०० ग्राम भात खान्छु, किन लोभ गर्नु ।

 

तपाईंको बिचार