Sunday, October 20, 2019

टानमा साना व्यावसायीलाई कुल्चने मनोबिज्ञान फेर्नका लागि मेरो उमेद्धवारी :दामोदर ढकाल

प्रकाशित मिति: 2019/08/08

साउन २३, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्वका आकांक्षीहरु एकपछि अर्को गर्दै थपिदै गएका छन । सहमतिय र चुनाबी नेतृत्वका अंकगणितमा नेतृत्वहरु लागिरहँदा व्यावसायिक नेतृत्वका स्वरहरु पनि चर्को रुपमा उठ्न थालेको छ । पछिल्ला दुई कार्यकाललाई नै नियाल्ने हो, भने पनि नेतृत्वमा पराजित हुनेहरुले दुईबर्षे कार्यकाल भरी असहयोग गरेका कारण आफुहरुले काम गर्न नसकेको भनेर यसअघिका नेतृत्वहरुले टिप्पणी गर्दै आएका छन । यस्तोमा व्यावसायिक नेतृत्वको खोजी थप मजबुत हुँदै गएको छ ।

यही भिडमा आईपुगेका छन, मिसन नेपाल होलिडेजका सञ्चालक दामोदर ढकाल । गन्तव्य नेपालको कार्यालयमा आफ्नो उमेद्धवारीको औचित्य र रणनितिक योजना पेश गर्न आईपुगेका ढकालसँग तपाईको उमेद्धवारी किन भनेर हामीले सोधेका थियौँ ।
प्रश्तुत छ, टान महासचिबका दामोदर ढकालसँगको कुराकानी जस्ताको तस्तै ।
टान महासचिवमा उमेद्धवारी घोषणा गर्नुभाछ, किन ?

पछिल्लो केही बर्ष यताको टानको नेतृत्वको कार्यशैलीलाई नियाल्ने हो भने टानले आशातित काम गर्न सकेन, व्यावसायी निरास बन्नुपरेको छ । मुख्तः पर्यटन व्यावसायलाई सुरक्षित पेशाका रुपमा परिणत गर्दै व्यावसायिक भरोसा टिकाईराख्नकै लागि नै मेरो उमेद्धवारी हो ।
२. नवराज दाहालले केही गर्नुभएन भन्ने हो ?
केही गरे गरेनन, त्यो व्यावसायीले नै मुल्यांकन गरेका छन । यद्यपी म जस्तै एउटा ठुलो जमातले उहाँले गरेका काम अनुभव गर्न नपाएको भने सत्य हो ।
३. तपाई टानमा गएपछि चै चमत्कार नै हुन्छ, भन्ने हो ?
चमत्कार भन्ने कुरा अलौकिक हुन्छ, म कर्ममा बिश्वास गर्छु, काम गर्दा रिजल्ट प्राप्त हुुनुपर्छ नै । मेरा केही निश्चीत मिसन छन, योजनाबद्ध ढंगले टानको गरिमालाई उँचो राख्ने गरी काम गर्नेछु ।
४. तपाईका एजेण्डा चै केके छन ?
 टान अहिले अप्ठेरो अवस्थामा छ, टानमा नेतृत्व गर्छु, पर्यटनको बिकास गर्छु भन्नको लागि पनि पर्यटन बजारमा स्थीर व्यावसायिक पृष्ठभुमि कायम भैराख्नुपर्छ, यतिखेर प्यान र भ्याट बिलको आतंक पर्यटन बजारले खेपिरहेको छ । हजार रुपैयाँको कारोबार सल्ट्याउन पनि भ्याट र प्यानको झमेलामा व्यावसायीलाई पारिएको छ, एउटा सामान्य पोर्टरले यी समस्यासँग कसरी जुध्न सक्छ ?, अहिलेको स्थीति हेर्ने हो भने साना व्यावसायीलाई कुल्चेर मार्नुपर्छ भन्ने रणनितिलाई चिर्नु जरुरी छ, ठुला माछाले साना माछालाई अत्याचार गरेजस्तो व्यावसायिक बिभेद अन्त्य गरी राज्यको समान निती पालना गराउनका लागि पनि मेरो उमेद्धवारी आवश्यक छ, भन्ने मेरो बुझाई हो ।
५. तर टानका अहिलेसम्मका एकमात्र सर्वसम्मत नेतृत्व महेन्द्रसिंह थापाले टानमा अबका दिनमा कुनै पनि नयाँ नेतृत्वले केही पनि गर्न सक्दैन, हल्ला गर्न मात्रै आउने हुन, भने नी ?
टिका लगाएर अध्यक्ष हुने व्यक्तिको कुरामा खास ध्यान नदिउँ, उहाँको क्षेत्र होटल, र्याफ्टिङ, रिर्सोट चलाउने हो, त्यै गर्नुस, बस्नुस । हल्ला गर्नु जरुरी छैन ।
६. तर नेकपा सम्बद्ध केही व्यावसायीले आफ्नो नाममा सर्वसहमतिय नेतृत्व भैसक्यो, अब केही दिनमै बाहिर आउँछ, तपाईहरु त हेरेको हेर्यै हो भन्छन नी ?
यो हावादारी कुरा हो, ईच्छा लाग्यो भन्दैमा सेलपुरी त खान पाईदैन, नेतृत्व टिका लगाएर पाउँछु भनेर अब नसोचे हुन्छ ।
७. जित्ने संभावना चै कत्तिको छ ?
टानको नेतृत्वमा अब युवा व्यावसायी आउनुपर्छ भन्ने हो । यसअर्थमा सबै व्यावसायीको सहानुभुति मप्रति छ ।
८. हार्नुभयो भने चै रुने हो ?
त्यो दिन नआउला, जसले जिते पनि व्यावसायीले नै जित्ने हो, मभन्दा योग्य कोही आएछ भने स्वभाविक पनि होला । रुने कुरा छैन ।

   को हुन, दामोदर ढकालhttps://gantabyanepalnews.com/personality/6430

 

तपाईंको बिचार