Monday, August 26, 2019

जिपी फाउण्डेशन कांग्रेसीहरुका लागि आस्थाको केन्द्र हो :रमेशकुमार पाठक

प्रकाशित मिति: 2019/08/12

साउन २७, काठमाण्डौ । स्वर्गीय गिरिजाप्रसाद कोईरालाको नाममा स्थापित जिपि कोईराला फाउण्डेशन शान्ति र बिकासको लागि भन्दै ९ बर्षअघि स्थापना भएको हो । त्यसयता फाउण्डेशन मुलुकका बिभिन्न जिल्ला र अमेरिका, अष्ट्रेलिया लगायतका देशमा समेत बिस्तार भएको छ ।

द्धन्द्धरत माओबादीलाई शान्तिमा ल्याउने र शान्ति प्रक्रियाको थालनीकर्ताको रुपमा गीरीजाप्रसाद कोईरालालाई लिने गरीन्छ । तत्कालिन कांग्रेस सभापतिका रुपमा उनले पुर्याएको योगदानलाई स्मरणमा राखिरहनका लागि सुपुत्री सुजता कोईरालाको अध्यक्षतामा जिपी कोईराला फाउण्डेशन स्थापना भएयता दुलेगौडा तनँहुमा जिपी कोईराला श्वासप्रश्वास केन्द्र स्थापना भईसकेको छ भने जिल्लाहरुमा कांग्रेसी कार्यकर्ताको भिडलाई व्यावस्थापन गर्न पनि जिपी फाउण्डेशनले सहयोगी भएको स्वयं काग्रेसीहरु नै बताउँछन ।
खयर, कांग्रेस पार्टी भित्रको राजनीति गर्नेहरुका लागि गीरीजाप्रसाद महत्वपूर्ण पात्र हुन, यसर्थ जिपी कांग्रेसीहरुका लागि महत्वपूर्ण छ ।
यही शिलशिलामा भेटिए, जीपी फाउण्डेशन, नुवाकोटका अध्यक्ष रमेशकुमार पाठक । स्पष्ट बक्ता, युवा नेतृत्व र स्थानियहरुमाझ सामाजिक छबी बनाएका पाठकसँग जीपी फाउण्डेशनले के गर्छ भनी सोधेका थियौँ ।
जीपी फाउण्डेशन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठकसँगको कुराकानी जस्ताको तस्तै ।
१. जिपी फाउण्डेशन नुवाकोटको अध्यक्ष हुनुहुन्छ, फाउण्डेशनले के गर्दो रहेछ ?
स्वर्गीय गीरीजाप्रसाद कोईरालाको नाममा जीपी फाउण्डेशन तयार भएको हो । देशभित्र र बाहिर यसका दर्जनौ संगठनहरु छन । मुख्यतः गीरीजाप्रसादको भुमिका शान्ति र क्रान्ति दुबैका लागि महत्वूपर्ण छ, शान्ति प्रक्रियाको सुरुवात गरेर उहाँको देहवशान भयो ।  जनताको स्वतन्त्रताका लागि क्रान्ति गर्ने गीरीजाप्रसाद अर्कोतर्फ जंगलमा बसेर १७ हजार मान्छे मार्ने माओबादीलाई पनि मुलधारमा ल्याउने क्रान्ति र शान्तिका नायक तिनै गीरीजाप्रसाद हुन । यसअर्थमा शान्ति र बिकासलाई स्थापित गर्दै गरीब बस्तीहरुमा फाउण्डेशनले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ ।
२. जिपी फाउण्डेशन कांग्रेसीहरुको भिड थन्क्याउने काम चै राम्रैसँग गरेको छ, अरु केही पनि छैन भन्नेहरु छन नी ?
त्यस्तो लाग्दैन, पार्टीको नेतृत्वको नाममा स्थापित हुनुका नाताले कांग्रेसीहरुको भिड स्वभाविक हो, तर त्यसलाई भिडका रुपमा मात्र नबुझौँ ।
३. जे उदेश्यका लागि स्थापना भएको थियो, आज त्यही मार्गमा फाउण्डेशन अगाडि बढेको छ त ?
जिपी फाउण्डेशनको अध्यक्ष सुजता कोईराला हुनुहुन्छ । उहाँ आफै पनि राष्ट्रिय छबी भएकी नेतृ हुनुहुन्छ । सुरुवाती दिनमा उहाँ आफै पनि अस्वस्थ हुनुभयो, अहिले आएर यसको बृहत बिस्तारको काम चलिरहेको छ । अब छिट्टै नुवाकोटका अन्यत्र गाँउपालिका र नगरपालिकाका क्षेत्रमा पनि फाउण्डेशनको संगठन बिस्तार गर्नेछौ । यो काम छिट्टै हुनेछ ।
४. कांग्रेस पार्टीभित्रको गुटबन्दीलाई सुजताको नेतृत्वमा स्थापना भएको फाउण्डेशन उनकै लागि भोट बैङ्कको रुपमा लिने पनि छन नी ?
व्यक्ति कसले के फाईदा लियो, त्यो उसको प्रभावको कुरा हो । यद्यपी फाउण्डेशन कांग्रेसी संगठन हो, हामी कांग्रेसकै कार्यकर्ता हौ, यसअर्थमा सबैलाई फाईदा नै छ ।
५. तपाईको गुट कता छ ? अर्जुननरसिंह केसी की डा. महत ?
म कांग्रेसी हुँ । अरु थाहा छैन ।
६. यसो भन्दा उनीहरु रिसाए भने ?
रिसाउनुपर्ने कुरै छैन, अहिले कांग्रेसलाई चौतर्फी दबाब परिरहेका बेला एकढिक्का भएर अगाडि बढ्नुपर्ने समय छ । सार्वजनिक कार्यक्रममा सम्मान आदरपूर्वक बोलेकै छु ।
७. तपाई चै कस्तो मान्छे हो ?
२०२६ सालमा जन्म भएको हो । मेरा बुवा गौरीबिलास पाठक जुद्धशमशेरको पालामा प्रजातन्त्रका लागि लडेको मान्छे हो, उतिबेला राणाको हैकम गोली ठोक भनेर केही भईहालेको भए उतिबेलै सकिन्थ्यो । जब बुझ्ने भएँ स्कुल अध्ययनका क्रममा स्ववियूमा थिएँ, पछि क्याम्पसमा गएपछि नेबिसंघमा डटेर लागेँ । गाँउमा लोहनी परिवार जिम्मल को भुमिका थियो । गरिब दुःखीहरु बोल्नै नपाउने समयमा हामीले उनीहरुको जिम्मल प्रबृत्तिलाई खारेज गर्न सफल भयौँ । अहिलेपनि सामाजिक रुपमा गाँउलेहरुको समस्यामा सक्दो सहयोग गर्छु । सामाजिक जिबन ब्यतित गरीराखेको छु ।

८. आन्दोलनका क्रममा आक्रमणमा पनि पर्नुभयो की ?
२०४६ सालमा प्रहरीले हिर्काएका भाटाको डोबहरु अझै छन । समाज परिवर्तनका सिलसिलामा यी कुराहरु सामान्य नै रहेछन । आखिर समाज परिवर्तन पनि भयो नी ।
९. आगामी महाधिवेशनमा उठ्ने योजनामा हुनुहुन्छ की ?
तत्काल त्यस्तो सोच छैन ।

तपाईंको बिचार