Monday, August 26, 2019

टानको प्रथम उपाध्यक्षको घोषणा गर्दै दलबहादुरले भने,‘म भरिया होईन’

प्रकाशित मिति: 2019/08/09

साउन २४, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्वका आकांक्षीहरु बढ्दै गएका छन । यही भदौ २० गते हुने निर्वाचनमा प्रथम उपाध्यक्षको उमेद्धवारका रुपमा क्लियर स्काई ट्रेक्स एण्ड एक्सपीडिसनका सञ्चालक दल बहादुर अधिकारीको नाम चर्चामा छ ।

प्रथम उपाध्यक्षमा उमेद्धवारी दिएका अधिकारीको नेतृत्व चै को हुन यसबारे पनि बुझ्ने कोशिस गरेको छु, जस्ताको तस्तै ।
१. तपाईको उमेद्धवारी किन ?
पर्यटन व्यावसायीको हकहित संरक्षण गर्नको लागि ।
२. हकहित भनेको चै के रैछ ?
पहिलो कुरा त व्यावसायिक समस्या नै हो । पर्यटन क्षेत्रका समस्याहरु बिज्ञ बिशेषज्ञहरु कसैले पनि बोलेनन । केही पनि उजागर भएन । तिनै समस्याहरु समाधान गर्नको लागि सक्षम नेतृत्वलाई साथ दिएर अघि बढ्ने गरी अगाडि आएको हुँ ।
३. तपाईको अध्यक्ष को हो ?
अहिले छलफलकै क्रममा छ, टुंगो लागिसकेको छैन ।
४. झुट नबोल्नुस, तपाई खुम ब. सुबेदीको भरिया हो, आजको दिनमा ?
कोही कसैको भरिया हुने कुरा छैन । कुनै पनि नेतृत्व तयार हुनको लागि टिमको जरुरत पर्छ, यसमा उहाँ नेतृत्व हुन सक्नुहुन्छ । 
५. तर टानमा दोहोर्याएर जान खोज्दैहुनुहुन्छ, पैसा खान पाईन्छ भनेर हो ?
तपाईले भनेजस्तो स्थीति बिगतका नेतृत्वमा देखिए । काम गर्छु भनेर जाने आफ्नो स्वार्थ निभाउने । बास्तबिक व्यावसायीको समस्या बुझिदिने कोही भएनन । त्यसैले टिम तयार पार्ने काम भईरहेको छ, यसमा खुमबहादुर जी पहिला पनि टानको बरिष्ठमा हुनुहुन्थ्यो । तर अहिले नेतृत्व दाबी गर्न नमिल्ने भन्ने त भएन नी । त्यसैले पैसा खान पाईन्छ भनेर मैले सोचेको छैन ।
६. तर तपाईको समुह संकीर्ण मानसिकतामा रमाईरहेको छ ?
म कस्तो भन्ने व्यावसायीले बुझेका छन । त्यसैअनुसार हाम्रो टिम भोलीका दिनमा सबैले अनुभव गर्नेछन  ।
७. तर तपाईहरु धादिङका व्यक्तिहरुको एउटै डालो बनाउनुपर्ने अवस्था किन ? टान बजेट धादिङमा खन्याउने तपाईहरुको प्रपञ्च व्यावसायीले बुझेका छन, तपाईहरु हार्दैहुनुहुन्छ ?
टान नेतृत्व कसरी अगाडि बढ्छ भन्ने आँकलन मात्रै हो, संयोगले अहिले हाम्रो टिममा धादिङका पर्न गएछौँ । तर टानमा सधैँ धादिङका व्यक्ति मात्र अध्यक्ष भएको स्थीति त होईन नि ।  त्यैपनि मतका आधारमा नेतृत्व चुनिने हो, मन नपरे दिनुहुन्न । यसमा हार्ने जित्ने, पैसाको अपचलन गर्ने भन्ने कुरा छैन ।
८. तर तपाईहरु टान कब्जा गरेर पैसा हिनामिना गर्न चाहनुहुन्छ, त्यस्तै देखियो नी ?
पहिला अग्रजहरुले केही रकम छोडेर गएका थिए, अहिले उल्टै ऋणमा छ, कहाँबाट हिनामिना गर्नु ।
९.सामथ्र्यबाट पैसा निकालेर धादिङमा खनाउने तपाईहरुको प्रयास व्यावसायीले बिफल पार्ने योजनामा छन, तपाईहरुको धादिङ गुटको कारण हार्ने संभावना पनि थपियो हैन ?
हामी परिवर्तनका पक्षधर हौ, पैसा खाएर भाग्ने, अपचलन गर्ने हाम्रो सिद्धान्त होईन । व्यावसायीले दिएको मतको सदैब कदर हुन्छ ।
१०. यसअघिका सर्बसम्मत नेतृत्व महेन्द्रसिंह थापाले अब कुनै माईकलालले जितेर केही गर्नेवाला छैन, यिनीहरु हल्ला गर्न आएका हुन भने नी ?
उहाँलाई पनि हामीले नै बनाको हो । केही गर्ने नगर्ने संभावना त भोलिका दिनले देखाउँछ ।
११. नवराज दाहालले चै धेरै गरे हो ?
केही पनि गरेनन उनले पनि ।
१२. दाहालले फोन गरेर तपाईलाई गाली गर्नुभयो भने के गर्नुहुन्छ ?
म सिधै भनिदिन्छु, तपाईले केही गर्नुभएन, मैले दिएको सुझाबलाई पनि कुन टोकरीमा फ्याक्नुभयो भनेर सोध्छु ।
१३. तपाई चुनाब हार्नुभयो भने रोएर बस्नुहुन्छ ?
किन रुने, झन बेस्सरी काम गर्छु । अर्को पटक चुनाब जित्नको लागि ।

तपाईंको बिचार