Sunday, October 20, 2019

नारा अध्यक्षमा गंगा नेपालको उमेद्धवारी घोषणा

प्रकाशित मिति: 2019/08/09

साउन २४, काठमाण्डौ । नेपाल एसोसिएन अफ राफ्टिङ एजेण्ट्स(नारा)को नेतृत्व चयनका लागि निर्वाचन मिति घोषणासँगै अध्यक्षका आकांक्षी मैदानमा उत्रिएका छन ।

यही भदौ २४ गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासीका रुपमा गंगा नेपालको नाम चर्चामा छ । दुई कार्यकाल महासचिबका रुपमा भुमिका निर्वाह गरिसकेका नेपाल नेपालको जल पर्यटनलाई बिश्वसामु चिनाउन र अतिक्रमण रोक्नका लागि आफ्नो बिकल्प नभएको उनको भनाई छ । जलपर्यटनमा २३ बर्ष बिताएका नेपालको, उमेद्धवारीमाथिको केही सवाल ।
१. नारा अध्यक्षमा उमेद्धवारी दिने घोषणा गर्नुभाछ किन ?
जलपर्यटन क्षेत्र अहिले तहसनहसको अवस्थामा छ, यसलाई उकास्न सकिन्छ की भनेर उमेद्धवारीको घोषणा गरेको हुँ ।
२. भुकम्प गएछ की के हो ?
सरकारको निती र व्यावसायीबिचको अस्वस्थ प्रतिस्पर्धाका कारण जलपर्यटन क्षेत्रमा भुकम्प गएको जस्तै अवस्था छ । जथाभावी ड्याम बनाएर पानी थुन्ने गरेका कारण राफ्टिङ मार्ग साघुँरिदै गएको छ, यसले बिदेशी पर्यटकहरुमा समेत नेपालबारे नराम्रो प्रभाब बढ्दै गएको छ । सेफ्टी ईन्सुरेन्सको बेवास्था छैन, केही भयो भने व्यावसायीले ढोका बन्द गरेर हिड्नुपर्ने अवस्था छ ।
३. भनेपछि तपाई पनि ढोका बन्द गरेर हिड्न तयार हो ?
दुर्घटना भयो र मान्छेको मृत्यु भयो भने स्वभाविक रुपमा ढोका बन्द गरेर हिड्नुको बिकल्प छैन ।
४.तपाई भ्रष्ट्रचारी हो ?
होईन, मेरा शत्रुहरुले गरेको अनर्गल प्रचार हो, तर यसमा सत्यता छैन ।
५. तपाईका शत्रु चै छन ?
शत्रु भएका कारणले त, अघिल्लोचोटी चुनाबमा गल्ड्याङ खाईयो नी ।
६.तपाई लोभी पापी हो ?
होईन, छैन ।
७.  तर तपाई सम्मान र पैसाको भोको हो ?
 सम्मान चै हो, पैसा होईन ।
८. भनेपछि तपाई नाराको अध्यक्ष भएपछि, पैसा कुम्ल्याउनुहुन्छ ?
नारामा पैसा खर्च हुन्छ, कताबाट कुम्ल्याउनु । पैसा हुनपर्यो नी ।
९.तपाईसँग पैसा प्रशस्त छ ?
आफुलाई पुग्ने छ ।
१०. (तपाई) पैसा कमाउन अष्ट्रेलिया जान सक्नुहुन्न ?
जान, त सकिन्छ, तर तत्काल जाने सोच छैन ।
११. जलपर्यटनमा हुँदा तपाईको अहिलेसम्म कुनै बिदेशीसँग माया प्रेम बस्यो की ?
सन २००१ तिर ईजरायलीसँग निरन्तर सम्पर्कमा थिएँ, बिहे गर्ने प्रश्ताब पनि गर्थे, ममा ईच्छा भएन ।
१२. भनेपछि तपाई अहिलेको जिन्दगीमा खुसी हुनुहुन्छ ?
ठिक छ, चलिराछ ।

 

तपाईंको बिचार