Wednesday, August 21, 2019

नारा अध्यक्षका प्रत्यासी ठकुरी भन्छन :नेपालको जलपर्यटनलाई बिश्वसामु चिनाउनेछु

प्रकाशित मिति: 2019/08/09

नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा)को निर्वाचन मिति नजिकिदै जाँदा अध्यक्षका प्रत्यासी मैदानमा उत्रिएका छन  । देशभरिको एड्भेन्चर टुरिजमका रुपमा रहेको जलपर्यटनको प्रमुख संस्थाको रुपमा रहेको नाराको नेतृत्वका लागि उमेद्धवारहरुबिच रस्साकस्सी सुरु भैसकेको छ । 

नेपालको जलपर्यटनलाई बिश्वसामु चिनाउने र सुरक्षित जलपर्यटनको प्रमुख मुद्धालाई स्थापित गराउनका लागि बर्तमान उपाध्यक्ष कमल बहादुर ठकुरी नेतृत्वका लागि मैदानमा छन ।
अन्य उमेद्धवारको तुलनामा ठकुरीको संभावना बलियो देखिएको छ । जलपर्यटनमै उनले बिताएको ३१ बर्षको अवधीले पनि उनी खारिएका र आगामी नेतृत्वका लागि सबैभन्दा बलिया उमेद्धवार हुन । गन्तव्य नेपालको कार्यलयमा भेटिएका ठकुरीसँग उनको उमेद्धवारीबारेको कुराकानी जस्ताको तस्तै ।
१. नारा अध्यक्षमा उमेद्धवारी घोषणा गर्नुभाछ, किन ?
पहिलो कुरा त संस्थालाई सिस्टममा लैजानको लागि नै हो । म आफै नारासँग जोडिएर काम गर्न थालेको पनि ७ बर्ष पुरा भैसकेको छ । यसबिचमा जेजति अनुभव प्राप्त भए, त्यसलाई नेतृत्वमा बसेर कार्यन्वयन गर्न चाहन्छु ।
२. नारामा गएर पैसा कमाउन चाहनुहुन्छ हो ?
मनब भएपछि सामाजिक हुनुपर्छ । सानैदेखी समाजसेवामा रुची थियो, पैसा कमाउने बिकल्प अन्यत्र पनि भेटिन्छन, पैसाको कुरा छैन ।
३. तपाई धनी मान्छे हो ?
सामान्य आर्थिक पृष्ठभुमिबाट आएको हुँ । सामान्य नै छु ।
४. तपाईलाई किन भोट दिने ? तपाईका एजेण्डा के के छन ?
नेपालको जलपर्यटनको सुधार आवश्यक छ, त्यसैका लागि मैले नेतृत्व दाबी गरेको हुँ,  राफ्टिङ जाने व्याक्तिको सुची अहिलेसम्म कोहीकसैसँग छैन, कम्तीमा बार्षिक रुपमा आँकडा मिलाएर राख्न सक्नुपर्छ, यसका लागि मेरो पहल हुनेछ । अर्को राफ्टिङका दौरान हुने दुर्घटनाको क्षति न्यूनिकरणका लागि ईन्सुरेन्स र व्यक्तिको सुरक्षामा जोड दिन्छु । अर्को पक्ष पनि सुरक्षामा नै केन्द्रित छ, देशभरी ७० को हाराहारीमा राफ्टिङ व्यावसायीहरु रहेका छौ, व्यावसायीले र पर्यटकले सुरक्षा सामाग्रीको सही प्रयोग गरेका छन की छैनन, त्यसलाई प्रभाबकारी अनुगमन गरी कार्यन्वयन गर्नेछु । यसका साथै जलाधार संरक्षण गर्न सरकारसँग सहकार्य गर्दै व्यावसायिक मुद्धा स्थापित गर्ने कोसिस सधै नै रहिरहनेछ ।
५. तपाईको जितको संभावना कत्तिको देख्नुभाछ ?
सबै साथीहरुले साथ सहयोग गरिरहनु भएको छ, जित पक्का छ ।

६. अध्यक्षकै आकांक्षी गंगा नेपालले शत्रु लागेर अघिल्लो चोटी गल्ड्याङ खाँए, भन्नुभयो, उहाँले झुट बोल्नुभयो की ?
शत्रु लागेको भन्न मिल्दैन, मतको कदर गर्नैपर्छ । अरु थाहा भएन ।
७. भनेपछि तपाई उहाँलाई गल्ड्याङ खुवाउन तयार हो ?
मलाई यसकिसिमको प्रश्नमा टिप्पणी गर्न मेरो स्वभावले दिदैन, व्यावसायी साथीहरुले नै निर्णय गर्नेछन । उपयुक्त लागेको व्यक्ति नै साथीहरुले चुन्नुहुनेछ । त्यसमा म उपयुक्त मध्येकै हुँ, यही नै मेरो बुझाई हो ।

 

 

 

 

 

तपाईंको बिचार