Monday, August 26, 2019

टानमा सरकार र व्यावसायीबिच मालिक र रैतिको व्यवहार हुनुभएन :दिपक खनाल

प्रकाशित मिति: 2019/08/11

साउन २६, काठमाण्डौ ।ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्वका बहशहरु दिनहुँ बढ्दै गएका छन । बिभिन्न स्वार्थ समुहरुको टानमा दबाब बढिरहँदा पछिल्लो समय सके आफु नसके युवा परिचालकका नाममा बिभिन्न व्यक्तिहरु टानको वरीपरि चर्चाको घेरामा रहने गरेका छन ।

यहीभिडमा टानमा युवा नेतृत्वको लबिङ गर्न आईपुगेका छन पूर्व भिटोफ पदाधिकारी दिपक खनाल ।
उनीसँगको संबाद जस्ताको तस्तै ।
१. तपाई टानको चुनाबमा उठ्दै हुनुहुन्छ हो ?
हैन, मेरो कुनै योजना छैन, जिम्मेवारी आयो भने छोड्दिन ।
२. तपाई उठ्नुहुन्छ की नाई, प्रष्ट भन्नुस ?
कथाले मागे उठ्छु ।
३. तपाई पार्टीको झोला बोक्नुहुन्छ, हो ?
चुनाबको बेला बोकिन्छ, अहिले मेरो कुनै पार्टी छैन ।
४. भनेपछि तपाई अवशरबादी हो, सेतो र कालो दुईवटै चिया खानुहुन्छ ?
खान्न, म कालो मात्रै खान्छु ।
५. तपाई टानको चुनाबमा टिकट पाउनुभएन भने, झोला बोकेर गाँउ जानुहुन्छ ?
मेरो त्यसकिसिमको महत्वकांक्षा छैन, कांग्रेसभित्र पनि गुटउपगुट छ, अन्तपनि होला, राजनीतिले संगठनलाई कमजोर बनाउँछ, स्वस्थ टानको लागि पहल गर्छु ।

६. तपाई, कांग्रेसलाई भोट हाल्नुहुन्छ ?
चुनाबका बेलाको कुरा हो, अहिले म पर्यटन पार्टी हो, कुनै पार्टीमा छैन ।

८. तपाई भिटोफ महासचिबमा गल्ड्याङ खाएको व्यक्ति, तपाईको कुरा अब कसैले मान्दैन, व्यावसायीहरु यसै भन्छन, अनी ?
हार्ने बित्तिकै संसार सकियो भन्ने कुरा त हैन नी । अहिले पनि जितेर जाने साथीलाई सहयोग गरीराखैकै छु ।
९. तर तपाईको पावर त घटिसक्यो नी ?
एकचोटी चुनाब हार्दैमा पावर सकिदैन, अझ मजबुत हुने अवशर हुन्छ ।
१०. टानमा तपाईको उमेद्धवार को हो ? प्रष्ट भन्नुस ।
यो उ, छैन दोस्रो पुष्ता आउनुपर्छ । म आफै पनि हुनसक्छु 
११. अघि भर्खर उठ्दिन भन्दै हुनुहुन्थ्यो,गाँउघरमा एउटा लोकोक्ति छ,  धामी र बोक्सी एउटै भनझै भएन र, यो त अवशरबादी कुरा भयो नी ?
यो समयको कुरा हो, मेरो भुमिकालाई सम्पूर्ण व्यावसायीले बुझेकै छन ।
१२. तर टानका एकमात्र पूर्व सहमतिय नेतृत्व महेन्द्रसिंह थापाले अब टानमा जोसुकै आए पनि केही नाप्दैनन भने नी ?
उहाँले चै के गर्नुभयो, उहाँकै कारणले टान आज उठ्न नसक्ने गरी थला परेको हामीले बिर्सेका छैनौ ।
१३. तपाईसँग थापा जी रिसाउनुभयो भने के गर्नुहुन्छ ?
म प्रष्ट भनिदिन्छु, तपाईले काम गर्न सक्नुभएन । हल्ला नगर्नुस ।
१४. तपाई सांघातिक आक्रमणको पक्षमा हो ?
यो बिल्कुल गलत हो, म भावावेशमा छैन ।
१५. तपाईले चाहेको टान चै कस्तो त ?
सरकार र व्यावसायीबिच मालिक र रैतिको व्यवहार हुन भएन त्यही हो ।

तपाईंको बिचार