Monday, August 26, 2019

अम्बीर गुरुङको चुनौति :कोही माईकलालले मासु र रक्सीबिना टानको नेतृत्व लिएर देखाओस

प्रकाशित मिति: 2019/08/11

साउन २६,काठमाण्डौ । रसुवा– नुवाकोट पर्यटन समाजका उपाध्यक्ष तथा बरिष्ठ पर्यटन व्यावसायी अम्बीर गुरुङले टान पछिल्लो समय मनी, पावर र मसल्सको भर्तिकेन्द्र बन्दै गएको बताएका छन । गन्तव्य नेपालसँगको कुराकानीमा गुरुङले भन्नलाई बाहिर सहमतिय भनेपनि पैसाले मात्तिएकाहरुको प्रभाव केन्द्र बन्दै गएको भन्दै आक्रोश पोखे । अब केही हुन्छ भन्ने आशा गर्ने ठाँउ तत्काललाई टरेपनि टानलाई जिबित राख्नु सबैको कर्तव्य हुने उनको भनाई छ ।

टान निर्वाचनका सन्दर्भमा अम्बिर घलेसँग गरिएको कुराकानी ।
१.टानमा तपाई उमेद्धवारी दिदै हुनुहुन्छ हो ?
म चुनाब लड्ने पक्षमा छैन ।
२. तपाईका मान्छे छैनन ?
सबै छन, सबै छैनन को स्थीतिमा छु ।
३. टानमा चुनाब जित्न के के चाहिने रहेछ ?
राजनीतिक लिगेसी, धनाड्य, भुगोल, लिङ्ग, हैकमबाद सबै आवश्यक छ ।
४. टानमा नवराज दाहालको हैकमबाद छ ?
छ, किन नहुनु । पदमा पुगेपछि स्वभाविक नै हो । नपाउनेले बाहिर बसेर रुने मात्रै हो ।
५. जोजो पदमा आएका छन तिनीहरु सबै धनाड्य हुन ?
धनाड्य नै हुन नी । जसले पैसा बगाउन सक्दैन, त्यो त मिठा कुरा गरेर बाहिर बस्ने मात्रै हो ।
६. भनेपछि टानमा जसले जितेपनि केही हुनेवाला छैन ?
केही हुँदैन ढुक्क हुनुस । यि तिनै नवराज दाहाल हुन जसले अगाडिका नेतृत्वहरुको आलोचना गरेर बस्थे, सुझाब दिन्थे, खै आफुले गरेको । जवाफदेहीता यही हो ?, समस्या यहीनेर छ, अनी यहाँ एकथरीलाई दशै आएको जस्तो भाको छ । खाईदेवानहरु ।
७. टानलाई खारेज नै गरिदिदा पनि हुन्छ, भन्नेहरु पनि छन नी ?
एकदिन त्यो स्थीति आफै बन्छ, यद्यपी हामी सबैले यसलाई जोगाउनुपर्छ । जेभएपनि हाम्रो भावना जोडिएको जो छ । मासु र रक्सी जसले खुवाउन सक्छ, पैसाको खोलो जसले बगाउँछ, त्यही नेतृत्व हो, यसमा बहश गर्नै पर्दैन । जो हार्छ, उसँग पैसा कम रहेछ, त्यही बुझ्नुस । कोही माईकलालले मासु र रक्सीबिना टानको नेतृत्व लिएर देखाओस । 

८. त्यसो भए पैसा नभए चुप लागेर बस्नुपर्ने हो ?
त्यही त भन्दैछु । आफुसँग हुनुपर्यो, अथवा कहीकतैबाट जुटाउनुपर्यो । मागेर, खोसेर जुनसुकै बिकल्पबाट भएपनि यिनीहरुले पैसाको जोहो गरेका हुन्छन । त्यैपनि आजकल त पैसा माग्नै पर्दैन, स्वार्थ मिल्न पर्छ, पैसा आफै लगानी हुन्छ ।
९. तपाईका पनि सहयोगी होलान नी ?
मसँग छैन, स्वार्थ समुहको नियतपनि मसँग जोडिन आईपुगेको छैन । सत्य यही हो ।
१०. यहाँले अघि लिङ्गले पनि टानको नेतृत्वमा असर गर्छ भन्दैहुनुहुन्थ्यो, त्यो भनेको चै के ?
महिला नेतृत्वको संख्या अलिक कमी छ, अर्को कुरा समाज उत्तेजित भावावेश मनोबिज्ञानमा तुरुन्तै धकेलिने हाम्रो परिपाटी छ । भनेको के हो भने राम्री युवती नेतृत्वको मैदानमा आईन भने अर्को जतिसुकै क्षमतावान भएपनि हार्छ, यो हाम्रो उत्तेजित मनोबिज्ञान हो । यस्तोमा महिलाको संख्या कम त छँदैछ, तर तपाईले भनेजस्तै नेतृत्वमा असर गर्ने कुरा लिङ्ग पनि हो, भन्न खोजेको हुँ ।
११. अहिलेका आफुलाई युवा नेतृत्व भन्नेहरुले डिजीटल युगको कुरा गरिराखेका छन, तपाई केही पनि हुँदैन भन्नुहुन्छ, अब सबै सिद्धिसकेको अवस्था हो त ?
त्यो त देखाउने नारा हो, हल्लाको भिडमा पैसाको खेल भईराखेको छ । सुझाब दिनेहरुकै नेतृत्व यस्तो छ, अबकाको के आश गर्नु ।

तपाईंको बिचार