Tuesday, November 12, 2019

म जालीहरुलाई बिश्वास गर्दिन, नेतृत्वमा औपचारिक निर्णय हुन बाँकी नै छ :शिव लामिछाने

प्रकाशित मिति: 2019/08/13

साउन २८, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्वका बहशहरु एकपछि अर्को गर्दै तातिदै गएको छ ।

सहमतिय नेतृत्वको चर्चा चलिरहँदा अंकगणितको जोडघटाउमा व्यावसायीहरु लागीपरीसकेका छन । विगतमा बिभिन्न पर्यटकीय संस्थामा नेतृत्वमा रहेकाहरु कसैले आफ्नो नाममा हल्ला गरिदेला की भनेर आश गर्नेहरुका बिच आफु नभए आफुईतरकै व्यक्तिलाई टानमा भित्राएर आफ्नो प्रभाव कायम राखीराख्ने सोचाई पनि टानमा बिकशीत हुँदै गएको छ । यही सन्दर्भमा भेटिए, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालका पूर्व अध्यक्ष तथा पूर्व एमाले निकट पर्यटन व्यावसायी संगठन नेपालका उपाध्यक्ष शिव लामिछाने ।
नेकपा भित्र बढिरहेको ध्रुबिकरणका बिच अबको नेतृत्व र यसमा उनको दौडधुपको चर्चा अबको क्रममा ।
टान सन्र्दभमा शिव लामिछानेसँगको कुराकानी ।
१. तपाई टान नेतृत्वमा उठ्दै हुनुहुन्छ, हो ?
तत्काल त्यस्तो योजना छैन ।
२.तपाईको उमेद्धवार को हो भन्नुस ?
सबैले स्वीकारेको, पर्यटनमा लामो समय व्यतित गरेको व्यक्तिलाई मेरो समर्थन छ ।
३. को हो त्यो व्यक्ति ?
नेकपा सम्बद्ध पर्यटन व्यावसायी बसेर औपचारिक निर्णय हुन्छ ।
४. तपाई राजेन्द्र सापकोटालाई नेतृत्वमा देख्न चाहनुहुन्छ ?
पर्सनल्ली यही भन्ने छैन, अहिले नेकपा भित्र ३ वटा पर्यटन संगठन रहेका छन, निर्वाचन कमिटीका लागि एउटा सम्यन्त्र बन्छ, त्यसमा छलफल हुँदा जसको नाममा सहमति हुन्छ, उही उमेद्धवार हो ।

तर तपाईले कुमार थापालाई भोट माग्दै हिड्नुभाछ, भन्नेहरु छन नी ?
मैले पहिला पनि भने संगठनले उहाँको नाममा निर्णय गर्यो भने माग्छु, नत्र माग्दीन ।
५. तपाई जालीहरुको घेरामा हुनुहुन्छ ?
खै, कसरी तपाईले बिश्लेषण गर्नुभयो । थाहा भएन । तर मलाई जालीहरुको बिश्वास छैन ।
६. तपाई स्वार्थी समुहको दबाबमा हुनुहुन्छ, हो ?
त्यस्तो देखीयो होला, तर मलाई कसैको दबाब छैन ।
७. तपाईलाई नवराज दाहाल, चन्द्र रिजाल लगायतका समुहरुको दबाब छ नी ?
उहाँहरुको दबाब मैले मानेको छैन ।
८. नेकपा भित्रको धु्रबीकरणको नाईके तपाई हो भन्छन नी ?
यो बिल्कुल गलत कुरा हो, पार्टीले गरेको निर्णय हामी सबैले मान्छौ ।
९. भनेपछि तपाईको पावर घटिसक्यो, तपाई केही गर्न सक्नुहुन्न ?
त्यो बुझाईको कुरा हो । त्यस्तो छैन ।
१०. तपाईले नरुचाएको तपाईको शत्रुलाई पार्टीपंक्तिले नेतृत्वका लागि उठायो भनेपनि तपाई हेरेको हेर्यै गर्नुहुन्छ ?
व्यक्तिगत रुपमा मैले के भन्छु भन्ने कुराले अर्थ राख्दैन । पार्टीले गरेको निर्णय मान्नैपर्छ । शत्रु नै भएपनि ।
११. भनेपछि तपाई जो आएपनि ताली बजाउनुहुन्छ ?
बजाउँछु ।

तपाईंको बिचार